जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

फेसबुकमा लाइक बटनका किस्साहरु

-माया कार्की-
यो 'फेसबुक पुराण' होइन । तर 'फेसबुकका भक्त'हरुलाई विचार गर्ने हो भने एउटा 'फेसबुक पुराण'को आवश्यकता खड्केको देखिन्छ । व्यासका जमानामा फेसबुक नभएर मात्रै हो नभए उनले एउटा 'फेसबुक पुराण' पक्कै लेख्थे । साँच्चै व्यासले लेखेको 'फेसबुक पुराण' कस्तो हुन्थ्यो होला ? अनुमान, उनको पुराणमा देवदानवहरुले फेसबुकमा लेख्ने 'स्टाटस'का बारेमा वर्णन गरिएको हुन्थ्यो । सायद देउताहरुले फेसबुकमा राम्रा राम्रा 'लिंक'हरु 'सेयर' गर्थे । भलाद्मी 'टाइप'का 'स्टाटस'हरु 'अपडेट' गर्थे । अनि दानवहरुले ? दानवहरुले देउताका 'इमेल ह्याक' गरी अप्सरासँगको देउताहरुको रासलिलाको 'भिडियो' फेसबुक मार्फत 'रिलिज' गरिदिन्थे । नयाँ नयाँ 'स्पाम'हरु देउताका 'वाल'भरि छरिदिन्थे । विचरा ! देउताहरुलाई आधारातमा उठेर 'वाल'का 'स्पाम'हरु फाल्नु परेका किस्सा लेखेर सहानुभुति जागृत गरिन्थ्यो । केही नलागे पछि सबै देउताहरु मिलेर महादेव कहाँ जान्थे अनि महादेवले 'एन्टिस्पाम सफ्ट्वेयर' बनाएर 'स्पाम'हरु मेटाउँथे । र, उल्टै दानवहरुको 'एकाउन्ट डिलिट' हान्दिन्थे । र, फेसबुकको समस्या सकिन्थ्यो ।

तर हामी त मानव । अनि यो यथार्थ हो । व्यासको पुराण जस्तो होइन । यसैले सुन्दर भित्रका कुरुपता तथा रमाइलो बिचको तितो हामीले भोग्ने पर्ने हुन्छ । सन्दर्भ, फेसबुकको 'लाइक बटन'को हो । कति सजिलो छ, कसैको 'स्टाटस' मन पर्छ अनि तुरुन्त 'लाइक' हानिदियो बस् काम खत्तम । तर



तर, यही 'लाइक बटन'ले ल्याएका नराम्राहरु पनि निकै छन् । मैले देखेका यस्का खराबीका बारेमा बुँदागत रुपमा भन्छु है
१. पहिले फेसबुकमा 'लाइक बटन' नभएको भए के हुन्थ्यो भन्ने बारेमा भन्छु । 'लाइक बटन' नहुदो हो त 'कमेन्ट' आउँथ्यो बस् । तर अहिले अल्छिहरुलाई खुब रमाइलो भा छ । खिसिक्क 'लाइक' गरिदियो भइहाल्यो । अल्छिहरु झन् अल्छि । अब कहाँ फुर्सद हुन्छ त मान्छेलाई 'कमेन्ट' लेखिरहन भन्नु होला । ए बाबा ! फुर्सद नभएको मान्छे फेसबुक चलाएर बस्छ त ।

२. 'लाइक बटन'ले कहिलेकाँही फेसबुकमा 'एड' गरिएका साथी हुन् कि शत्रु भन्ने नै द्धिविधा बनाउँछ । कसरी भन्नुहोला । बिरामी भएका बेला बिरामी भएँ भनेर फेसबुकमा 'स्टाटस' त लेख्नुहोस् अनि थाहा पाउँनुहुन्छ । तपाईका साथीहरुले धमाधम 'लाइक' गर्न थाल्छन् । अरे बाबा ! बिरामी भएँ भन्दा 'लाइक' गरिदिने साथी हुन् भनेर कसरी मान्ने ? तर के गर्नु फेसबुकमा शत्रु भन्ने 'ट्याग' नै छैन ।


अहिलेलाई यत्ति नै । बाँकी जाँगर लागेमा भन्दा पनि यो लेखले तपाईको 'लाइक' भेटेमा फेरि थप लेख्नेछु ।

2 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मलाई पनि साथीहरुले जे सुकैमा लाइक गरेको देख्दा अचम्म लाग्छ । कम्तिमा कुरा त बुझ्नु ।

प्रल्हाद विक said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ठिक कुरो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।