अपडेट : आज भएको एएफसी च्यालेन्ज कपमा नेपालले प्यालेस्टाइनसँग २ गोलको पराजय भोगेको छ । प्यालेस्टाइनले खेलको ४ र ६५ मिनेटमा गोल गरेको थियो । दुबै गोल अत्तेहले गरेका थिए ।
जानकारीका लागि !!
जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
Showing posts with label सन्दर्भ बिशेष. Show all posts
Showing posts with label सन्दर्भ बिशेष. Show all posts
AFC च्यालेन्ज कप : नेपाल Vs प्यालेस्टाइन (लाइभ अपडेट)
Posted by
-दिपध्वनी-
on Thursday, March 8, 2012
होलीमा अनुहार
Posted by
पानीफोटो
on Wednesday, March 7, 2012
कतिलाई होलीको शुभकामना भनिरहनु भनेर अनुहारमै शुभकामना पोतिदिएको रे ।
होलीमा देखिएका थप कलात्मक र रंगीन फोटोहरु हेर्न भित्र आउँनुहोस्
होलीमा देखिएका थप कलात्मक र रंगीन फोटोहरु हेर्न भित्र आउँनुहोस्
ह्याप्पी फागु !!!
Posted by
-दिपध्वनी-
on Tuesday, March 6, 2012
हामी साना छँदा फागु खुब धुमधामसँग मनाइन्थ्यो । गोजीभरी अबिर बोकिन्थ्यो । अनि पत्ति रंग पानीमा घोलेर बोतलका बोतल बोकिन्थ्यो । इनामेलको चलन थिएन । मुखमा जति पोतिन्थ्यो भोलीपल्ट साबुनले एक पटक धुने बित्तिकै जान्थ्यो । काठमाण्डौ आए पछि चाल पाइयो । हाम्रो फागु यहाँ त होली भनेर मनाइदो रहेछ । काठमाण्डौमा कसैले फागु खेल्ने भनेको त सुनेको नै छैन । रंगका नाममा मुख भरी इनामेल पोतिदो रहेछ । तर जे भने पनि र अरुलाई दुख नहुने गरी रंगहरुको यो पर्व खुसीयालीले मनाऔं । मिलेर मनाऔं । यसबर्षको फागु/होलीको धेरै धेरै शुभकामना । ह्याप्पी होली ।
शिवरात्रीको शुभकामना
Posted by
-दिपध्वनी-
on Monday, February 20, 2012
![]() |
| तस्विर सौजन्य माइसंसार |
को छ प्रजा ? के को प्रजातन्त्र दिवस ?
Posted by
-दिपध्वनी-
on Sunday, February 19, 2012
यसअघि राज्यस्तरमै प्रजातन्त्र दिवस टुडिखेलमा धुमधामसँग मनाईन्थ्यो । राजाका पालामा वा ४७ सालमा बहुदलीय प्रजातन्त्र आएपछिका कुरा त झन् चर्को थियो । कतिपय ठाउँमा त फागुन ७ गते दिपावली नै गरिन्थ्यो रे । यसअघिका प्रधानमन्त्री झलनाथ खनालकै पालामा पनि निकै धुमधामसँग मनाइएको थियो । तर यसपाली प्रजातन्त्र दिवसमा कुनै कार्यक्रम गरेन सरकारले ।
केही रोमान्टिक गजलहरु भ्यालेन्टाइन्स डे विशेष
Posted by
-दिपध्वनी-
on Tuesday, February 14, 2012
तिम्रो लागि केही लेख्नुको मजा नै बेग्लै छ
सपनामा तिमी देख्नुको मजा नै बेग्लै छ ।
एक्लो कोठा र बन्द ढोका, आगमन तिम्रो प्यारो
