जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

पूर्वमन्त्री गुप्ताविरुद्ध अपहरण मुद्दा दर्ता भयो ! तर सजाय होला त !

२५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेपछि आज बल्ल पूर्वमन्त्री तथा सभासद् श्यामसुन्दर गुप्ताविरुद्ध अपरहण तथा बन्धक मुद्दा दायर भएको छ । काठमाण्डौ जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा उनलाई १७ बर्ष कैद सजाय, अपहरण मुद्दामा बिगो ८५ लाख र त्यति नै जरिवाना माग गरिएको छ । यतिमात्र होइन, अपहरण गरी २० दिन बन्धक बनाई राखेकाले सो समयको प्रतिदिन ५ सयका दरले १० हजार क्षतिपूर्ति रकम समेत माग गरिएको छ । गुप्ता अहिले ६५ बर्ष पुगिसकेका छन्, उनमाथि लागेको अभियोग प्रमाणित भएमा उनको राजनीतिक जीवनमात्र होइन, सम्पुर्ण जीवनै अन्त्य हुनसक्छ । तर के, होला त उनलाई सजाय ? अन्धो कानुनलाई महसुस गराउँने गरी प्रहरीले उनका विरुद्ध कस्ता कस्ता प्रमाण जुटाएको छ ? विश्लेषण गरौं


घटना एक पटक सरसर्ती सम्झौ है
घटना बिर्सनु भएको छ भने एक पटक सम्झाउँछु है । संघाई ग्रुपका मालिक पवनकुमार संघाई गएको पुस ७ देखि अपहरणमा परे । तराई रेड आर्मी नामको समूहले परिवारलाई फोन गरेर १० करोड मागे पनि ८५ लाख फिरौति बुझाएर संघाई पुस २७ गते आफै घर आईपुगे । तर हल्ला ५ करोड तिरेको भन्ने सम्म आएको थियो । वास्तविक कुरा बाहिर आएकै थिएन । महानगरीय प्रहरीको अपराध महाशाखाले भने अनुसन्धान गरिरहेको रहेछ । अनुसन्धानका क्रममा हेटौडाबाट काभ्रेका आकाश लामा र हेटौडा पदमपोखरीका बिकाश लामा भन्ने जितबहादुर गोले पक्राउ परे । उनीहरुले भनेपछि पो थाहा भयो ( कहाँको तराई रेड आर्मी समूहले अपहरण गर्नु १ यो अपहरणका योजनाकार त पूर्व मन्त्री, नेपाल सद्‌भावना पार्टी (आनन्दीदेवी) का अध्यक्ष तथा हालका सभासद श्यामसुन्दर गुप्ता पो रहेछन् । यो कुरा थाहा पाएपछि प्रहरीले भैरहवा उनको घरैबाट गुप्तालाई पक्राउ गरेको थियो । २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेपछि आज बल्ल पूर्वमन्त्री तथा सभासद् श्यामसुन्दर गुप्ताविरुद्ध अपरहण तथा बन्धक मुद्दा दायर गरेको हो ।

कस्ता प्रमाण छन् प्रहरीसँग
अहिलेसम्म जानकारीमा आए अनुसार प्रहरीले अपहरणमा सघाउँने आकाश र गुप्ताबीचको फोन कुराकानीको अडियो प्राप्त गरेको छ । प्रहरीले यसलाई बलियो प्रमाणका रुपमा प्रस्तुत गरेको छ । प्रहरीले पत्रकार सम्मेलनमा समेत सो अडियो सार्वजनिक गरेको थियो । आकाश र गुप्ताबीचको फोन संवाद सुन्न तल क्लिक गर्नुहोस्




यतिमात्र होइन, प्रहरीले यसपटक सामूहिक बयान लिएको छ । एक्लाएक्लै बयान लिदा बलजफ्ती बयान लिइएको भनेर बयान फेर्ने सक्ने अनुमान गरेर प्रहरीले गुप्ताकै अगाडी सामूहिक बयान लिएको हुनसक्छ । यो बयानमा सबैले पूर्वमन्त्री गुप्ताले नै अपहरण गर्न लगाएको, उनले नै पैसा बाँडफाँड गरेको र उनी नै यो अपराधको नाइके भएको बताएका छन् । तल क्लिक गरेर उनीहरुको बयान भिडियोमा हेर्नुहोस्




