किन हुन्छ नेपालमा यति विघ्न भष्ट्राचार ? हाम्रो चासोको बिषय । सहि पनि हो । नेताहरुले देश बिगारे, हाम्रो गालीको बिषय । सँधै गुनासो गरिरहेका हुन्छौं अरुसँग । देशमा नियम कानुन भएन । गरिखान पाइएन । रोजगारी छैन । बिजुली छैन । पानी छैन । विकाश छैन । यसरी अल्झियो राजनीति केही निकाश छैन । हामी सँधै यस्तै बिषयमा चिया गफ गरिरहेका हुन्छौं । यस्तो किन हुन्छ त ? सबैसँग आफ्ना आफ्नै कारणहरु छन् । हामी भष्ट्राचार भन्नाले खाली पैसा खानु र अकुत सम्पति थुपार्नु भनेर मात्रै बुझ्छौं । त्यो बाहेकका भष्ट्राचार त हामी कतिलाई थाहै छैन । यदि अरु भष्ट्राचारलाई पनि त्यसरी नै खोज गर्ने हो भने त भष्ट्राचारीको सूचि निकै लामो हुन्छ । हामीलाई थाहा भएकै कुरा हो । यो सूचिमा को को पर्लान् ? नेता, व्यापारी, कर्मचारी यस्तै । अनि, हामी आफै चै ? हो, तपाई र म जस्ता सर्वसाधारण नेपाली नागरिक चै ? विभिन्न बहानामा नियम तोड्नु पनि त भष्ट्राचार नै त हो । यसो हुँदा के हामी चैं भ्रष्ट छैनौं र ? भ्रष्ट भए भनेर अरुलाई गाली गरेर हिड्ने हामी चै कम छौं र ? मैले यो कुरा केहि तस्विरको माध्यमबाट भन्न खोजेको छु हेर्न भित्र आउँनुहोस्
जानकारीका लागि !!
जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
Showing posts with label अलगधार. Show all posts

आखिर, कलाकार त कलाकार नै होइन र !
Posted by
-दिपध्वनी-
on Thursday, March 1, 2012
कलाकारलाई के ले जोखिन्छ ? या भनौं कलाकारहरुलाई आपसमा तुलना गर्दा के को आधारमा तुलना गरिन्छ ? बडो आदर्शवादी भएर भन्ने हो भने पक्कै पनि कलाको आधारमा । हैन त ? तर, व्यवहारमा कुरा अर्कै छ । सत्य त यो हो कि कलाकारलाई तुलना गर्ने भनेको उनीहरुले प्राप्त गरेको नगद, उनीहरुको जीवनशैली र मुख्यत: आम्दानी नै हो । हो त, कुरा सामान्य लाग्छ । तर जब अनुभव गरिन्छ मनमा केही नमिठो अनुभव भने पक्कै हुँदो रहेछ । हिजो मैले आफैले त्यही अनुभव गरेँ ।
सुन्दरताको पोष्टमार्टम
Posted by
हरिहर शर्मा
on Thursday, January 19, 2012
-हरिहर शर्मा-
‘बाहिरी सुन्दरता पनि के सुन्दरता, भित्री सुन्दरता पो सुन्दरता’, यसप्रकार जतिसुकै आदर्श छाँटेपनि बाहिरी सुन्दरतामा जो कोही मोहित हुने गर्छ । भित्री मन बुझ्ने काम दोस्रो प्राथमिकतामा पर्छ । यो बाध्यता पनि हो । किनकि भित्री मन बुझ्नु बाहिरी सुन्दरता हेर्नुजति सहज र सुलभ छैन । नजरमा आउने हरेकको क्षणभरमै आन्तरिक मोहक जाँच्ने काम गर्न गाह्रो छ । त्यसैले होला, आँखाले जे देख्यो बाहिरी पुष्टता, मनले त्यसै अनुसार परीक्षण गर्छ र दोस्रो पक्षमा आकर्षणको न्यूनतम खुराक विद्यमान रहे नरहेको मूल्याङ्कन गर्छ ।
सुन्दरताप्रतिको यस्तै मानवीय सोचाइ बुझेर होला, आफूलाई सजाएर राख्न कसैले कुनै कसर बाँकी राख्दैनन् । यस्तो बुझाइ जन्मिएपछि बच्चाले सास फेर्न जानेजत्तिकै स्वचालित छ । यो कुरा वेग्लै हो, सजिने होडमा कहिले कोही अगाडि रहन्छन् भने कहिले कोही पछाडि । यो एउटा पाटो भयो भने अर्कोतिर, सुन्दरता दृष्टिकोणमा निर्भर रहने सापेक्ष विषय हो । एकले गरेको लचकताको विश्लेषण अर्काका लागि अरुचिकर भद्दा बयान हुनसक्छ । कोही त्यही एउटैमा समाहित हुन चाहलान्, जहाँ बाँकी कसैको ध्यानसम्म गएको हुँदैन ।