चिसो खाट र मध्यरात, न्यानोपन तिम्रो प्यारो । पुरा गजलहरु पढ्न भित्र आउँनुहोस्
सपनामा तिमी देख्नुको मजा नै बेग्लै छ ।
एक्लो कोठा र बन्द ढोका, आगमन तिम्रो प्यारो
चिसो खाट र मध्यरात, न्यानोपन तिम्रो प्यारो । पुरा गजलहरु पढ्न भित्र आउँनुहोस्
सिमसार - जहाँ जमिन लुक्दैन र पानी सुक्दैन ।
Posted by
पानीफोटो
on Thursday, February 2, 2012
-कर्मठ सुवेदी-
आज फेब्रुअरी महिनाको २ तारिख अर्थात विश्व सिमसार दिवश । केहि क्षण अघि सम्म मैले आज फेब्रुअरी २ तारिख भन्ने नै बिर्सिरहेको थिएँ । सिमसार दिवश त झन् दिमागको कुनै भागमा पनि थिएन । एक मित्रले फोन गरेर सम्झाए पछि मात्रै सम्झेँ, आज फेब्रुअरी २ तारिख अर्थात विश्व सिमसार दिवश । सोच्दैछु, हामी आफैलाई प्रत्यक्ष र तत्कालै फरक नपारिरहेका कुराहरु प्रति कति वेवास्ता गर्छौ हामी ।
वास्तवमा, मैले सिमसार शब्द सुनेको नै धेरै भएको छैन । वातावरण विज्ञानमा स्नातक गर्दा भने सिमसारको बारेमा केहि पढें अनि त्यस पछिका वर्षमा एउटा गैर सरकारी संस्थामा काम गर्दा यो दिनको अवसरमा केहि कार्यक्रम आयोजना पनि गरें । विशेष गरी भोटेकोशी नदी किनारका केहि विद्यालयलाई लक्षित गरेर । अनि आज जिवनमा नै पहिलो पल्ट जाँचको उत्तर पुस्तिका बाहिर केही लेख्दैछु सिमसारको बारेमा ।
सिमसारको परिभाषा नै रोचक छ । सिमसार भन्नाले धाप वा दलदल सिम, धोल, ताल, तलाउ, पोखरी, दह, कुण्ड, नदीनाला, बाढी क्षेत्र, जलाशय, सिञ्चित धान खेत, जलक्षेत्रका घासेँ मैदान वा जंगललाई बुझिन्छ । नेपाल राष्ट्रिय सिमसार नीति २०५९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रुपमा बनेको दलदल क्षेत्र हो । अतः सिमसार यस्तो रसिलो भूमि हो, जहाँ जमिन लुक्दैन र पानी सुक्दैन ।

त्यो माघ १९ !
Posted by
-दिपध्वनी-
त्यसबेला म अस्कलमा पढ्थेँ । लैनचौरमा बस्थेँ । खाना पकाउँदै रेडियो सुन्दै थिएँ । रेडियो बोल्यो, श्री ५ बाट १० बजे महत्त्वपूर्ण सम्बोधन बक्स हुँदैछ । कलेज दिउँसोको थियो । के सम्बोधन हुँदैछ भनेर रेडियोमा कान थापेर बसे । राजाले शासन सत्ता आफ्नो हातमा लिए भनेर थाहा पाएँ । लौ साथीहरुले पक्कै सुनेका छैनन्, आज गफ दिनलाई दामी बिषय पाइयो भन्ने भन्दा बढ्ता दिमागमा केही थिएन । भर्खर बि एस्सी पढ्न सुरु गरेको अल्लारे ठिटो त थिएँ म । मलाई गफ दिन पुग्ने गरी बिषयहरु जाने पुग्थ्यो । मलाई राजाले शासनसत्ता हातमा लिएर के नै फरक पर्थ्यो र ? तर सम्बोधन सुनिसकेर बाहिर निस्कने बित्तिकै फरक थाहा भयो । अघिल्लो दिनसम्म बिन्दास