जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

न बाबुरामले देश मर्ज हुन्छ भनेका हुन् रे ! न प्रचण्डको घरमा स्विमिङ पुल नै छ रे !

यो साता दुई बिषयको खुब चर्चा भयो । एक, हालका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पत्रकारहरुसँगको कुराकानीमा नेपालको स्थितीमा सुधार नभए नेपाल भारत या चिनसँग 'मर्ज' हुन सक्छ भने भनेर सडकदेखि सदनसम्म हल्लीखल्ली मच्चियो । प्रधानमन्त्री भएर पनि राष्ट्रियताका बिषयमा यस्तो कुरा बोलकोमा उनले माफी माग्नु पर्ने कुरा उठ्यो । दुई, माओवादी अध्यक्ष बस्दै आएको नया बजार स्थिती डेराको घर छोडेर लाजिम्पाटमा अर्को डेराको घरमा बसाई सरे । यसै सन्दर्भमा देशी तथा विदेशी मिडियाहरुले प्रचण्डले घर किनेको र सो घर सभ्रान्तहरुको घरमा झै स्विमिङ पुल लगायतको सुविधा भएको भनि प्रचार गरियो । प्रचण्डका बारेमा निकै आलोचना भयो र उनले पार्टीको पैसोमा मोज गरेको भनि सर्वत्र खेदो खनियो । तर बाबुराम भट्टराई तथा प्रचण्ड दुबैले ति कुराहरुको खण्डन गरेका छन् । स्रोतले जनाए अनुसार हल्ला चले जस्तो न बाबुराम भट्टराईले देश अरु देशसँग 'मर्ज' हुन्छ भनेका रै छन् न प्रचण्डको घरमा स्विमिङ पुल नै रै छ । अरु त अरु, प्रचण्डले किनिएको सो घर उनले भाडामा लिएका रै छन् । दुबै भन्छन् सत्यलाई बंग्याईयो । सत्य त यस्तो छ रे



प्रधानमन्त्रीको अभिव्यक्तिका समन्धमा उनका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल ‘सुनिल’को प्रेस विज्ञप्ती
सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०६८ माघ १ गते केही संचारमर्कीहरुसंगको अनौपचारिक कुराकानीमा दिनुभएको अभिव्यक्तिमध्ये ‘सवमर्ज’ भन्ने शव्दलाई केवल ‘मर्ज’ भन्ने आधा शव्दलाई मात्र टिपेर केही सञ्चार माध्यमहरुले समाचार बनाएपछि सत्य-तथ्य नै पत्ता नलगाई सडकदेखि सदनसम्म सवैतिर प्रधानमन्त्रीको भनाई ‘राष्ट्रघाती’ भएको भन्दै प्रधानमन्त्रीले माफि माग्नु पर्ने कुरा उठाइरहेका छन् । गोयबल्स शैलीमा एकोहोरो भइरहेको प्रचारवाजीले जनस्तरमा समेत थोरै भ्रम पर्न गएको महशुस गरेर यस विज्ञप्तिमार्फत् सत्य-तथ्य स्पष्ट पार्ने प्रयत्न गरेका छौं ।

पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगा बीचको तरुलको रुपमा परिभाषित गरे । सापेक्षिक रुपमा उनको परिभाषा युग सुहाउँदो नै मान्न सकिन्छ तर समाज विकासक्रम संगसंगै राष्ट्रियताको परिभाषा पनि परिवर्तन भइरहन्छ । सामन्ती युगको अन्त्य पछि राष्ट्रियता सम्वन्धि पृथ्वीनारायण शाहको परिभाषा पनि पूरानो बन्न पुगेको छ । आजको युगमा आर्थिक समृद्धि बिनाको राष्ट्रियता सामन्ति राष्ट्रियता नै हो ।

