जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

मलाई माया गर्छु भन्ने ए मान्छे


-गणेश कार्की
मलाई माया गर्छु भन्ने ए मान्छे
यसरी नै सधै भरि माया गर्न सक्छौ के?

बसन्त र बहार मात्रै हैन यो जीवन
चल्ने गर्छ यदाकदा होस् उडाउने तुफान.
खुसीमा मुहार भरि मुस्कान दिए जस्तै
दुख पर्दा काखमा शिर राख्न दिन्छौ के?

बाँच्न देउ


-गणेश कार्की
तिम्रो त्यो मौनतामा कति धेरै अर्थ छ
त्यही मेरो जीवन छ त्यही मृत्यु पनि छ.
मलाई बाच्न देउ तिम्रो वरिपरी

मेरो हरेक यात्रामा हिउँ नापरिदेउ
मा बस्ने चौतारीमा हुरी नचलाइदेउ
तिम्रो साथमा सबै-सबै ऋतु छ
त्यही मेरो जीवन छ त्यही मृत्यु पनि छ.
मलाई बाच्न देउ तिम्रो वरिपरी