रहेको गल्ली डराए जस्तो देखियो । हेर्छु त गल्लीदेखि नै पोसाक र बन्दुकमा तैनाथ सेनाहरु लामबद्ध छन् । डराई डराई कलेज पुगेँ । कोठा छेउदेखिको सेनाको लाईन क्याम्पसको गेटसम्म पनि टुक्रिएको थिएन । गेटमा सेनाको सानो टुकुडी नै बसेको रहेछ । तिनले किताबका झोला खोतलखातल पारे । गोजी गोजी चेक गरे । जुत्ता खोलेर देखाईयो । हात दुबै माथि पारेर शरिरको जाँच गराईयो । त्यतिञ्जेलको झांगलझुंगलमा चेतना गायब । कतिबेला डेरा पुगेर ढोकाको चुकुल बन्द गरेर बसुँ भन्ने अरु केही सोचिएन । त्यो दिन पुरै क्याम्पस अस्तव्यस्त भयो । हामी सबै चुपचाप घर फर्कियौँ ।
भोलीपल्ट देखी त्यो रुटिनै भयो । त्यसै दिन देखि मज्जाले थाहा पाइयो, शासन व्यवश्थाले व्यक्तिलाई पनि निकै असर पार्दो रहेछ भन्ने ।
भोलीपल्ट देखी त्यो रुटिनै भयो । त्यसै दिन देखि मज्जाले थाहा पाइयो, शासन व्यवश्थाले व्यक्तिलाई पनि निकै असर पार्दो रहेछ भन्ने ।
जय माता सरस्वती !
Posted by
-दिपध्वनी-
on Saturday, January 28, 2012
आज सरस्वती पुजा । बसन्त पञ्चमी या श्रीपञ्चमी पनि भनिन्छ आजको दिनलाई । तर सानैदेखि मनमा गडिएर बसेर नै होला, सरस्वती पुजा भन्नमा नै राम्रो र प्यारो लाग्छ । सरस्वती पुजा भन्ने बित्तिकै पहिलेका रमाइला सम्झनाहरुको दौड सुरु हुन्छ । बिहानै उठेर नुहाएको, घरमा हतार हतार मेवा झारेर काटेको खुब याद आउँछ । गाउँमा कस्को घरमा उखु छ, ल्याएर काटिन्थ्यो । सरस्वती पुजाका लागि भने पछि जसको घरबाट जे फलफुल झारेर ल्याएपनि हुने । फुल जति टिपे पनि हुने । बर्षभरि नपाइएको स्वतन्त्रता सरस्वती पुजाको दिन पाइन्थ्यो । हामी यसकै फाइदा उठाएर केही धेरै फलफुल जम्मा गर्थ्यौं र पछिलाई भनेर बेग्लै लुकाउँथ्यौ । यसरी हतार हतार गरेर तयार पारेको फुलपाती बोकेर स्कुल गएको अनि नठाटी भन्ने हो भने पुजा कतिबेला सकिन्छ र प्रसादमा पाइने बुनियाँ खान पाइन्छ भनेर बुनियाँ तिर हेरेर बसेको खुब याद आउँछ । अरु साथीका नजर पनि बुनियाँमा निकै गडिएको हुन्थ्यो । हामी हेराहेर गरेर एकअर्कालाई गिज्याउँथ्यौँ ।
तर बुनियाँ खाने जतिसुकै लालचा भएपनि पुजा गर्न कुनै कसुर बाँकी राखिदैन थियो । खुब मन लगाएर पुजा गरे पनि सरस्वती मातामा भर परेर नपढ्ने भने गरिएन । खुब रमाइलो गरियो झै लाग्थ्यो पुजाको दिन । एकछिन है सन्दर्भहरु जोडिदै र टुट्दै हुन थाल्यो । यसैले सरस्वती पुजाको सन्दर्भ मिलाएर भन्छु, हेर्न भित्र आउँनुहोस् है ।

भुकम्पमा पुर्वतयारीले कत्ति फरक पार्छ । तर खै त पुर्वतयारी ?
