अपडेट : यो मात्र होइन आशिष लुइटेल अरु पाँचवटा हुबहु उल्था गरेका लेखहरु पनि भेटिए । अन्तत आशिष लुइटेल कान्तिपुरकै माघ २७ गतेको 'शुक्रबार'मा माफी माग्न बाध्य भए । कान्तिपुरले सोही अंकमा क्षमायाचना गर्दै आशिष लुइटेललाई उनी संयोजक रहेको 'शुक्रबार'को जिम्मेवारीबाट हटाइएको जानकारी दियो ।
सानो हुनुमा धेरै बेफाइदाहरु होलान् । तर अरुबाट लुक्न या नदेखिन निकै सजिलो हुन्छ । मनमा लागेका कुरा निर्धक्क भन्न पाईन्छ, गर्न पाईन्छ । चाहे हरेक शब्दहरु अरुबाट चोरिएका किन नहुन् । कसैले यादै गर्दैन । सानो हुँदा बडा स्वतन्त्र हुन पाइने । मज्जा हुन्छ ।
ठुलो हुँदा पनि फाइदाहरु छन् तर माथि भनिएजस्तो सानाले लिने फाइदा ठुलाले लिन सक्दैनन् । अलिकति केही हुन हुन्न अरुले देखिहाल्ने । औला तेर्साइहाल्ने । उसै त अग्लो कद, ठुलो ज्यान यसो फैलिन खोज्यो झन् प्रस्टै देखिने । अनेक किसिमका अफ्ठ्यारा आइलाग्ने । ठुलो भएपछि स्वतन्त्रता भन्ने चिजै नरहने । बडा खुम्चिएर बस्नु पर्ने । बेमज्जा हुन्छ ।
कान्तिपुरलाई नै हेर्नुहोस् न । अँ, उही क्या नेपालमा सर्बाधिक बिक्री हुने राष्ट्रिय दैनिक । कस्तो नबुझेको काठमाण्डौ, विराटनगर, भरतपुर र नेपालगञ्जबाट एकैसाथ प्रकाशित हुने क्या । अब थाहा पाउँनु भयो कति ठुलो छ भनेर । हो कान्तिपुरले आज अलिकति यसो तन्किन खोजेको रहेछ, केटा मोरा (प्यारो गरेर भनेको है) हरुले थाहा पाई गए । भित्र आएर हेर्नुहोस् न ठुलो भएर कान्तिपुरलाई के अफ्ठ्यारो परेछ ।
अब हेर्नुहोस् न । आजको कान्तिपुरमा आशिष लुइटेलले लेखे वेक अप क्यामेरा भन्दै । उनको लेखले क्यामेरा चै उठ्यो कि उठेन थाहा भएन, तर दुई चार जना केटाहरु भने उठिहालेछन् । उठे के उफ्रिए भन्दा हुन्छ । केटाहरु सबुद प्रमाण सहित आशिषले लेखेको लेख त अंग्रेजी लेखलाई उल्था गरेको मात्र हो, फोटो पनि त्यहीको तानेको छ, भन्दै उफ्रिए । यी तिनै आशिष हुन् जसले केही समय अगाडी ट्विटरमा आएको ट्विट अनुमति नलिईकन छाप्न मिल्छ भन्दै अर्काको व्यक्तिगत ट्विट पत्रिकामा छापिदिएका थिए । यीनी बिचरालाई यसमा पनि त्यस्तै लागेको थियो होला र त कसैको अनुमति त के स्रोत सम्म नदेखाई पत्रिकामा छापे । तर केटाहरु के मान्थे, यही हो त १० रुपैया तिरेर पढिने राष्ट्रिय दैनिकको उत्तरदायित्व र जवाफदेहिता भन्दै कराई रहेका छन् ।
कान्तिपुरमा आज छापिएको आशिष लुइटेलको लेख
अंग्रजी टेलिग्राफमा छापिएको लेख
केटाहरुले के के गर्दैछन् हेर्नुहोस्
अन्त्यमा, सुचनाको हकको सम्मान गर्दै आफुलाई थाहा भएको कुरा बाडिएको मात्र हो । कसैलाई होच्याउँने वा गिज्याउँने यो लेखको भाव होइन । स्मरण रहोस् यो लेख मैले आफैले लेखेको हुँ अन्यत्र खोज्दा भेटिने छैन ।

