जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
Showing posts with label कथा/लघुकथा. Show all posts
Showing posts with label कथा/लघुकथा. Show all posts

स्वार्थी संसार


-गणेश कार्की
उ हास्यो. पेट मिची-मिची हास्यो. उ हासेको देखेर वरिपरिका अरु पनि हास्न थाले. उ धेरै जनासंग केहि बेर हासिरह्यो.
उ रोयो. छाती पिटी-पिटी रोयो. उ रोएको देखेर अरु कोहि पनि रोएनन बरु अलिक पर पुगेर उ रूदाको अभिनय गर्दै हास्न थाले. उ एक्लै धेरै बेर रोहिरह्यो.