तर पनि गुप्ता बँच्न सक्ने अनेक छन् बाटाहरु
प्रहरीले निकै होसियारी र चलाखी गरेको छ गुप्ताको अनुसन्धानमा । हुन पनि पूर्वमन्त्री रहिसकेका सभासदलाई पकड्नु चानचुने कुरा पनि त होइन । प्रहरीले सकेसम्म गुप्ता उम्कन सक्ने सबै बाटाहरु थुन्न कोशिस गरेको छ । तर, पनि निकै बाटाहरु बाँकी छन् । जस्तैः

१. प्रहरीले अपहरणमा सघाउँने आकाशलाई पक्राउ गरे पछि पक्राउको जानकारी नदिई गुप्तालाई फोन गरायो । फोन संवाद रेकर्ड गरेको प्रहरीले आकाशलाई भेट्न बोलाएर नारायणघाटतिरैबाट गुप्तालाई पकड्ने योजना बनाएको रहेछ । तर छोराको बिहेका कारण गुप्ता आएनन् र प्रहरीको सो योजना फेल भयो । यसैले प्रहरीको हातमा प्रमाणस्वरुप त्यही फोन रेकर्डको अडियोमात्र आयो । तर त्यो अडियो बलियो प्रमाण भने होइन । किनभने त्यो अडियोमा अपहरणमा गुप्ता सम्लग्न भएको भनेर पुष्टि गर्ने केही आधार छैन । खाली आकाश र गुप्ताबीच पहिलेदेखि नै चिनजान थियो भन्नेमात्र देखाउँछ । यतिले अपहरणमा उनी संलग्न थिए भन्ने शंका मात्र गर्न सकिन्छ, प्रमाणित हैन ।

२. प्रहरीले होसियारी देखाउँदै पछि बयान फेरिने डरमा सामूहिक त्यो पनि गुप्ताकै अगाडी बयान लियो । यति गरे पनि हामी सबैलाई दबाब दिएर बयान लिइएको हो नभन्नलान् भन्न सकिदैन । फेरि अडियोकै भर परेर गुप्तालाई सजाय होला भन्न सकिदैन । किनकी पहिले पत्रकार ऋषी धमलालाई पनि अडियो प्रमाणका बाबजुद निर्दोष सावित गरिएको थियो ।

३. राजनीतिक खेलाडी श्यामसुन्दर गुप्ताको मुद्दामा हालसम्म राजनीतिक संरक्षण भने न्युन देखिएको छ । उनले माओवादी र मधेसी दलले नै आफुलाई षड्यन्त्र गरेर फसाएको भनिसकेको हुनाले यी दुई दलले यीनलाई पक्कै पनि संरक्षण नगर्लान् । कांग्रेस र एमाले पनि मौन छन् । यीनीहरुले के गर्छन् भन्न सकिन्न । स्वयम् गुप्ताको पार्टी भने त्यति बलियो छैन । यसले आन्दोलन र दबाब सृजना गर्न सक्दैन । तर राजनीति हो केही उलटफेर नहोला भन्न सकिने ठाम् भने छैन । यदि केही गरी कतैबाट राजनीतिक दबाब आयो भने यीनी छुट्ने नै छन् ।

यी माथि उल्लेख गरेका प्रमाणहरु प्रहरीले पहिलो चरणमा सार्वजनिक गरेका प्रमाणहरु हुन् । आशा गरौं, अहिलेसम्म प्रहरीले थप बलिया प्रमाणहरु जुटाईसकेको होस् । धन नचलोस्, राजनीति नलागोस् । गुप्तालाई करनी अनुसारको सजाय होस् ।
Enhanced by Zemanta

1 comments:

Pradip Baskota said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हुन्छ होला होइन हुनुपर्छ । अपराध पुष्टी भइसकेका अपराधी हुन् गुप्ता । अदालतले सार्वजनिक तथ्यलाई नजरअन्दाज नगरोस् ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।