दुइ छिमेकी राष्ट्र चीन र भारत करिव तीन दशकदेखि दोहोरो अंकको आर्थिक वृद्धिदर सहित छालमय गतिमा अगाडि बढिरहेको छ । सुनामी गतिमा अघि बढिरहेका दुई छिमेकी राष्ट्रको बीचमा अनेकौं सम्भावनाहरु बोकेर अघि बढिरहेका छन् । हाम्रो देशको अर्थतन्त्र भने चिप्लेकिराको गतिमा घसि्ररहेको छ । यही तथ्यलाई मध्यनजर गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले राष्ट्रसंघको ६६ औं महासभालाई संवोधन गर्ने क्रममा होस् वा सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्दा राष्ट्रियता सम्वन्धी सूत्रवाक्यको रुपमा एउटा कुरालाई जोड दिनुभएको छ- ‘नेपाललाई दुई ठूला देश चीन र भारतको अर्थतन्त्रको पुल बनाउनुपर्छ, उनीहरुलाई जोड्ने माध्यम नेपाल बन्न सक्नुपर्छ । यसो गर्न नसकिएमा मूलतः आर्थिक रुपमा नेपाल पछि पर्ने र अन्ततः तीव्रगतिले छाल झैं विकसित चीन र भारतको अर्थतन्त्रमा नेपाली अर्थतन्त्र ‘सवमर्ज’ (डुब्ने) हुने खतरा दिनानुदिन बढ्दै गइरहेको छ ।’

सम्माननीय प्रधानमन्त्रीज्यूले यही नेपाली भूमिको यथार्थ वोल्नु भएको थियो । उहांले बोल्नु भएको ‘सवमर्ज’ भन्ने शव्दलाई केही सञ्चार माध्यामहरुले असावधानीवश वा नियतवश ‘मर्ज’ मात्रै भन्नुभएको भनेर अर्थको अनर्थ लाग्ने गरी प्रचार गर्ने काम भयो । यस प्रचारबाट सम्पूर्ण देशभक्त, राष्ट्रवादी जनसमुदायमा पर्न गएको भ्रम र त्यसबाट सिर्जित अविश्वासप्रति दुःख व्यक्त गर्दै कोही पनि भ्रमित र आशंकित नहुन आग्रह गर्दछु । साथै, आम सञ्चारकर्मी साथीहरुलाई सत्य बुझेर तथ्यका आधारमा समाचार वा विचार सम्प्रेषण गरिदिनु हुन अनुरोध गर्दछु ।
………………………….
देवेन्द्र पौडेल
राजनीतिक सल्लाहकार
प्रधानमन्त्री
२०६८ माघ १९


प्रचण्डले निजी सचिवमार्फत् शनिबार जारी गरेको प्रेस विज्ञप्ति
मितिः २०६८/१०/२१
प्रेस विज्ञप्ति
महान् जनयुद्ध, जनआन्दोलन र शान्ति—प्रक्रियाको नेतृत्व गर्दै आउनुभएका एकीकृत नेकपा(माओवादी)का अध्यक्ष क.प्रचण्डको निजी निवास नयाँबजारबाट लाजिम्पाट सरेपछि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरुमा सर्वसाधारणलाई भ्रम पर्ने गरी आएका समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

सर्वप्रथम हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शान्ति प्रक्रियामा आएदेखि नै काठमाडौंका विभिन्न र पछिल्लो समयमा नयाँबजारस्थित एक घरमा भाडामा बस्दै आउनुभएको कुरा सबैलाई जानकारी भइसकेको विषय हो । उक्त घर सुरक्षा संवेदनशीलताका दृष्टिले उपयुक्त नभएको, विदेशी कुटनीतिक नियोग र विशिष्ट अतिथिहरु आउँदा समेत सडकमै गाडी पार्कीङ गरी हिंडेर जानुपर्ने तथा जनतालाई पर्ने असुविधाले गर्दा तत्काल अन्यत्र राम्रो स्थान र घरमा सर्न विभिन्न पक्ष, र शुभचिन्तकहरुबाट बारम्बार सुझाव आइरहेको थियो । यस सम्बन्धी तात्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता गिरीजाप्रसाद कोइरालाले सुरक्षा संवेदनशीलताका कारण नयाँ र फराकिलो घर खोज्न अनुरोध गरेको कुरा स्मरणीय छ। त्यसपछि करिब दुई वर्ष निरन्तर त्यस्तो घरको खोजी भईरहेको अवस्थामा पार्टी, शुभचिन्तक र सचिवालय समेतको पहलमा लाजिम्पाटमा घर भेटिएपछि उक्त घर उपयुक्त हुने ठानी सरिएको कुरा पनि जानकारी गराउन चाहन्छौं ।