किन दिने विद्यार्थीलाई रासन कार्ड !
Posted by
-दिपध्वनी-
on Tuesday, January 17, 2012
-विमल पोखरेल-
विद्यार्थीलाई रासन कार्ड दिने कुरा बेला बेला चल्छ । कुनै सरकारलाई लोकप्रिय हुन मन लाग्यो भने रासन कार्डको कुरा ल्याउँछ । अहिले पनि यसले थोरै धेरै चर्चा पाउँन थालेको छ । सरसर्ती हेर्दा कुरा ठिकै पनि हो । एउटा विद्यार्थीले रासन कार्ड पायो भने सहुलियत दरमा उसले दैनिक उपभोग्य वस्तुहरु किन्न पाउँछ ।
तर, रासन कार्ड निरपेक्ष बिषय भने होइन । विद्यार्थीलाई मात्रै रासन कार्ड दिइनु पर्छ भन्ने बिषय उठाईयो भने गरिबको पेटमा लात्ती पर्छ । एउटा मेरै उदाहरण दिन सकिन्छ ।

उमेर पुगेपछि सबैलाई विहे गर्न हतार हुँदोरहेछ !
Posted by
हरिहर शर्मा
on Thursday, January 12, 2012
-हरिहर शर्मा-
'अहिले गर्दिन’ भनेर जति नखरा पारेपनि उमेर पुगेका केटाकेटीहरु भित्रभित्र विहेको तयारी गरिरहेका हुन्छन् । यस्तो तयारी कतिसम्म व्यापक हुन्छ ? ठ्याक्कै भन्न नसकिएपनि, जीवनसाथीमा हुनुपर्ने न्यूनतम योग्यता निर्धारण गर्नेसम्मको तयारी हरेकले गरेका हुन्छन् । केटा कुरा बुझ्ने, ह्याण्डसम र गाँठवाला होस्, केटीहरुको चाहना यस्तै हुँदो हो (अनुमान) । केटाहरुको रोजाइ हुन्छ–केटी राम्री, सुशील र कमाउने भइदेओस् (ग्यारेण्टी !)
विवाहित–अविवाहित, युवा–प्रौढ, पुरुष–महिला, बाटो हिड्दा विपरित लिङ्गीमाथि नजर छर्ने बानी सबैसँग हुन्छ । विहेको तयारीमा रहेका केटाकेटीहरुमा झन् विपरित लिङ्गीमाथि नजर छर्नुपर्ने बाध्यता हुन्छ । भित्री अङ्गले सहन सकून नसकून, कस्सिएका लुगा लगाउने चलन बढेको छ । हेर्ने आँखा लोभी बनून् वा पापी, छोटा लुगाको विगविगी त्यस्तै ! अचेल त के भएको, अधिकांश केटी ‘ढाइ फिटे’ ! उचाइजस्तै कपाल पनि छोटा । के गर्नु, छोटो जिउमा लामा कपाल राख्नु पनि भएन, हाइट मेण्टेन गर्नैपर्यो ! लामा कपालमा दुपट्टा उडाउँदै आउने अग्ली युवती दूर्लभ छन् अचेल ।

