जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

चन्द्रबहादुर विश्वकै होचा हुन सक्ने (फोटो र भिडियो सहित)

फोटो : सुब्रत न्यौपाने/एएफपी
खगेन्द्र थापा मगर उचाई २६ इन्चको थियो । उनी विश्वकै होचा व्यक्तिमा दरिए । तर उनले पाएको उपाधी ८ महिनाभन्दा बढी टिकेन । उनलाई फिलिपिन्सका जुन्रे बालाविङले हराए । किनकी, फिलिपिन्सका जुन्रे बालाविङ को उचाई २३.५ इन्चमात्रै छ । तर फेरि विश्वका सबैभन्दा होचा व्यक्तिको उपाधी नेपालीले नै पाउँने भएका छन् ।

उनी हुन्, दाङ जिल्ला पुरन्धरा–८ का चन्द्रबहादुर डाँगी । उनको उचाई २२ इन्चमात्र भएको बताइएको छ । तपाईलाई अचम्म लाग्ला, उनी भने ७२ बर्षका भइसकेका छन् । ७२ बर्षसम्म अञ्जान रहेका उनी एकाएक अन्तराष्ट्रिय चर्चामा आएका छन् । बुधबार नेपाल टेलिभिजनले उनको भिडियो देखायो । त्यस्तै अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले पनि उनको फोटोसहितको समाचार दिएको छ । र, उनको उचाइ नाप्न गिनिज बुक अफ वर्ल्ड रेकर्डसका अधिकारीहरु नेपाल आउने भएका छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डसको वेभसाइटमा लेखिए अनुसार उनीहरु केही हप्ता भित्रै नेपाल आउँन लागेका छन् रे । गिनिज बुक अफ वल्र्ड रेकर्डसको वेभसाइटमा राखिएको उनको समाचार, तस्विर र भिडियो हेर्न भित्र आउँनुहोस्



तस्विर : गिनिज बुक अफ वर्ल्ड रेकर्डस

तस्विर : गिनिज बुक अफ वर्ल्ड रेकर्डस
गिनिज बुक अफ वर्ल्ड रेकर्डसको वेभसाइटमा राखिएको चन्द्रको भिडियो हेर्न तल क्लिक गर्नुहोस्


5 comments:

मुरली प्रसाद ओझा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

होइन यत्रो बर्ष यो मान्छे कहाँ लुकेर बसेको थियो होला । अहिलेसम्म गुपचुप यार । यो मान्छे पैले नै आएको भए बिचरा खगेन्द्र हुने रहेछ ।

बिनिता निरौला said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेपाल पनि गज्जवको देश छ जे पाइने । अग्लो सगरमाथा देखि होचा चन्द्र बहादुर सम्म ।

Pradip Baskota said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

It is here to glad that nepal has another shortest man. Khagendra lose his crown of shortest man in the world but we'll again bring this crown to nepal. It is the pride of Nepal and Nepali. Long live Chandra Uncle.

prashant Karki said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

होइन यो मान्छेको त टाउको त ठिकै देखिन्छ त । खुट्टामा चै पुरै समस्या रहेछ । जिन्दगी कस्तो बित्यो कुन्नी । अब चै राम्रै होला ।

Mohan Aryal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

long live chandra bahadur dangi.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।