हिजोमात्र कालिमाटी तरकारी बजारमा लागेको आगोले ६ जनाको ज्यान लियो । करोडौंको क्षति भयो । तर सञ्चारमाध्यम एउटा पार्टी विशेषको गाली सम्मेलन (अर्को पार्टीलाई सम्पुर्ण दोष खन्याएर आफु पन्छिने सर्वोत्तम उपाय) को प्रत्यक्ष प्रसारणमा मग्न छन् । हामी त्यसमै भुलेका छौं । हिजोको आगलागीका बारेमा केही बहस तथा चिन्तन भएका छैनन् । र, हुदैनन् पनि । हिजो फागुन महिनाको २० गते काठमाण्डौमा भएको आगलागीको वास्तविक कारण हालसम्म पत्ता लागेको छैन । यो केही विशेष कारणले भएको हुन सक्छ ।
तर अब फागुन, चैत्र र बैशाखमा देशभरका ठाउँहरुमा लाग्ने आगलागीका सम्भावित कारणहरु भने त्यति विशेष हुदैनन् । पोहोरका बर्ष झै यस बर्ष पनि धेरैले आगोमा परेर ज्यान गुमाउँनु पर्ने छ । थोरैमात्र जनचेतना विस्तार गर्ने हो भने र राज्य चनाखो हुने हो भने त्यस्ता सम्भावित खतरा टार्न सक्ने वा क्षति न्युनिकरण गर्न सक्ने स्थिती बन्नेछ । तर यहाँ कसलाई छ त्यसको खाँचो । मिडियालाई दुर्घटनाको लाइभ देखाउँन पाए पुग्यो, कर्मचारीलाई छानविन आयोगमा बस्नु छ, सरकार र सरकारी निकाय ? भो कुरै नगरौं ।