यहाँको सुस्तता ठ्याक्कै कोडाकको जस्तै छ, जसले हुर्कंदो बजारलाई बुझ्न पटक्कै सक्दैन । रिल क्यामेरा बजारको एक्लो वादशाह कोडाक अहिले डुबानमा छ । कुनै बेला फोटो खिच्ने भन्नेबित्तिकै 'कोडाक' सम्झनेहरू अब अहिले निष्ठुरी बनेका छन् किनभने उसले डिजिटल मार्केटलाई बुझ्न सकेन । हो, कोडाकलाई १९७५ मा पहिलो डिजिटल क्यामेरा बनाएको श्रेय गए पनि यसले कहिल्यै डिजिटल क्रान्तिको बाटो खोल्न सकेन । बरु त्यो क्रान्तिबाट ठूलै चुनौती खेप्यो । जापानिज क्यामेरा कम्पनीले यो अमेरिकन कम्पनीलाई टिक्नै दिएनन् । डुबानमा परेको कोडाकले प्रस्ट देखाएको कुरा के भने अब फोटोग्रफी उद्योगमा क्यामेराको भविष्य पनि ओरालिँदै छ । स्मार्टफोनमा क्यामेरा फिचरले प्रभुत्व जमाउँदै गयो र डिजिटल क्यामेराले त्यसलाई पन्छाउन सकेनन् भने कोडाकले डिजिटल युगलाई तिरस्कार गर्दा अहिले जस्तो फल भोग्दैछ, त्यस्तै फल अहिलेका क्यामेरा उद्योगहरू भोग्ने अवस्थामा पक्का पुग्नेछन् । फोनकै क्यामेरा प्रयोग गर्नेहरू बढेपछि डिजिटल क्यामेराको बिक्री अघिल्लो वर्षभन्दा ३० प्रतिशतले घटेको पछिल्लो तथ्यांक छ । पुरा पढ्नुहोस्
अंग्रजी टेलिग्राफमा छापिएको लेख
Kodak filed for bankruptcy this week, in what seems like a symbolic moment for the photography industry. Though Kodak is credited with building the first digital camera, in 1975, it never really capitalised on the digital revolution. Meanwhile, the camera makers are facing another threat, this time from smartphones.Sales of point-and-shoot cameras fell by 30 per cent in value last year as people opted instead to use the camera on their phone. पुरा पढ्नुहोस्अनि, परेन त फसाद । आफुलाई मात्र थाहा हुन्छ अरु त सबै बज्रस्वाँठ, खाली फेसबुक त चलाउँने हुन् भनेर यसो कान्तिपुरले तानिदिएको थियो थाहा भइगयो । देख्नु भो त ठुलो हुनुको बेफाइदा । सानाले तानेको भए कसले थाहा पाउँने ? यसैले ठुलाले त निकै होसियार हुनु पर्ने । ठुलो साइज ठुलै जिम्मेवारी भन्ने थाहा पाउँनु पर्ने । यी ठुलाले नै यसो गर्छन् भने हामीले के गर्ने ? हामीलाई सम्म बिगार्ने भए ठुलाले । किनकी ठुलाले जो गर्यो काम त्यो हुन्छ सर्वसम्मत भनेरै पढेका छौँ ।
केटाहरुले के के गर्दैछन् हेर्नुहोस्
अन्त्यमा, सुचनाको हकको सम्मान गर्दै आफुलाई थाहा भएको कुरा बाडिएको मात्र हो । कसैलाई होच्याउँने वा गिज्याउँने यो लेखको भाव होइन । स्मरण रहोस् यो लेख मैले आफैले लेखेको हुँ अन्यत्र खोज्दा भेटिने छैन ।
3 comments:
हो मैले पनि चाल पाएँ । केटाहरु उफ्रिएकै हुन् । कान्तिपुरले यसलाई बेकामको भ्यागुताको उफ्राइ भनेर नै लिने छ । ग्यारेन्टी । राम्रो शब्दको प्रयोग हो । नचोर्दा पनि राम्रै लेख बन्दा रहेछन् भनेर कान्तिपुरका यी वरिष्ट (?) पत्रकारलाई कसले सिकाउँने ।
कान्तिपुर जुन स्थानमा छ उसले गरेका गल्तिहरुले पनि त्यती नै उचाइ लिन्छन् । गल्तिको उचाइले अन्तत कान्तिपुरको नै उचाइ घटाउँछ ।
खराब कुराको नजिर नबनोस् ।
मान्छे ठुलो हुन त कति गार्हो छ । त्यो त संस्था पो त ।
http://youtu.be/kRy0Y4PLxu8
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।