जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

भाउ मात्र घटेको हो, समस्या होइन !

अन्तत बढाएको आठ दिन पछि पेट्रोलियम पदार्थको भाउ सरकारले केही घटाएको छ । चौतर्फी दबाब भएपछि सरकारले आज लिटरमा १० रुपैंया बढेको पेट्रोलमा तीन रुपैंया, नौ रुपैंया बढेको डिजल र मट्टितेलमा चार रुपैंया र एक सय ७५ रुपैंया बढेको ग्यासमा ८५ रुपैंया घटाएको छ ।

तर सरकारले भाउ घटाएको भने पनि यसले अहिले देखिएको समस्याको भने जस्ताको तस्तै रहेको छ । भाउ बढेर पनि काठमाण्डौमा पेट्रोलको लाइन घटेको देख्न पाइएको थिएन । त्यस्तै आन्दोलनरत विद्यार्थी तथा युवा संगठनहरुले पनि घटेको भाउलाई आन्दोलनको सफलताको रुपमा लिएका छैनन् । बरु उनीहरुले उल्टै नयाँ आन्दोलनको घोषणा गरेका छन् । भाउ हेरफेर गरेर मात्र पेट्रोलियम पदार्थ पाउँनु र नपाउँनुमा खासै अन्तर हुने रहेनछ ।


यसैले भन्न सकिन्छ, भाउ घट्यो तर समस्या घटेको छैन । सरकारले बिरोधको डरले अलिकति गर्दे भाउ बढाउँन पनि सक्थ्यो । एकै पटक त्यती विघ्न भाउ बढाएपछि बिरोध हुन्छ भन्ने सरकारलाई थाहा थिएन र ? होइन, सरकारलाई थाहा थियो । मज्जाले थाहा थियो । यसैले विगतबाट पाठ सिक्दै उसले चलाखी ग¥यो । सुरुमा भाउ बढाउँदा नै एकै पटक धेरै भाउ बढाएर बिरोध भएपछि केही घटाउँन मिल्ने गरी नै भाउ बढाएको थियो । यसो गरे भाउ बढाउँने र बिरोध गर्ने दुवै पक्षले जिते जस्तो देखिने र जस्तो सुकै आन्दोलन पनि साम्य हुने सरकारले सोचेको हुनुपर्छ ।

सरकारले यस्ता कुरामा यति दिमाग लगाउँनुको साटो आयल निगम भित्रको कुरितिलाई हटाउँन र पेट्रोलियम पदार्थमा लाग्ने तेहोरो कर हटाउँन लगाएको भए केही समाधान पक्कै हुन्थ्यो । तेलमा तेहोरो कर छ । भारतमा पहिलो कर लाग्छ । त्यसपछि विकास शुल्क र भन्सार छ । त्यसमाथि भ्याट पनि लगाइन्छ । भ्याट लाग्ने वस्तुमा अरू कर लिन पाइन्छ त ? तीन पटक कर लगाएपछि सस्तो कुरा महँगो हुँदैन त ? यदि आयल निगमको विकृति र तेहोरो कर लिने सरकारी नीति हटाउन केन्द्रित भइदिए भाउ स्वतः घट्थ्यो । यत्रो नाटक नै गर्नु पर्ने थिएन । तर सरकारले यता तिर ध्यानै दिएन बरु लेनिनले भने जस्तो दुई कदम अगी बडेर एक कदम पछि सर्ने रणनीति पो लियो ।


अब अझ समस्या बढ्ने देखिन्छ । किनभने सरकारले आयल निगमको कुरीति, कमिसनतन्त्र र भ्रष्टाचारलाई त छुने संकेत नै देखाएको छैन । यसैले भोलीबाट नै 'परेको दाम भन्दा सस्तोमा कसरी बेच्न सकिन्छ' भनेर पम्पवालाहरुले आन्दोलन गर्न नसक्लान् भन्न सकिने आधार खोइ ? फेरि अभाव झन् नचर्किएला कसरी भन्नु ? सरकार त चलाखी सोच्नैमा मस्त छ, अस्ति सस्तोमा ल्याएको महंगोमा बेचेको चै के हो नि भन्ने फुर्सद खोइ र उसलाई ? यसैले गोडा दुई एक रुपियाँ घटेको मात्र हो यो, समस्या त अझै पहाड सरी नै उभिएका छन् ।

यस्तो छ आयल निगमले दिएको जानकारी । तस्विर ठुलो पार्न तस्विरमा क्लिक गर्नुहोस्

2 comments:

रीता said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

लास्टै बठ्याइ गरेको रहेछ यार । मलाई थाहा भो अहिले चै ।

prabin said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

समस्या घटाउँने त कसले चाहेको छ र ! नत्र भोली फेरी केमा आन्दोलन गर्नु ?

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।