Posted by
-दिपध्वनी-
on Monday, January 16, 2012
९० सालको विनाशकारी भुकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा आजकै दिन माघ २ गते भुकम्प सुरक्षा दिवस मनाईन्छ । तर नपरेसम्म कानमा तेल राखेर बस्ने हाम्रो लागि यसपटक भने यो दिवस केही विशेष हुने निश्चित छ । किनभने यसै बर्ष हामीले भुकम्पको डरलाग्दो झड्काको महसुस ग¥यौं । तर, आजको दिन जति नै विशेष बनाए पनि यो कुनै पनि तर्कले काफी छ भन्न सकिदैन ।
भूकम्पीय हिसाबले नेपाल विश्वको ११ औँ जोखिमपूर्ण देश र काठमाडौँ उपत्यका पहिलो स्थानमा छ । ९० सालकै जत्रो भूइँचालो जाने हो भने काठमाण्डौँमा मात्रै ६० प्रतिसतं घरहरु भत्किने र झण्डै १ लाख मानिसको ज्यान जाने तथा लाखौं घाइते हुने विज्ञहरुले चेतावनी दिइरहेका छन् । यस्तो जोखिम भएको मुलुकमा एक दिनको विशेष सजगताले कुनै ठुलो क्षति टार्न सक्दैन । हरेक दिन र हरेक संरचना बनाउँदा विशेष सजगता अपनाउँन आवश्यक छ ।
हो, भुकम्प टारेर टार्न सकिदैन । यो यति भयानक हुन्छ तर यसको पुर्वानुमान गर्न सकिदैन । तर केही सचेत हुने हो भने ज्यान बच्न सक्छ, धनमाल जोगिन सक्छ । सिकौं र सचेत हौ । के गर्ने त भुकम्पबाट बच्न ?

कस्ता थिए पृथ्वीनारायण शाह, हामीले कस्ता बनायौं
Posted by
-दिपध्वनी-
on Wednesday, January 11, 2012
भनिन्छ 'इतिहास जित्नेको घोडा हो' । र, सँधै जित्नेका हातमा हुन्छ इतिहासको लगाम । यसैले त काल र तथ्य अनुसार भन्दा पनि जित्नेको लहडका आधारमा इतिहासले कोल्टे फेर्छ । यसैले त जित्नेहरु सँधै चतुर, इमान्दार, लगनशिल, कर्तव्यपरायण, महामानवका पगरीमा बाँधिएका हुन्छन् । अनि, हार्नेहरु युद्ध मात्र हार्दैनन्, प्रतिस्प्रधा गुमाउँनेमात्र होइनन्, इतिहासका पानामा अनुहार भरि कालो पोतेर न्यायको खोजीमा हुन्छन् । या भनौँ कुनैदिन सत्ता पल्टिने आशामा हुन्छन्, ताकि इतिहास बदल्ने मौका पाईयोस् । यसरी जित्नेको लहडका सामू इतिहास फेरिएको त हामीले पनि देखे भोगेकै हौ । समग्रमा, जित्नेहरुले बाड्ने जितौरी जस्तो हो इतिहास ।
यसैले पृथ्वीनारायण शाहको इतिहास पनि सोझो, स्पष्ट र पक्का त पक्कै पनि छैन । पहिले यदाकदा प्रश्नहरु उठ्थे तर आजभोली जतासुकै देख्न सकिन्छ प्रश्नहरु । सायद जित्नेहरु फेरिदैछन् । यही हार्ने र जित्नेहरुको माझमा पृथ्वीनारायण शाहको इतिहास पनि चेपुवामा परिरहेको छ । कसैलाई लाग्छ, पृथ्वीनारायणप्रति अन्याय हुन थालेको छ । कसैलाई लाग्छ, इतिहासप्रति बेइमानी भएको छ । तर समानता एउटा मात्र छ, हामी सबैलाई लाग्छ, कस्ता थिए पृथ्वीनारायण शाह, हामीले कस्ता बनायौँ ।

नेपालमा पहिलो पटक क्यामरा ट्रयापिङमा पर्यो हिउँचितुवा
Posted by