दिमाग 'साईड'मा राखेर पढौं श्रीस्वस्थानीको कथा
Posted by
-दिपध्वनी-
on Monday, January 9, 2012
-बिष्णु गौतम-
परापूर्व कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले महावदेव पति पाउँ भनि ब्रत बसेर महादेव नै पति पाएकाले सोही सिको गर्दै त्यसरी नै हिन्दु महिलाहरु श्रीस्वस्थानीको व्रत बस्ने गर्छन् । आज देखि एक महिने श्रीस्वस्थानी सुरु भएको छ । हिन्दुहरुका हजारौं चाडपर्वहरुमा यो सबैभन्दा लामो पर्व मानिन्छ । यसमा महिलाहरु बिहानै नुवाईधुवाई गरेर एक छाक मात्र खाई बिहान बेलुका दुई पटक श्रीस्वस्थानीको कथा सुन्ने र सुनाउँने गर्छन् । यो क्रम पौष शुक्ल पूर्णीमा देखि माघ शुक्ल पूर्णीमासम्म चल्ने गर्छ ।
यो त भयो हामी सबैले बुझी आएको श्रीस्वस्थानी पर्वको परिचय र व्रतका बारेमा जानकारी । म सानै रहदा देखि नै मेरो घरमा हजुरआमा, आमा, भाउजु अनि दिदीहरु यसरी नै श्रीस्वस्थानीको व्रत बस्थे । दिनमा दुई पटक कथा पढ्थे । प्रसाद र मिठो पञ्चामृतको लोभमा म पनि सँधै सँगै । मेरो उमेर बढ्दै गयो । सबैजना उसैगरि व्रत बस्न थाले । उही किताब, उही कथा घरिघरि लाजमान्दै, घरिघरि हासो छोड्दै अनि घरिघरि निराश हुँदै बर्षैपिच्छे पढिन थाल्यो ।
आज पनि आमा, भाउजु र दिदीहरु उस्तै रोमाञ्चमा कथाहरु पढ्न थाले । तर सदा झै मेरो मनमा श्रीस्वस्थानीका कथाले प्रश्नहरु उब्जाउँछन् । समाजशास्त्रमा स्नातकोत्तर सकेकी मेरी दिदी र अर्थशास्त्रमा स्नातकसम्म पढेकी मेरी भाउजुले रोमाञ्चक भई कथा पढेको देखेर छक्क लाग्छ । यीनीहरुले कथा पढ्दा किन केही सोच्दैनन् ? दिदीलाई सोधे दिदीले भन्नुभयो, दिमाग साईडमा राखेर पढ्ने हो श्रीस्वस्थानी, मज्जा हुन्छ । हो पनि यस्ता हावादारी प्रसंगहरु छन् कि कथामा दिमाग प्रयोग गर्न थाल्यो भने बहुलाउँन बेर छैन । मलाई त लाग्छ, यस्तै हावादारी कथाहरुमा प्रश्न नउभ्याउँने र देउता हुन् सकिहाल्छन् नि भन्ने सोचेर नै हामीले विज्ञानमा हुने प्रगतिलाई रोक्यौं । अब तपाई नै भन्नुस् न, यस्ता हावा कथा बर्षैपिच्छे पढेर बस्नेले केही विज्ञानमा उन्नती गर्लान् भनेर सोच्ने ठाउँ नै कहाँ रहन्छ र ? श्रीस्वस्थानी कथाका हावादारी प्रसंगका केही उदाहरणहरु हेरौं न ।

ठुला सपिङ सेन्टर भर्सेस् 'सडक मल'
Posted by
-दिपध्वनी-
on Monday, December 26, 2011
काठमाण्डौंमा मल, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर दिनहुँ जसो खुलिरहेका छन् भने पनि हुन्छ । चोक चोक अनि गल्ली गल्लीमा खोलिएका यस्ता ठुला मलहरुले देखाउँछ काठमाण्डौंको जीवनस्तर तथा यहाँका मानिसहरुको खर्च गर्न सक्ने क्षमता । जति तर्क गरे पनि कामदारलाई दिइने पारिश्रमिक, मलहरुको अन्य व्यवश्थापन, घरभाडा अनि केही फाइदा जोड्दा यस्ता मलहरुमा पाइने सोही सामान सामान्य पसलमा पाइने भन्दा पक्कै महगां हुन्छन् नै । तर पनि सपिङ सेन्टर नै गएर किन्ने बानी परेका शहरियाहरुसँग तर्कको कमि भने नहोला ।
तर काठमाण्डौंको वास्तविकता यही मात्र होइन । जति ठुला र आधुनिक सपिङ सेन्टर बने पनि केही यस्ता ग्राहकहरु छन् जो त्यस्ता सेन्टर चहार्दैनन् । काठमाण्डौंका धेरैको दैनिक जीवनदेखि फेसनका हरेक सामानहरु पुरा गराईदिने केही भिन्नै सपिङ सेन्टरहरु छन् । ति जताततै छन् । तिनीहरु सँधै जसो खुल्ला नै हुन्छन् । अनि, कहलिएका सपिङ सेन्टरहरुले जस्तो करोडौंको कर छलेका पनि छैनन् । (यीनीहरुले छल्ने भनेको महानगर प्रहरीलाई मात्र हो ।) अति निम्न वर्गदेखि काठमाण्डौंका निम्न मध्यमवर्गलाई समेटेर खोलिएका ति सपिङ सेन्टरहरु हुन् काठमाण्डौका सडकहरु जोड्दै खुलेका 'सडक मल'हरु । आज तिनै 'सडक मल'का केही तस्विर लिएको छु । महानगरपालिकाले दिने दुखलाई र काठमाण्डौंका सडकमा यीनै मलका कारण जाम बढेको भन्नेहरुलाई 'सडक मल' का साहुहरु के भन्छन् ? हेर्न भित्र आउँनुहोस्