अहिले उक्त घर किनेको तथा निवासमा संभ्रान्तवर्गले उपयोग गर्ने विभिन्न सुविधा र स्वीमिङपुलसमेत भएको भनी प्रचारित विषय गम्भीर भएको हामीले ठानेका छौं । सम्पूर्ण करसहितमासिक १ लाख ३ हजारको भाडादरमा लिइएको हालको निवासमा तुलनात्मक रुपमा सुरक्षा, पार्किंङको सुविधाभएको स्पष्ट पार्न चाहन्छौं । तर संभ्रान्तको जस्तो स्वीमीङ पुललगायतका सुविधा भएको भनी गरिएको गोयवल्स शैलीको प्रचारमा गम्भीर षड्यन्त्रको गन्ध हामीले पाइरहेका छौं । यसलाई क.प्रचण्डलाई कुनै न कुनै रुपमा असुरक्षित राख्ने तथा आम कार्यकर्ता र जनपंक्तिमा भ्रम श्रृजना गर्ने षड्यन्त्रको कडीको रुपमा हामीले लिएका छौं ।

श्रद्धेय अध्यक्ष र परिवारको बारेमा जसरी प्रचार गरिएको छ त्यो निराधार, कपोलकल्पीत र पुर्वाग्रहपूर्ण छ । क. प्रचण्ड निरन्तर जनताकै बीचमा रहेर क्रान्तिको नेतृत्व गर्नुभएको र अहिले पनि जनताकै निम्ति संघर्षरत रहनुभएको तथ्य स्पष्ट पार्न चाहन्छौं । तसर्थ त्यस्ता कुप्रचारबाट भ्रमित नहुन आम पार्टी कार्यकर्ता र सर्वसाधारणमा अपील गर्दछौं । साथै सत्य तथ्य नवुझी अन्दाज र नियतको आधारमा त्यस्ता भ्रमपूर्ण समाचार प्रचार–प्रसार र प्रकाशन नगरिदिनुहुन र सत्य तथ्यलाई उजागर गर्न सहयोग पुर्‍याउन पनि सम्पूर्ण मिडियाकर्मी साथीहरुमा अनुरोध गर्दछौं ।

नेपाल अहिले इतिहासको अत्यन्तै संगीनपूर्ण संक्रमणमा भएको बेला गरिने यस्ता प्रचारहरु अत्यन्तै संवेदनशील हुने भएकाले यस संवेदनशीलतालाई ख्याल गर्न पनि हामी सबैमा अनुरोध गर्दछौं ।

समिर दाहाल
निजी सचिव
अध्यक्ष, एनेकपा (माओवादी)
लाजिम्पाट, काठमाडौं।
यसरी देशका ठुला नेताहरुका बारेमा चलेका हल्लाको कारण तपाईलाई के लाग्छ ? यी हल्ला जानी जानी चलाइएका हुन् या भुलवस् । या नेताहरुले नै बोली फेरेका हुन् ? यस्ता हल्ला र विवादबाट बच्न हाम्रा नेताहरुलाई तपाई के सुझाव दिनु हुन्छ । तल कमेन्टमा लेख्नुहोस् ।

4 comments:

पुर्णानन्द said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

खै के खै के । न नेपाली मिडियाको कुरा पत्याउँन सकिन्छ न नेपाली नेताहरुको । बिकाउँनका लागि मिडियाहरु जे लेख्ने बोल्ने । नेताहरु हुल देखे पछि रोकिनै नजान्ने । जे पनि भएको हुन सक्छ ।

तर स्पष्टिकरण नै दिए पछि होला नि । बरु अरु बेला सोचेर बोल्नु तथा लेख्नु होला ।

गोपाल लकान्द्री said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हाम्रा नेताहरुको कुनै तरिका नै छैन । जे बोल्ने हो लेखेर बोलिदिए गल्ति हुदैन थियो ।

अश्मिता बराल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बाबुरामलाई खुइल्याएर माओवादी पनि उस्तै हो भनेर देखाउँने चाला मात्रै हो । कनकमणीहरुले फैलाएको प्रपोगाण्डा ।

रामु said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मूलाहरु रक्सी खाएर बोल्या होलान् नी है ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।