-दिपध्वनी-
on Wednesday, November 23, 2011
दायाँको तस्विर हेर्नुहोस् त । यो हिउँचितुवाको तस्विर हो । यो तस्विर गएको अक्टोबर २४ मा कञ्चनजंघा क्षेत्रको खाम्बाचेन उपत्यकामा सोही क्यामरा ट्रयापिङ विधिबाट खिचिएको हो । क्यामरा ट्रयापिङ विधिबाट तस्विर लिईएको यो नै नेपालको पहिलो हिउँचितुवा हो । यसलाई विश्व वन्यजन्तु कोष नेपालले हिजो मंगलबार सार्वजनिक गरेको थियो । संरक्षण क्षेत्र व्यवस्थापन परिषद तथा हिउँचितुवा संरक्षण समितिले विश्व वन्यजन्तु कोष तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँगको सहकार्यमा गएको अक्टोबरमा कञ्चनजंघा संरक्षण क्षेत्रका नागफिन्दा, खाम्बाचेन, लोहानक तथा जिम्बुबारी उपत्यकामा गरी १० वटा क्यामरा ट्रयाप जडान गरेर हिउँ चितुवाको अनुगमन गरिरहेको छ ।
के हो त क्यामरा ट्रयापिङ विधि ? नेपालमा हिउँचितुवाको अवश्था कस्तो छ ? जान्नलाई भित्र आउँनुहोस्
के हो त क्यामरा ट्रयापिङ विधि ? नेपालमा हिउँचितुवाको अवश्था कस्तो छ ? जान्नलाई भित्र आउँनुहोस्
शान्ति सम्झौताका ५ बर्ष, लेखाजोखा गर्ने हो कि !
Posted by
पानीफोटो
on Monday, November 21, 2011
१. सशस्त्र द्वन्द्वको औपचारिक अन्त्यको घोषणा ।
२. माओवादी सेना,हतियार र नेपालीसेनाको हतियारको संयुक्तराष्ट्रसंघद्वारा प्रमाणीकरण र अनुगमन ।
३. माओवादीद्वारा कब्जा गरिएका सम्पूर्ण सम्पती फिर्ता ।
४. मानव अधिकार र अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी कानुनहरुको पूर्णपालना ।
५. राजाको सम्पूर्ण राजनैतिक अधिकारको अन्त्य ।
६. उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन ।
७. माओवादी सेनाका लडाकुहरुको रेखदेख समायोजन र पुर्नस्थापना ।
८. युद्धबाट पीडित र विस्थापित व्यक्तिहरुको स-सम्मान पुर्नस्थापना ।
९. हातहतियार, गोलीगठ्ठा र विस्फोटक पदार्थ साथमा लिई आवतजावत गर्न गैरकानुनी ।
यी बुँदाहरु नेपाल सरकार र तत्कालिन नेकपा माओवादीबिच भएको बिस्तृत शान्ति सम्झौताको मुख्य बुँदाहरु हुन् । यो सम्झौता २०६३ मंसीर ५ गते मा भएको थियो । यो सम्झौताले नै नेपालबाट शसस्त्र जनयुद्धलाई बिदाई गरेको थियो । यसले हामी नेपालीको मनमा कति आशा जगाएको थियो, एक पटक पछाडी फर्केर हेरौँ त । तर, आज यो सम्झौता भएको पनि ठ्याक्कै ५ बर्ष पुगेको छ । यो ५ बर्षलाई पछाडी फर्केर हेर्दा आशा भन्दा निराशा बढी देखिन्छ । आखिर किन यस्तो भयो ? मेरो विचारमा भने यस्तो हुनुको सुरुवाती कारण माओवादीले बढी मत ल्याएकैले कांग्रेस र एमालेले संविधान संशोधन गर्न बाध्य बनाएर दुईतिहाईबाट साधारण बहुमतमा मुलुकलाई लैजानु नै हो । त्यसपछि नै संविधानभन्दा सत्ता र सरकार दलहरुको प्राथमिकता र अभिमानमा पर्यो ।
