जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

पासवर्डका गुजुल्टाहरु

-हरिहर शर्मा-
विज्ञानप्रविधिको चमत्कारिक आविष्कारले संसार सानो गाउँको रुपमा परिणत हुँदैछ । सहजतातिर उन्मुख मानवीय प्रवृत्तिले जीवन र दिनचर्याहरु मेशिनीकृत हुँदैछन् । प्रविधिका विविध उपलब्धि र उपहारलाई सगौरव ग्रहण गरिँदै छ । प्रविधिका स्वरुपहरु आईटी (इन्फरमेसन टेक्नोलोजी) र आईसिटी (इन्फरमेसन एण्ड कम्युनिकेसन टेक्नालोजी) हुँदै आईस (इन्फरमेसन–कम्युनिकेसन–इन्टरटेन्मेण्ट) सम्म आइपुगेको अवस्थामा सुरक्षाकवचको रुपमा आएको पासओर्ड प्रणाली हाम्रा लागि प्रविधिको निर्विकल्प अवयव भइसकेको छ ।

मेरा तीनवटा ईमेल अकाउण्ट छन्, दुईवटा याहु मेलका र एउटा जिमेलको । याहु मेलका दुईमध्ये एउटा एकदमै व्यक्तिगत छ भने अर्को सबैका लागि । जिमेल अकाउण्टलाई विशेषावस्थामा मात्र प्रयोग गर्ने भएकाले मैले सार्वजनिक गरेको छैन । यी सबैका पासवर्ड फरक–फरक छन् । व्यक्तिगत ईमेल अकाउण्टका लागि मैले तीनवटा पासवर्ड कण्ठ गर्नुपरेको छ । मैले घरमा प्रयोग गर्ने एउटा र अफिसमा प्रयोग गर्ने दुईवटा गरी जम्मा तीनवटा कम्प्युटरको पासवर्ड सम्झन जरुरी हुन्छ । धन्न घरमा सबैले प्रयोग गर्ने गरेको ल्यापटपमा पासवर्ड राखिएको छैन । अफिसको ईमेल अकाउण्टको पासवर्ड पनि मैले सम्झनुपर्छ ।


(ब्यालेन्स नाममात्रको भए तापनि) मसँग एटिएम सुविधासहितका तीनवटा बैँकमा खाता छन्, एउटा सरकारी र दुईटा प्राइभेट । एटिएम प्रयोग गर्न थालेपछि चेकको त कामै तमाम । कहिलेकाही सानोतिनो रकम झिक्न भएपनि तीनवटै बैँकका एटिएम कार्डका पासवर्ड थाहा पाउनै पर्‍यो । आफ्नै एटिएम कार्डका पासवर्ड कण्ठ गर्न नसक्ने लाछी पनि हुनुभएन ! पासओर्डको जालो यतिमा मात्र सीमित छैन । मोबाइलमा कलर रिङ ब्याक टोन (सिआरबिटी) राख्ने गरेको छु । त्यसको पनि छुट्टै पासवर्ड छ । नेपाल टेलिकमले दिएको वेभ एसएसएमको पनि सेवाग्राही हुँ म । त्यसका लागि समेत अर्को एक पासवर्ड छ, सम्झिनैपर्ने ।

कहिलेकाही विदेशमा रहेका साथीहरुसँग सम्पर्क गर्नुपर्छ । विभिन्न मुलुकका विभिन्न कम्पनीका मोबाइल ग्राहकसँग सम्पर्क गर्न सकिने साइट सेण्डएसएमएसनाउ डट कम मा गएर केही साथीहरुसँग एसएमएस गर्ने गर्छु । त्यसका लागि पनि एउटा अकाउण्ट खोल्नुपर्छ । र जहाँ नयाँ अकाउण्ट, त्यहाँ नयाँ पासवर्ड । त्यसका साथै बेलाबेलामा साइबर जालोमा अल्झिँदै जाँदा र विभिन्न डाउनलोडहरु गर्दा आवश्यक पर्ने युजर नेमसहितका पासवर्डहरुको लेखाजोखा त बेग्लै नै छ । यसरी हेर्दा, प्रविधिको प्रयोग गर्ने मजस्तो एक आम ‘ग्राहक’ले आजको समयमा लगभग दर्जन पासवर्डहरु सम्झनुपरेको छ ।

पासवर्ड सुरक्षाको नयाँ, सहज र आकर्षक साँचो हो । कहिलेकाही भने यसले दुःख दिने गरेको छ । एउटै व्यक्तिसँग धेरैथरी पासवर्ड हुने भएकाले सम्झिन जटिलता छ । पासओर्ड कतैबाट लिक भएमा त्यो सूचना र सेभिङका लागि खतरा हुनसक्छ । भुलिने समस्याबाट बच्न पासओर्डका रुपमा सम्झनायोग्य अङ्क र अक्षर प्रयोग गर्नु बुद्धिमानी हुन्छ । फेरि त्यसरी प्रयोग गरिएका पासवर्ड अरुले अनुमान गर्न नसक्ने खालका हुन पनि जरुरी छ । त्यसका लागि आफैले सम्झनायोग्य मौलिक पासवर्ड विकसित गर्नु राम्रो हुन्छ ।

कोही अति निकटको व्यक्ति छ भने त आफ्नो पासवर्ड उसलाई भनिराख्न सकिन्छ, ताकि आफूले विर्सिएका बेला सोध्न सकियोस् । तर पासवर्ड पनि भन्न मिल्ने विश्वासिलो व्यक्तिको पहिचान गर्ने काम भने सजिलो छैन । यदि कसैमाथि भर छैन भने आफ्ना पासओर्डहरुलाई व्यक्तिगत गोप्य डायरीमा लेखिराख्ने बानी गर्नुपर्छ । त्यसरी डायरीमा लेख्दा पनि अरुले हेरिहालेको अवस्थामा समेत नबुझ्ने हिसाबले, क्रम उल्टोपाल्टो पारेर लेख्नुपर्छ । सुरक्षाका कारण बेलाबेला पासवर्ड परिवर्तन पनि गर्न सकिन्छ । तर यसो गर्दा आफ्नो स्मरणशक्तिको क्षमता पनि बुझ्न आवश्यक छ । नत्र आफ्नै पासवर्डको जालोमा आफै पर्न बेर लाग्दैन !
yuba21harihar@yahoo.com
www.facebook.com/yuba21harihar


1 comments:

Mohan Aryal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

लेखले के भन्न खोजेको हो बुझिएन ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।