जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

त्यो माघ १९ !

त्यसबेला म अस्कलमा पढ्थेँ । लैनचौरमा बस्थेँ । खाना पकाउँदै रेडियो सुन्दै थिएँ । रेडियो बोल्यो, श्री ५ बाट १० बजे महत्त्वपूर्ण सम्बोधन बक्स हुँदैछ । कलेज दिउँसोको थियो । के सम्बोधन हुँदैछ भनेर रेडियोमा कान थापेर बसे । राजाले शासन सत्ता आफ्नो हातमा लिए भनेर थाहा पाएँ । लौ साथीहरुले पक्कै सुनेका छैनन्, आज गफ दिनलाई दामी बिषय पाइयो भन्ने भन्दा बढ्ता दिमागमा केही थिएन । भर्खर बि एस्सी पढ्न सुरु गरेको अल्लारे ठिटो त थिएँ म । मलाई गफ दिन पुग्ने गरी बिषयहरु जाने पुग्थ्यो । मलाई राजाले शासनसत्ता हातमा लिएर के नै फरक पर्थ्यो र ? तर सम्बोधन सुनिसकेर बाहिर निस्कने बित्तिकै फरक थाहा भयो । अघिल्लो दिनसम्म बिन्दास रहेको गल्ली डराए जस्तो देखियो । हेर्छु त गल्लीदेखि नै पोसाक र बन्दुकमा तैनाथ सेनाहरु लामबद्ध छन् । डराई डराई कलेज पुगेँ । कोठा छेउदेखिको सेनाको लाईन क्याम्पसको गेटसम्म पनि टुक्रिएको थिएन । गेटमा सेनाको सानो टुकुडी नै बसेको रहेछ । तिनले किताबका झोला खोतलखातल पारे । गोजी गोजी चेक गरे । जुत्ता खोलेर देखाईयो । हात दुबै माथि पारेर शरिरको जाँच गराईयो । त्यतिञ्जेलको झांगलझुंगलमा चेतना गायब । कतिबेला डेरा पुगेर ढोकाको चुकुल बन्द गरेर बसुँ भन्ने अरु केही सोचिएन । त्यो दिन पुरै क्याम्पस अस्तव्यस्त भयो । हामी सबै चुपचाप घर फर्कियौँ ।

भोलीपल्ट देखी त्यो रुटिनै भयो । त्यसै दिन देखि मज्जाले थाहा पाइयो, शासन व्यवश्थाले व्यक्तिलाई पनि निकै असर पार्दो रहेछ भन्ने ।



सबैलाई थाहा छ, त्यसपछि राजामान्ने दलहरु र माओवादी मिले । आन्दोलन भयो । राजा मान्ने दलहरु पनि राजा फ्याल्नेमा पुगे । निरकुंशताले घुँडा टेक्यो । नेपालबाट राजतन्त्र सदाको लागि बिदा भयो र गणतन्त्र आयो । तर त्यो माघ १९ सबैका दिमागमा रहेको छ । सायद सबैले त्यो डर, त्रास महसुस गरेका थियौ । सबैमा डर थियो र हामी एक जुट थियौँ ।

आज छिन्नभिन्न छौ । दल, गुट, जात भन्दै टुक्रिएका छौं । त्यो माघ १९ पछि निकै सकारात्मक परिवर्तनहरु भएका छन् । देशमा गृहयुद्ध अन्त्य भयो, संविधानसभाको निर्वाचन भयो, शासनसत्ता जनतामा आयो । भन्नलाई त धेरै परिवर्तन भएका छन् । तर यतिले पुग्दैन । जनतालाई यस्ता कुराले भन्दा पनि भान्सामा ग्यास नभएका कुराले असर पार्छ । स्वतन्त्र भएर काम गर्न नपाउँने कुराले असर पार्छ । त्यस्ता कुराको चाँडो भन्दा चाँडो सम्बोधन हुनु पर्ने हो ।


समग्रमा ऊबेला माघ १९ र अहिले माघ १९ को सेरोफेरोमा आकाश जमीनको फरक भएपनि जनताको निराशा, अभाव र छटपटी भने साम्य भएको छैन । मात्र त्यो निराशा र छटपटी अर्को स्वरुपमा बदलिएको छ ।

· सात वर्षअघि राजाको जगजगी थियो । माओवादी जंगलमा र अरु दल निरिह थिए । अहिले परिस्थितिले कोल्टे फेरेको छ । अहिले राजा नागार्जुनको जंगलमा छन् । अरु दल सत्ता, सदन र सडकमा बाँडिएका छन् ।

· सात वर्षअघि माघ १९ को सेरोफेरोमा राजतन्त्रवादी बाहेकका दलहरु एकठाउँमा उभिनखोज्दै थिए । सबैको लक्ष्य सत्ताभन्दा प्रजातन्त्र थियो । तर अहिले सबै चारतिर बाँडिएका छन्, संविधानभन्दा सत्ता सबैको लक्ष्य हुन थालेको छ ।

· सात वर्षअघि माघ १९ मा सञ्चारको अभाव थियो । टेलिफोन र मोबाइल काटिएका थिए । तर अहिले सञ्चार फस्टाएको छ, अरु सबै कुरामा अभावजस्तै देखिन्छ । ग्यास, बिजुली, पानी, पेट्रोल, डिजल सबैको अभाव छ । फोन, टेलिफोन, ईन्टरनेट जस्तै अरु आमसञ्चारका माध्यम भने फालाफाल छन् ।

· ऊबेलाको माघ १९ मा एकजना मात्रै राजा थिए । तर अहिले दलैपिच्छेका हरेक शीर्ष नेता आफूलाई ‘राजा’ जस्तो ठान्छन् । पहिलेका एउटै राजाले भन्दा अहिलेका धेरै राजाले हैरान बनाए भनेर गुनासो गर्नेहरुको पंक्ति लामो हुन थालेको छ । (स्रोत)
तपाईले राजाले कु गरेको कसरी थाहा पाउँनु भयो ? त्यसपछिका तपाईका अनुभव कस्ता रहे ? कमेन्टमा लेख्नुहोस् है ।

4 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हामीले पनि रेडियो सुनेर नै हो थाहा पाएको । सुरुमा त ठिक्क पारे नेताहरुलाई भनेर खुसी पनि लाग्यो । तर त्यो लामो समय टिकेन । ज्ञानेन्द्रले कु गरेर गुन लगायो नत्र नेपालमा गणतन्त्र कसरी अाउँथ्यो ।

prabin gahatraj said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

I heard in radio. I was speechless.

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

wanna share something abt this

Rishi Ram Pathak said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Desh ma paribartan ta hunu jaruru nai chha gyanendra le Aafno Dazu ko purai family lai marera raaz garchhu bhaneko socheko thiyo tra Gyanendra lai Raja Birendra ko family ko ragat le sarap diyo. Sahid Haru ko ragat le sarapiyo ani Magh 19 pachi desh aazaad bhayo hamro desh ma maobadi jasto mahan party le JEET hasil garyo ra desh lai gadatantra ma liyera aayo natra bhane aru party ka neta haru le ta sadhai raja ko gulami garne paripati le desh auta andhakaar tira dhakili raheko thiyo dhaya prabhu! desh ma kamred!Prachanda ra Baburam Jasta neta le Garda desh Freedom bhayo ajhai pani sabai dal haru lai ma ke aaghara garchhu bhane milera Sundar NEPAL banaunu parchha kina ki yesai ma NEPALI janta khusi chhan haina bhane pheri arko kranti huna pani ber lagdaina

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।