तपाईलाई कस्तो लाग्छ ? बृहत शान्ति सम्झौताका कुन कुन बुँदा पुरा भए जस्तो, कुन कुन बुँदाहरु पुरा गरिहाल्नु पर्ने जस्तो लाग्छ ? यो ५ बर्षलाई तपाई आफु कसरी समिक्षा गर्नुहुन्छ ? बृहत शान्ति सम्झौता पढेर प्रतिक्रिया दिनुहोला ।

ओहो ! यस्तासम्म रहेछन् MLTR का फ्यानहरु
Posted by
-दिपध्वनी-
on Saturday, November 19, 2011
भित्र भिन्नै रमाईलो थियो । दाम तिर्न सक्ने फ्यानहरु टुडिखेल भित्रको स्लो रकमा झुमिरहेका थिए । ढल्दो दिनसँगै दिनको न्यानोपन घट्दै थियो, चिसो बढ्दै थियो । वरिपरि पर्दा लगाएर बाहिरबाट चियाउँन नमिल्ने बनाईएको टुडिखेलको मैदान भन्दा बाहिर भने फ्यानहरुको एमएलटिआरप्रतिको न्यानोपन घटेको थिएन । छेउको आकाशेपुलमा प्रहरीको निषेधले सोचे जस्तो अवश्था थिएन । तर जहाँ इच्छा त्यहाँ उपाय, भित्रको महगों कन्सर्ट सित्तैमा हेर्न अनेक उपाय गरिरहेका थिए फ्यानहरु । कस्ता कस्ता थिए ति उपाय ? पानीफोटोका लागि दिवसबाबु पन्तले खिचेका तस्विरहरु हेरौं
यस्ता गीत गाउँछ MLTR ले टुडिखेलमा, शब्द र भिडियो हेर्नुहोस्
Posted by
पानीफोटो
on Friday, November 18, 2011
भोली काठमाण्डौ तताउँने तयारीमा आएको MLTR ब्यान्ड । टिकटको मुल्यलाई एकछिन बिर्सिदिने हो भने सबैलाई पक्कै पनि लोभ्याउँनेछन् उनीहरुले । 'एक पटक हेर्ने हो कि' भन्ने धेरैको मनमा आउँनु अस्वभाविक पक्कै होइन । कुनै जमाना संसारभर 'सफ्ट रक'को जादु छरेका र संगीतको भिन्न उचाई कायम गरेको यो ब्यान्डले टुडिखेलमा गाउँने पनि तिनै 'हिट नम्बर'हरु हुन् । जो जो कन्सर्ट हेर्न जाँदै हुनुहुन्छ उहाँहरुका लागि तयारी स्वरुप र कन्सर्ट हेर्न नजाने तथा जान नपाउँनु हुनेका लागि यही 'भर्चुअल' संसारमा रमाउँनका लागि भोली MLTR ले टुडिखेलमा गाउँने गीतहरुको शब्द र भिडियो राखेको छु, हेर्नुहोस्
यसरी हेरिन्छ साथी हो ! MLTR को कन्सर्ट
Posted by
पानीफोटो
on Thursday, November 17, 2011
-प्रल्हाद अधिकारी-
बाँचिराख्नु पर्छ जे पनि देख्न पाईन्छ भन्थे बुढापाकाहरु, साँच्चै नै हो रहेछ । हाम्रो जस्तो कम आय भएका मानिसहरुको बाहुल्यता भएको मुलुकमा त्यती टाढाबाट गीत गाएर कमाउँन आउँनु आफैमा आश्चर्य हो । पहिले ब्रायन एडम्स नेपाल गीत गाउँन आउँछन् रे भनेको सुन्दा त विश्वासै थिएन । लाग्थ्यो, त्यस्ता हिट गायक, करोडौँ डलर कमाउँने, नेपाल आएर कति लग्नु र आउँनु । तर खुद ब्रायन एडम्स आएर गीत गाएर गए । मेरो केही लागेन । सपना झै मानेर पत्याएँ ।
