जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

क्रिकेटमा नेपालको ह्याट्रिक

कुबेतमा जारी एसीसी अण्डर १९ महिला च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । यस अघिका दुवै सस्करण जितेको नेपालले यो जितसँगै एसीसी अण्डर १९ महिला च्याम्पियनसिप क्रिकेटमा ह्याट्रिक गरेको छ । आज थाइल्याण्डसँग भएको फाइनल खेलमा नेपालले ६ विकेटको जित हाशिल गरेपछि नेपाले यो सौभाग्य प्राप्त गरेको हो ।
नेपालको जितमा खुसी मनाउँदै कुवेतमा नेपालीहरु (तस्विर सौजन्य: नेपालकुवेत डट कम)
आज टस जितेर फिल्डिङ रोजेको नेपालले थाइल्याण्डबाट ७५ रनको चुनौति पाएको थियो । जवाफमा नेपालले सुरुवातमा कमजोर खेल प्रदर्शन गरेको थियो । खेलको दोस्रो ओभरसम्म शुन्य रन रहदा नेपालको २ विकेट पतन भइसकेको थियो । तर ममता चौधरी र रुविना क्षत्रीको सम्हालिएको प्रदर्शनका कारण नेपालले उपाधी रक्षा गर्न सक्यो । ममता चौधरी र रुविना क्षत्रीले अर्धशतकको शानदार पारी खेले । सन् २००८ देखि सुरु भएको यो एसीसी संस्करणमा नेपालले आजसम्म कुनै पनि खेल नहारी दुई पटक उपाधी तेस्रो पटक कब्जा गरेको हो । खेलको अपडेट हेर्न भित्र आउँनुहोस्

नेपाल एसिसी यु-१९ महिला च्याम्पियनसिपमा नेपाल लगातार तेस्रोपटक च्याम्पियन बनेको छ। शुक्रबार कुवेतमा भएको फाइनलमा थाइल्यान्डलाई ६ विकेटले पराजित गर्दै ह्याट्रिक गरेका हुन्।


२० ओभरको समाप्तिमा ४ विकेट गुमाएर नेपाल ६९ रनको स्थितिमा।

१९ ओभरको समाप्तिमा ४ विकेट गुमाएर नेपाल ६८ रनको स्थितिमा।

१८ ओभरको समाप्तिमा ४ विकेट गुमाएर नेपाल ६८ रनको स्थितिमा। ममता चौधरी र रुविना क्षत्रीले गरे ५० रनको साझेदारी।

१७ ओभरको समाप्तिमा ४ विकेट गुमाएर नेपाल ६२ रनको स्थितिमा।

१६ ओभरको समाप्तिमा ४ विकेट गुमाएर नेपाल ६० रनको स्थितिमा। ममता चौधरी १८ र रुविना क्षत्री १२ रनमा खेल्दै।

१५ ओभरको समाप्तिमा ४ विकेट गुमाएर नेपाल ५५ रनको स्थितिमा।

१४ ओभरको समाप्तिमा ४ विकेट गुमाएर नेपाल ५३ रनको स्थितिमा।

१३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर नेपाल ४८ रनको स्थितिमा। ममता चौधरी १२ र रुविना क्षत्री ९ रनमा खेल्दै।
(तस्विर सौजन्य: नेपालकुवेत डट कम)
१२ ओभरको समाप्तिमा ४ विकेट गुमाएर नेपाल ४३ रनको स्थितिमा।

११ ओभरको समाप्तिमा ४ विकेट गुमाएर नेपाल ४० रनको स्थितिमा।

१० ओभरको समाप्तिमा ४ विकेट गुमाएर नेपाल ३७ रनको स्थितिमा।

९ ओभरको समाप्तिमा ४ विकेट गुमाएर नेपाल २९ रनको स्थितिमा।

८ ओभरको समाप्तिमा ४ विकेट गुमाएर नेपाल २४ रनको स्थितिमा।

नेपालको अर्को विकेट पनि पतन।

नेपालको अर्को विकेट पतन। ७ ओभरको समाप्तिमा ३ विकेट गुमाएर नेपाल १९ रनको स्थितिमा।

६ ओभरको समाप्तिमा २ विकेट गुमाएर नेपाल १७ रनको स्थितिमा।

५ ओभरको समाप्तिमा २ विकेट गुमाएर नेपाल १६ रनको स्थितिमा।

४ ओभरको समाप्तिमा २ विकेट गुमाएर नेपाल १३ रनको स्थितिमा।

३ ओभरको समाप्तिमा २ विकेट गुमाएर नेपाल ९ रनको स्थितिमा।

२ ओभरको समाप्तिमा २ विकेट गुमाएर नेपाल रनविहीन अवस्थामा।
दोस्रो इनिङ सुरु भएको छ।


