जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

चेलीहरुको शान !

अपडेट : आज भुटानसँग भएको खेलमा नेपालले ३ विकेटको जित हाशिल गरेको छ । योसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल नेपालले थाइल्याण्डसँग खेल्नेछ । 
तस्विर सौजन्य : अनलाइनखबर डट कम
कुवेतमा भइरहेको एसीसी अन्डर १९ महिला क्रिकेटमा हाम्रा चेलीहरु सेमीफाइनलमा पुगेका छन् । विकाश र उन्नतीमा नजिते पनि यो संस्करणको पहिलो खेलमै नेपाली चेलीले महाशक्ति चीनलाई आफ्नो सामू निरिह बनाउँदै हराए । सन् २००८ देखि सुरु भएको यो एसीसी संस्करणमा नेपालले कुनै पनि खेल नहारी दुई पटक उपाधी कब्जा गरी सकेको छ । यसअघि कप्तान नेरी थापाले नेपाललाई लगातार दुई पटक उपाधि जिताएकी थिइन् । यसपटक भने नेपाल रुविना क्षेत्रीको कप्तानीमा खेलिरहेको हो । रुविनाको कप्तानीमा नेपालले समुह चरणका सबै खेलहरु जित्दै समुह विजेता भएर सेमीफाइनलमा प्रवेश गरेको हो । सेमीफाइनल पुग्दासम्म नेपालका चेलीहरुले कस्तो खेल देखाए त एक पटक हेरौं



पहिलो खेल चीनका विरुद्ध : कुवेतको युनिटी मैदानमा टस हारेर पहिले व्याटिङ थालेको चीनले २३ दशमलव १ ओभरमा अलआउट हुँदै ६१ रन बनायो । चीनले प्रस्तुत गरेको सो झिनो लक्ष्यलाई नेपालले १५ दशमलव २ ओभरमा ३ विकेटको क्षतीमा भेट्टायो ।

दोस्रो खेल मलेसिया विरुद्ध : मलेसियासँग शनिबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २५ ओभरमा ५ विकेट गुमाउँदै १ सय ३६ रन बनायो । तर नेपाली चेलीहरुको हातबाट मलेसिया १६ दशमलव २ ओभरमा अलआउट हुन पुग्यो । नेपालले खेल ९७ रनले जित्यो ।

तेस्रो खेल युएई विरुद्ध : आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपालद्धारा युएई ६८ रनले पराजित भयो । नेपालले प्रस्तुत गरेको १ सय ५९ रनको लक्ष्य पछ्याएको युएई ९ विकेटको क्षतिमा ९० रन जोड्दा अल आउट भयो । नेपालले निर्धारित २५ ओभरमा ८ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो ।

चौथो खेल थाइल्याण्डका विरुद्ध : थाइल्याण्डसँग भएको खेलमा सुरुवाती तीन ओभरमा नेपालले महत्वपुर्ण तीन विकेट गुमायो । तर लगत्तै सम्हाली पछि समग्र खेलमा नेपालद्धारा थाइल्याण्ड चार विकेटले पराजित गरेको भयो । थाइल्याण्डले दिएको ८७ रनको लक्ष्य नेपालले २२ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । पहिले व्याटिङ गरेको थाइल्याण्डले निर्धारित २५ ओभरमा ४ विकेटको क्षतिमा ८६ रन बनाएको थियो ।

यो सँगै नेपालले चार खेलबाट आठ अंक बटुल्दै समूह विजेता बनेर सेमीफाइनल प्रवेश गर्‍यो ।


1 comments:

विपिन बराल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हाम्रा चेलीहरु निकै राम्रो खेल्दा रहेछन् । जितेर आउँनु है ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।