मैले गाएको भाषा नबुझे पनि सुन्दै आएको अर्को ब्यान्ड एमएलटिआर पनि हिजैमात्र नेपाल आईसकेछ । त्यती ठुला गायकहरु नेपाल आउँनु त नेपालका लागि कति ठुलो कुरा हो भनिरहनु नपर्ला । हेर्नु नै भयो होला नि, ब्रायन एडम्स आउँदा पत्रपत्रिकामा के के लेखेका थिए । ब्रायन आए, 'अब संसारलाई नेपालले चिन्छ ।' 'पर्यटन बर्ष सफल हुने छाँट आयो ।' 'नेपाली संगीत उद्योगले नयाँ फड्को मार्यो ।' अब ब्रायन आएकै कारणले नेपाललाई संसारमा कतिले चिने ? पर्यटनबर्षको सफलता कस्तो भयो ? संगीत उद्योगले कति फड्को मार्यो ? यो त तिनै पत्रिकाले लेखाजोखा राखेका होलान् ।
मलाई भने यस्ता कुराको लेखाजोखा राख्नु छैन । मेरो लागि दुवै पाहुना बराबर । अस्तिको पाला ब्रायन एडम्स आउँदा त विशेष कारणले हेर्न पाईएन । यो पाला चै एमएलटिआरलाई हेर्न छुटाईदैन । मैले ब्रायनको कन्सर्ट नहेर्नु र एमएलटिआरको कन्सर्ट हेर्नुमा भने कारण यस्तो छ

प्रधानमन्त्री भन्छन्, "छोरीलाई नै पकेट खर्चको अभाव छ ।"
Posted by
-दिपध्वनी-
on Tuesday, November 15, 2011
-सरकारलाई नाप्ने मापदण्ड शान्ति र संविधान मात्र हो । यो बिना अरु जतिसुकै राम्रो गरे पनि केही हुदैन ।
-शान्ति र संविधानलाई पूर्णता दिन मैले आफ्नो तर्फबाट सहजीकरणको काम गरिरहेको छु । यसकै प्रयत्नस्वरुप कात्तिक १५ गते सातबुँदे सहमति भयो ।
-पार्टीले जसलाई पठायो उसलाई शपथ गराउनु बाहेक प्रधानमन्त्रीको अरु भूमिका नहुने रैछ ।
-मैले आफ्नो व्यक्तिगत छवीलाई नै दाऊमा राखेर शान्ति र संविधानको लागि मन्त्रिपरिषद विस्तार गर्नुपरेको हो ।
-द्वन्द्वकालका सबै मुद्दा फिर्ता लिने भनिसकेपछि यो (बालकृष्ण ढुंगेलको माफीका लागि गरिएको सिफारिस)भन्दा अर्को विकल्प के थियो त ?
-मानुषी (छोरी) लाई नै पकेट खर्चको अभाव छ, उसैलाई राखेर तलब दिएको भएपनि हुन्थ्यो, तर मैले त्यसो गरिन ।
-डा. बाबुराम भट्टराई, प्रधानमन्त्री-
प्रधानमन्त्री निश्चित काम अनुसारको मात्रै भूमिका हुन्छ । त्यस अनुसार काम गर्न सकेमा देश र जनताको लागि राम्रो हुन्छ । तर समय सन्दर्भ भन्दा बाहिरका विषयलाई मापदण्ड बनाईयो भने त्यो मूल्याँकन गर्न पनि गाह्रो हुन्छ । एउटा आधारमा मात्रै कुनै चिजलाई राम्रो भन्न सकिंदैन ।
छ्या ! यस्तो पो खाँदा रै'छौ
Posted by
पानीफोटो
on Monday, November 7, 2011
आज एकजना साथीले यो फोटो मलाई ट्याग गरिदिएछ । कसले कहाँबाट खिचेको हो, थाहा भएन । फोटो हेरेर क्याप्सन पढ्ने बित्तिकै अस्ति देखि स्वाद मानी मानी खाएका बफ मम, चाउमिन, थुक्पा आदि भैसे परिकार प्रति दिङ्दिङ् लागेर आयो । हामीले खाने खाद्यपदार्थमा कति मिसावट छ भन्ने त दशैँ अगाडी छर्लङ्ग भएको थियो । आज यो फोटो हेरे पछि आफु प्रति झन् दया लागेर आयो । यस्ता थाहा पाउँदा पाउँदै चुप लागेर यसकै परिकार खाने हामी कस्ता ? छ्या !
