जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

हो ! यही हो शक्ति । विध्वंशको शक्ति !

तस्विर : साभार 
शिव सेनाले बन्दको उल्लघंन गरे जे पनि हुन सक्ने धम्की दिदै दुई दिनको बन्दको घोषणा गर्‍यो । तर बन्द भएन । अयोग्य लडाकुले पनि एक दिनको बन्द आवहान गरे । कसैले सुनेनन् । सुकुम्बासीहरुको एक दिनको बन्द पनि असफल भयो । काठमाण्डौंबासीले बन्द गरिदिएनन् । यी सबै बन्दहरुमा प्रहरी प्रशासन पनि खुबै फुर्तिला र सक्रिय देखिए । निकै बन्दकर्ता गिरफ्तार गरिए ।

एक दिन, दुई दिनको मात्र होइन । पटक पटकको बन्द असफल भएथ्यो । एउटा, दुईटा संगठनको मात्र होइन, निकै संगठनको आवहानमा काठमाण्डौबासीले टेरपुच्छर लगाएनन् । हामी मख्ख पर्‍यौं । अब कम्तिमा काठमाण्डौ सजिलै बन्द हुदैन, हामीलाई यस्तै लागेथ्यो । तर होइन रहेछ । हेप्नेलाई हेपिएको मात्र रहेछ । जब शक्ति देखिन्छ, अझै पनि प्रहरी प्रशासन टाङ मूनि पुच्छर लगाउँदो रहेछ । मिडियाहरु बन्दको एम्बेस्डर बन्दा रहेछन् । र, हामी नागरिक, लाचार । कसरी भयो शक्ति प्रदर्शन ? भिडियोमा हेर्नुहोस्

हिजो बेलुका बन्दकर्ताले यसरी तर्साएका थिए । भिडियो तल हेर्नुहोस्



वास्तवमा यो बन्द पहिलेको बन्द जस्तो थिएन । यो बन्द १३ विद्यार्थी तथा नौ युवा संगठनले गरेको बन्द थियो । विद्यार्थी र युवाहरु भनेका शक्ति हुन् । अझ हाम्रो राजनीतिक पृष्ठभुमी हेर्ने हो भने त यीनीहरु विध्वंशात्मक शक्ति हुन् । जे पनि गर्न सक्छन् । यही डरले पनि बन्द गर्न सबै बाध्य भए ।

फेरि बन्दका एम्बेस्डर झै कान्तिपुर, नागरिक, हिमालय टाइम्स, समाचारपत्र, राजधानी लगायतका पत्रिकाले विद्यार्थीहरुले बन्द घोषणा गरेको समाचार छापिदिए । टिभी र रेडियोले अघिल्लो दिनदेखि नै तर्साइरहे । यदि मिडियाले भोली के को बन्द हुनु, होइन भन्ने पाराका सन्देश दिएको भए वा बन्दका बारेमा मौन रहेको भए बन्दकर्तालाई सहज हुने थिएन ।

अनि, यो बन्दमा प्रहरी प्रशासन पनि पहिलेको जस्तो फुर्ति र सक्रिय रहेन । अघिल्लो बन्दमा बन्दकर्तालाई लखेटी लखेटी गिरफ्तार गरेको प्रहरी यसपाली त्यस्तो केही गरेन । बरु उल्टै बन्दको बेला डराई डराई मोटरसाइकल चलाउँनेलाई नचलाउँनु जे पनि हुन सक्छ भन्दै तर्साएको देखियो । अनि, बन्द हुदैन त ।


बन्द सफल भयो त ? मागको सम्बोधन होला त ?
हो बन्द त सफल भएकै हो । यतिका शक्ति लागे पछि बन्द नहुने हो भने नेपालबाट बन्द निर्मुल भयो भनिदिए पनि हुन्छ । यदि बन्द गराउँनु नै बन्द आवहानको सफलताको कसी हो भने स्वभाविक रुपमा बन्द सफल भयो । तर माग सम्बोधन हुनु सफलता मान्ने हो भने बन्दले दुख सिवाय केही दिएन ।

र, बन्दकै कारण केही भइ हाले पनि धेरै भए बढीमा विद्यार्थीलाई केही प्रतिशत राहतको घोषणा हुनेछ । तर के यसले गर्छ त समस्याको वास्तविक सम्बोधन ? त्यसो भयो भने पनि परिचय पत्र बनाउन भ्रष्टाचारदेखि कोटाको पेट्रोलियम पदार्थ बेचेको भन्दै महँगोमा बेचेर व्यापारीले नै नाफा कमाउनेछन् । यसको बदलामा आयल निगमभित्रको भ्रष्टाचारको जालो तोड्न दबाबमूलक आन्दोलन गर्नुपर्ने हो । त्यो तोडियो भने स्वतः मूल्य घट्छ, त्यो नभए पनि कम्तिमा वास्तविक रुपमा अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा मूल्य समायोजन हुन्छ ।

अहिले त रक्सौलमा आयल निगमले दोहोरो करदेखि अनेकन् मूल्य जोडेर ७६ रुपियाँमा किन्ने डिजेल ८५ रुपियाँमा, ७० रुपियाँ नपर्ने पेट्रोल ११५ रुपियाँमा बेचिरहेको छ । डिलरको खर्च र कमिसन भन्दै १३० रुपियाँ अनि करहरु भन्दै २१५ रुपैयाँ जोडेर एक सिलिन्डर ग्यासमा २७६ रुपियाँ घाटा देखाउने गरेको छ ।

4 comments:

purna said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

bastab mai sahe kura garnu bhio .yaha saknay lay j pani garna sakcha.

purna said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

you are right sir,

प्रदिप रौनियार said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हो वास्तविकता नै यही हो । बन्दलाई मिडियाले कभरेज नदिनु भने सिनारियो अर्कै हुन सक्छ । फेरि बन्दका एम्बेस्डर झै कान्तिपुर, नागरिक, हिमालय टाइम्स, समाचारपत्र, राजधानी लगायतका पत्रिकाले विद्यार्थीहरुले बन्द घोषणा गरेको समाचार छापिदिए । टिभी र रेडियोले अघिल्लो दिनदेखि नै तर्साइरहे । यदि मिडियाले भोली के को बन्द हुनु, होइन भन्ने पाराका सन्देश दिएको भए वा बन्दका बारेमा मौन रहेको भए बन्दकर्तालाई सहज हुने थिएन ।

Prakash Sijapati said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

heard loudly in the video- 'mulyebridi maandaiinauu', mulyebridi gatauchauu'!!!!

BUT DID THEY MAKE IT HAPPEN?????!!!!!

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।