जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

स्लो भएर हैरान ! के गर्दा बढ्छ स्पिड कम्प्युटरको !

-प्रविन थपलिया-
कम्प्युटरमा एक क्लिक गर्‍यो अनि पर्खेर बस्यो । स्क्रिनबाट बिजीको संकेत हट्ने नाम लिदैन । चलिरहेको कम्प्युटर एक्कासी ह्याङ हुन थाल्छ । किनेको केही समय राम्ररी चलिरहेको कम्प्युटर विस्तारै स्लो, स्लो र अति स्लो हुन थाल्छ । सामान्यतया कम्प्युटरले दिने समस्या यस्तै हुन्छन् । वास्तवमा कम्प्युटर स्लो हुनु वा ह्याङ हुनु कुनै नौलो समस्या होइन । केही सामान्य होसियारीले तथा तरिका अपनाउँदा पनि कम्प्युटरको गति बढाउँन सकिन्छ । आउँनुहोस् आज कम्प्युटरको स्पिड बढाउँने बारे केही कुरा गरौं



१. भाइरस स्क्यान :भाइरसले कम्प्युटरको स्पिड कम गराउँने मात्र होइन, कम्प्युटरमा सुरक्षित राखिएका आवश्यक डकुमेन्टहरु पनि नोक्सान गर्न सक्छन् । तपाईले कम्प्युटर चालु गर्दा भाइरसकै कारण अनावश्यक प्रोगामहरु चलिरहेका हुन्छन् । जसले गर्दा कम्प्युटर स्लो हुन्छ । यसैले कम्प्युटर बेला बेला भाइरस स्क्यान गर्दा यस्ता अनावश्यक प्रोगामहरु निष्क्रिय हुन्छन् । भाइरसकै कारण कम्प्युटर स्लो भएको रहेछ भने भाइरस स्क्यान गरेपछि कम्प्युटर पहिले भन्दा छिटो चल्छ । यसका लागि विभिन्न एन्टिभाइरस प्रोगामहरु पाइन्छन् ।

हाल उपलब्ध पाँच उत्कृष्ट नि:शुल्क एन्टिभाइरसका नाम र डाउनलोड गर्ने ठेगाना निम्न अनुसार छन्:
२. स्क्यान डिस्क प्रोगामलाई रन गर्नुहोस् : कम्तिमा महिनाको एक चोटी स्क्यान डिस्क प्रोगामलाई रन गराउँनुहोस् । यसले हार्ड डिस्कमा भएका नचाहिदा फाइलहरु हटाउँछ । हार्ड डिस्कको स्पेस बढ्छ ।

३. टेम्पररी फाइललाई क्लिन गर्नुहोस् : जब वेब ब्राउज गरिन्छ तब कम्प्युटरको टेम्पररी फाइल्सले काम गरिरहेको हुन्छ । यसका साथै माइक्रोसफ्ट वर्ड एवं एक्सलमा काम गरेका बेला पनि टेम्पररी फाइल्सले काम गरिरहेको हुन्छ । यसले गर्दा कम्प्युटरको भर्च्युअल मेमोरी भरिन्छ जसको सिधा असर कम्प्युटरको स्पिडमा पर्छ । यसलाई डिलीट गर्न स्टापर्ट बटन मा गएर रन प्यानल मा %temp% लेखि ओके बटन थिच्नुस तपाइको कम्प्युटरमा सेभ भएको सबै टेम्पररी फाइल देखिन्छ । जसलाई सेलेक्ट गरि डिलिट गर्नुस ।

४. रिसाइकल बिन खाली गर्नहोस् र सकेसम्म डेस्कटपलाई क्लिन राख्नुहोस् : डिलिट गरेका फाइलहरु जम्मा भएर रिसाइकल बिनले पनि कम्प्युटरको स्पिडमा असर गरिरहेको हुन्छ । यसैले बेला बेला रिसाइकल बिन खाली गर्नुहोस् । कम्प्युटरको डेस्कटप अपरेटिङ सिस्टम भएकै ड्राइभमा हुन्छ । डेस्कटपमा बढी फाइलहरु राख्नाले हार्ड डिस्कमा स्पेस भरिन थाल्छ । यसैले डेस्कटपमा भएका कुरालाई कम्प्युटरका अन्य ड्राइभमा सार्नुहोस् ।


५. डिक्स इरर क्लिन : कुनै प्रोगाम क्रास वा पावर सर्टेज भए पीसी हार्ड डिक्समा इरर क्रिएट गर्न सकिन्छ । यसका लागि कम्प्युटरको हार्ड डिक्सको इरर चेक गर्नुपर्छ । डिक्स चेकिङका लागि माइ कम्प्युटरमा जानुहोस् । जुन डिक्स चेक गर्न चाहनुहुन्छ त्यसमा राइट क्लिक गर्नुहोस् र फेरि प्रोपर्टिजमा क्लिक गर्नुहोस् । प्रोपर्टिज डायलग बक्समा टुल ट्याबमा क्लिक गर्नुहोस् । इरर चेकिङ सेक्सनमा चेक नाउ बटन थिच्नुहोस् । कम्प्युटरमा इरर चेक गर्न चेक डिक्स एक्सेस गर्नुहोस् । इररअनुसार डिक्स चेकिङमा करिब एक घण्टा लाग्न सक्छ । डिक्स चेक सातामा एकपटक गर्न सकिन्छ ।

६. डाटा अर्गनाइज : कम्प्युटरले खासगरी फाइल खोज्ने काममा बढी समय लगाइरहेको हुन्छ । यसका बाबजुद कम्प्युटर एक्सेस र रिट्रिबल स्पिड बढाउन फायल्सको कुनै भागमा छुट्याइन्छ, तर अपडेट गरेपछि कम्प्युटर इन फायल्सको कुनै भागमा हार्ड डिक्सले सेवा गर्न थाल्छ । यसले कम्प्युटरको स्पिड कम गरिदिन्छ, किनभने यसले हरेक फाइल अलग-अलग स्थानमा खोज्नुपर्ने हुन्छ ।

यसलाई ठीक गर्न डिक्स डिफ्राग्मेन्टर प्रोग्राम आवश्यक हुन्छ जसले फाइललाई एकसाथ जोड्न सक्छ । यसका लागि पनि माई कम्प्युटरमा गएर चेक गर्ने फाइलमा राइट क्लिक गरेर प्रोपर्टीमा क्लिक गर्नुपर्छ । प्रोपर्टी डायलग बक्समा टुल्स ट्याबमा क्लिक गरी डिफ्राग्मेन्टेसन सेक्सनमा गएर डिफ्राग्मेन्टमा क्लिक गर्नुहोस् । कम्प्युटर डिफ्राग्मेन्ट गरेपछि त्यो फायलको प्रोगाम र साइजअनुसार पुनः अर्गनाइज हुन्छ ।

७. नचाहिदा सफ्टवेयर तथा प्रोगामहरुलाई हटाउँनुहोस् ।

८. तपाईको कम्प्युटरको माइक्रोसफ्ट वर्ड, एक्सल आदि प्रोगामहरु ढिलो खुल्छन् ? फन्टको कारणले हुन सक्छ । नचाहिदा फन्टहरु हटाईदिनुहोस् । यसो गर्दा फन्ट लोड हुने समय घट्छ ।

3 comments:

Birat Basnet said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Thank you for information.

मदनमोहन न्यौपाने said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

तरिका पनि पुरै भनि दिए धेरै सजिलो हुन्थ्यो ।

Unknown said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

SO GOOD INFORMATION

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।