तपाईलाई यो फोटो हेरे पछि कस्तो लाग्यो । यदि यसलाई रोक्नु पर्छ भन्ने लाग्छ भने एक पटक अल्छि नगरी प्रधानमन्त्रीज्युले चौबिसै घण्टा गुनासो सुन्न भनेर सुरु गरेको सेवा हेलो सरकारको इमेल 1111@opmcm.gov.np मा इमेल वा फोन नम्बर 1111 मा एक कल फोन गरेर प्रधानमन्त्रीज्यु हामी त यस्तो पो खाँदा रैछौ भन्ने हो कि ! के को खाँचो मलाई भनेर तर्किनु भयो भने त कुरै सिद्धियो तर सचेत भएर गुनासो गर्नु भयो भने जानकारीका लागि तलको कमेन्ट बक्समा गरेको गुनासोको बारेमा जानकारी दिनु है ।

के विनोद चौधरीसँग यसको जवाफ छ ?
Posted by
पानीफोटो
on Tuesday, November 1, 2011
-ओम थापा-
नक्कली भ्याट विल प्रकरणमा मंगलवार प्रतिष्ठित दैनिक पत्रिकामा सके विना लगानीका नसके मूल्य तिरेरै भए पनि ठूला उद्योगी/व्यापारीको प्रतिक्रिया सार्वजनिक भएको छ । सबैभन्दा तडकभडक प्रतिक्रिया सम्माननीय सभासद् विनोद चौधरीको छ ।
सम्माननीय विनोद चौधरीले लाखौं रुपैयाँ तिरेर सार्वजनिक गरेको सूचनामा लेखिएको छ, ‘नक्कली भ्याट प्रकरणको अनुसन्धानको क्रममा रहेको भनी सीजी इलेक्ट्रोनिक्स, सीजी इम्पेक्स र सीजी फुड्सलाई नक्कली भ्याट बिल जारी गर्ने र्फमहरुसँग व्यापारिक कारोवार गरेको भनी सरकारी निकायबाट स्पष्टिकरण मागिंदा हामीले आफ्नो व्यापारिक कारोवार स-प्रमाण स्पष्टसँग राखेका थियौं । उक्त स-प्रमाण तर्कलाई वेवास्ता गर्दै सरकारी निकायले ती कम्पनीहरुलाई क्रमस करिब रु ३५ लाख, ४४ लाख र ४७ लाखको थप भ्याट कर निर्धारण गरेको थियो ।’

हाम्रो गाई पुजालाई अमेरिकी मानवशास्त्री के भन्छन् ?
Posted by
पानीफोटो
on Thursday, October 27, 2011
आज गाईतिहार । गाईको धुमधाम पुजा गरियो ।
हामी हिन्दुहरु गाईलाई माता (आमा) भन्छौँ । तिहारमा आजको दिनमा गाई पुजा गर्छौ । हाम्रो नजरमा गाईको जुन उच्च स्थान छ, त्यो धार्मिक आस्था हो । तर के गाई पुजा भनेको पुर्णत: धार्मिक आस्था मात्र हो ? के भन्छन् कहिलै गाई नपुज्ने अमेरिकी मानव शास्त्रीहरु ?
![]() |
| तस्विर टंक मिश्र |