जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

यो कास्टिङ मात्र हो, चेतना भया !

अपडेटः ललितपुरको बालकुमारीमा पनि स्थानीय बासिन्दाले ग्यास बोकेको गाडी नियन्त्रणमा लिएर बाँड्न खोजे, प्रहरीले हस्तक्षेप गर्‍यो । ग्यास डिपो सञ्चालक र स्थानीयबीच वार्ता भएर ग्यास बेच्न सहमति भयो । प्रधानमन्त्रीले ग्यास व्यवसायीसित आकस्मिक बैठक डाके । मन्त्रिपरिषद्को बैठकले सहज आपूर्तिका लागि २ अर्ब आयल निगमलाई दिने निर्णय गर्‍यो र कानुन हातमा नलिन अपिलसमेत जारी गर्‍यो । वाणिज्य विभाग पनि तात्यो । कमलपोखरीमा छापा मारेर लुकाइराखेको ३ सय ग्यास सिलिन्डर बरामद गरी सर्वसाधारणलाई बेचियो ।
---------------------------------------------------------------------------------------------------------
सवारी साधनमा हाल्नलाई पेट्रोल र डिजेलको कुरै छाडौं । घरमा खाना पकाउँने ग्यास छैन । मट्टितेल छैन । न त खाना पकाउँन मिल्ने गरी बिजुली आउँछ । ग्यासका डिपोहरुमा नाम लेखाएको हप्तौं भइसक्यो । पालो आएको छैन । हरेक दिन मन्दिर धाए जस्तो ग्यासको डिपो पुग्नु पर्छ । र, खाली हात फर्कनु पर्छ । फर्कदा खाली हात मात्र हुँदैन, निराशा, ग्लानी र आक्रोश पनि मनभरी लिएर आउँनु पर्छ । जुन दिनदिनै बढ्दै जानु अस्वभाविक हुदैन ।

तर सडकमा ग्यास बोकेर दौडिरहन्छन् ग्यास बोक्ने गाडीहरु । जिस्काए जस्तो लाग्दैन र मान्छेलाई । अनि मान्छेले के गर्छ ? अभावका अगाडी नैतिकता बन्धक बन्छ । हो मान्छे गिर्छ । यसबेला चाहिने हो कानुन, राज्य र प्रशासन । प्रशासन पनि नालायक भएपछि मान्छेलाई गिर्नलाई कसैले रोक्न सक्दैन । आज त्यसैको संकेत देखिएको छ । आज भक्तपुरको सल्लाघारीमा बनेपाको जनागालबाट हिमाल ग्यास लिएर काठमाडौं आउदै गरेको चार वटा गाडीलाई भक्तपुरबासीले नियन्त्रणमा लिए । थप तस्विर र जानकारीका लागि भित्र आउँनुहोस् ।



हिजो स्थानियद्धारा पेप्सीकोलामा सगर ग्यासको डिपो खोल्न लगाई ग्यास बिक्री गर्न बाध्य बनाए । आज भक्तपुरको सल्लाघारीमा बनेपाको जनागालबाट हिमाल ग्यास लिएर काठमाडौं आउदै गरेको चार वटा गाडीलाई भक्तपुरबासीले नियन्त्रणमा लिए । यो दुईदिनको खबर हो । आज गाडी नियन्त्रणमा लिए पनि उनीहरुले ग्यासको पैसा तिरेर ग्यास लिएका छन् । लुटेकै भने होइनन् ।
यसैले आजको यो कार्य भोली आउँन सक्ने परिणामको संकेत मात्र हो । तर पनि यसले प्रशासन, सरकार र सुरक्षा निकायको नालायकीपन भने देखाएकै छ ।


भएको यस्तो हो ।
बनेपाको जनागालबाट हिमाल ग्यास लिएर चारवटा गाडी काठमाण्डौ आउँदै थिए । जापान सरकारको सहयोगमा बनेको चौडा सडकमा रफ्तारमा ग्यास बोकेका गाडीहरु दौडिदै थिए । भक्तपुरको सल्लाघारीमा अचानक सर्वसाधारण ज्यानको माया नगरी गाडी रोक्न बीच सडकमा पुगे । गाडी रोकियो । अनि हुनु के थियो, भक्तपुरवासीले ग्यासको दाम तिर्दै ग्यास जबरजस्ती लैजान थाले । घरबाट रित्तो सिलिण्डर नल्याएकाहरुले पुरै सिलिण्डरको दाम तिरेर सिलिण्डर नै लगे ।
अन्त्यमा गाडीलाई प्रहरी सुरक्षा घेरामा भक्तपुर जिल्ला प्रशासन कार्यालय लगिएको छ ।
सबै तस्विर इकान्तिपुर डट कम

5 comments:

Nirajan said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हुन पनि कति सहने ? अनि किन सहने ? घरमा पकाएर खान नसक्ने अवश्थामा पनि कानुनीराज भन्दै सहन जनता बाध्य हुँदैनन् । जनताहरु रैति होइनन् ।

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हो यदि प्रहरी प्रशासन चनाखो नभए जे पनि हुन सक्ने देखियो ।

प्रल्हाद विक said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हिजो भक्तपुरमा मानिसहरुले ग्यास बोकेको गाडी नियन्त्रणमा लिए। त्यो समाचार आज पत्रपत्रिकामा छापियो। आज पनि फेरि डल्लुमा त्यस्तो प्रयास भयो। सावधानी अपनाइएन भने अरु ठाउँमा पनि हुनसक्छ।

मदनमोहन न्यौपाने said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ललितपुरको बालकुमारीमा पनि स्थानीय बासिन्दाले ग्यास बोकेको गाडी नियन्त्रणमा लिएर बाँड्न खोजे, प्रहरीले हस्तक्षेप गर्‍यो । ग्यास डिपो सञ्चालक र स्थानीयबीच वार्ता भएर ग्यास बेच्न सहमति भयो । प्रधानमन्त्रीले ग्यास व्यवसायीसित आकस्मिक बैठक डाके । मन्त्रिपरिषद्को बैठकले सहज आपूर्तिका लागि २ अर्ब आयल निगमलाई दिने निर्णय गर्‍यो र कानुन हातमा नलिन अपिलसमेत जारी गर्‍यो । वाणिज्य विभाग पनि तात्यो । कमलपोखरीमा छापा मारेर लुकाइराखेको ३ सय ग्यास सिलिन्डर बरामद गरी सर्वसाधारणलाई बेचियो । ओहो यस्तो सम्म भइसक्यो है नेपालमा ।

Dipesh pandey said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

देशमा यस्तो स्थिति छ हामी बिदेशमा भएका नेपाली कसरी घर फरकन मन लाग्छ त खै..??

हे भगवन मेरो देशमा कहिले होला भरी पूर्ण ??

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।