कुवेतमा जारी एसीसी यु-१९ महिला च्याम्पियनसिपको फाइनल खेलमा थाइल्याण्डले नेपाललाई ७५ रनको लक्ष्य दिएको छ। टस जितेर फिल्डिङ रोजेको नेपालले २३.४ ओभरको खेलमा थाइल्याण्डलाई अल आउट हुँदा ७४ रन बनायो।
२३.४ ओभरमा थाइल्याण्ड अल आउट। नेपाललाई ७५ रनको चुनौती।

१ ओभर बाँकी हुँदा थाइल्याण्ड ९ विकेट गुमाएर ७४ रनको स्थितिमा।

ममता चौधरीले लिए अर्को विकेट। २३ ओभरको समाप्तिमा ८ विकेट गुमाएर थाइल्याण्ड ७२ रनको स्थितिमा।

थाइल्यान्डको अर्को विकेट पतन। २२ ओभरको समाप्तिमा ७ विकेट गुमाएर थाइल्याण्ड ७१ रनको स्थितिमा।

२१ ओभरको समाप्तिमा ६ विकेट गुमाएर थाइल्याण्ड ६९ रनको स्थितिमा।

२० ओभरको समाप्तिमा ६ विकेट गुमाएर थाइल्याण्ड ६८ रनको स्थितिमा।

१९ ओभरको समाप्तिमा ६ विकेट गुमाएर थाइल्याण्ड ६४ रनको स्थितिमा।

१८ ओभरको समाप्तिमा ६ विकेट गुमाएर थाइल्याण्ड ६१ रनको स्थितिमा।

नेपाललाई अर्को विकेट। १६.३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर थाइल्याण्ड ५८ रनको स्थितिमा।

१६ ओभरको समाप्तिमा ३ विकेट गुमाएर थाइल्याण्ड ५४ रनको स्थितिमा।

१५ ओभरको समाप्तिमा ३ विकेट गुमाएर थाइल्याण्ड ५० रनको स्थितिमा।
(तस्विर सौजन्य: नेपालकुवेत डट कम)

१४ ओभरको समाप्तिमा ३ विकेट गुमाएर थाइल्याण्ड ४२ रनको स्थितिमा।

१२ ओभरको समाप्तिमा ३ विकेट गुमाएर थाइल्याण्ड ३६ रनको स्थितिमा।

सङ्गीता गौचनले लिइन् थाइल्याण्डको तेस्रो विकेट। १२ ओभरको समाप्तिमा ३ विकेट क्षतिमा ३५ रनको स्थितिमा थाइल्याण्ड।

खेल भइरहेको भुबारा (कुवेत) स्थित खेल मैदानमा नेपाली राजदूत मधुवनप्रसाद पौडेल आइपुगेका छन्। नेपाली खेलाडीको उत्साह बढाउन मैदानमा झन्डै ३ सय नेपालीको उपस्थिति छ।

११ ओभरको समाप्तिमा २ विकेट गुमाएर थाइल्याण्ड ३३ रनको स्थितिमा।

नेपालको दोस्रो मेडन ओभर। ८ ओभरको समाप्तिमा २ विकेट गुमाएर थाइल्याण्ड १७ रनको स्थितिमा।

नेपालको मेडन ओभर। ८ ओभरको समाप्तिमा २ विकेट गुमाएर थाइल्याण्ड १७ रनको स्थितिमा।

७ ओभरको समाप्तिमा थाइल्याण्ड २ विकेट गुमाएर १७ रनको स्थितिमा।

६ ओभरको समाप्तिमा थाइल्याण्ड २ विकेट गुमाएर १६ रनको स्थितिमा।

पाँच ओभरको समाप्तिमा थाइल्याण्ड २ विकेट गुमाएर १५ रनको स्थितिमा।

चार ओभरको समाप्तिमा थाइल्याण्डले २ विकेट गुमाएर ११ रन। रन आउटमा नेपालले लियो दोस्रो विकेट लियो।

तीन ओभरको समाप्तिमा एक विकेट गुमाएर थाइल्याण्को १० रन।

दुई ओभरको समाप्तिमा एक विकेट गुमाएर थाइल्याण्को ४ रन।

रुविनाले लिइन् थाइल्याण्डको विकेट! दोस्रो ओभरमा कप्तान रुविना क्षेत्रीयले नेपाललाई पहिलो सफलता दिलाएकी छिन्। रुविनाको प्रतियोगितामा यो ११ औं विकेट हो। एशियाली क्रिकेट परिषादका अनुसार थाइल्याण्डले सोनु खड्काको पहिलो ओभरमा २ रन जोडेको छ।

एसिसी यु-१९ महिला च्याम्पियनसिपमा उपाधि ह्याट्रिकको नजिक पुगेको नेपालले फाइनलमा थाइल्याण्डविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। नेपालले ओपनर शिलु रिजालको स्थानमा द्रौपती कुँवरलाई खेलाएको छ।
अपडेट सौजन्य : नागरिकन्यूज डट कम

2 comments:

Bikash said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

good job. congraz.

कविर आचार्य said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हुर्ररे ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।