बादशाहको नयाँ लुगा र 'कीरा परोस्' टिसर्टबिच भेद खुट्याउँन हम्मे नपरोस्
Posted by
पानीफोटो
on Friday, October 14, 2011
-प्रकाश बगाले-
भ्रष्टाचारविरोधी अभियान 'भ्रष्टाचारीलाई कीरा परोस्' को व्यापक आलोचना भएको छ तथापि यो एउटा नयाँ चरणमा पुगेको छ । यस चरणमा हुने खानेले किनमेल गर्ने काठमाण्डौको मलको एक पसलमा 'भ्रष्टाचारीलाई कीरा परोस्' लेखिएको टिसर्ट ३ सय ५० देखि ५ सय ५० सम्ममा (कृपया बार्गेनिङ नगर्नुहोला ।) किन्न पाईन्छ । अहिलेसम्म सेतो रङमा उपलब्ध टिसर्टहरु टिसर्टप्रेमीहरुको रोजाईअनुसारको रङमा पनि उपलब्ध हुन्छ रे । यस अभियानका अभियन्ता चाहान्छन् होला, दैनिक मजदुरी गर्नेले पनि ऋण खोजेर पनि उक्त टिसर्ट किनिदिउन् र यिनकै परिभाषामा अभियान सफल पारिदिउन् ।
सम्भवतः अबका केही हप्तापछि रत्नपार्कका सडकपेटीमा यो ट्रेडमार्क पोतिएका टिसर्ट सहजरुपमा उपलब्ध हुन्छन् । आखिर जति धेरैले टिसर्ट पहिरिन्छन्, अभियान त्यती सफल हुने न हो । अभियान सञ्चालनका लागि लाग्ने खर्चको जोहो त गर्नै पर्नै पर्यो नि ।

प्रधानमन्त्रीको इमेल
Posted by
पानीफोटो
on Friday, September 16, 2011
प्रधानमन्त्री नहुँदै पनि फेसबुकबाट जनतासँग अन्तर्क्रिया गर्न रुचाउने बाबुराम भट्टराईले अहिले इमेलमार्फत जनआवाज थाहा पाउने पहल गरेको जानकारी उनका सहयोगीलाई उद्धृत गरेर मिडियामा आएको छ। पत्रपत्रिकाका अनुसार प्रधानमन्त्रीले जनताका इमेल पढ्न पनि थालिसकेका छन्। देशका प्रधानमन्त्रीले जनताका पीरमर्का इमेलमार्फत सोझै जान्न चाहनु सराहनीय हो। अझ, नेपालको सन्दर्भमा त माओवादीकै शब्दमा शासक र जनताबीचको दूरीमा ठूलै क्रमभंग हो।
तर सरकार प्रमुखजस्तो प्रभावशाली व्यक्तिले हचुवाका भरमा इन्टरनेटमा उपलब्ध कुनै निःशुल्क इमेल खोलेर मैले जनताको कुरा सुन्न थालेँ है भन्नु चाहिँ अपरिपक्व काम हो। प्रधानमन्त्री भट्टराईले इमेलमार्फत् जनतामाझ जानुपूर्व यसको प्रभावकारिता र प्राविधिक पक्षबारे थोरै अध्ययन गरेको भए बेस हुने थियो।

विदेशी भन्छन्, 'नेपाल बुझ्नु चानचुने कुरा होइन'
Posted by
पानीफोटो
on Friday, September 9, 2011
-ब्रुस्ले थ्रिस्तँ-
भारतमा काम गर्न जानु गरिबीको बाध्यता मात्रै चाहिँ होइन, संस्कार पनि हो । त्यहि संस्कारले गर्दा कतिपय किशोरहरू बाबुआमाको खल्तिबाट पैसा चोरेर राती नै घरबाट भाग्छन् । उनीहरूमा एक पटक भारत हेर्नैपर्छ भन्ने छाप सानैदेखि परेको पाइन्छ । भारत कहाँ छ भन्ने थाहा नहुनेले पनि एक दिन मलाई ‘बैँगलोर जाने हो’ भनेर सुनाउँदै थिए ।
नयाँ पुस्ता भारत जाने अर्को कारण ठूला पाकाको गलत प्रचार पनि हो । भारतबाट फर्किनेले त्यहाँ पाएको दुखको वर्णन गर्दैनन् । तलव नपाएको, भारतियले ठगेको, कुटेको, धारो पानी नभएको अँध्यारो कोठामा १०, १२ जना कोच्चिएर बसेका कुरा भन्दैनन् । बरु भारतमा आफुले मस्ति गरें भन्दै बढाइचढाइ गरेर सुनाउँछन । भारतीय चुरोट तान्दै मोजमस्ति गरेका कुरा सुनेपछि किशोरहरूलाई कहिले भारत पुगौं जस्तो हुन्छ ।

हनुमानढोका लज - कँही छ यस्तो सुबिधा !
Posted by
पानीफोटो
on Wednesday, September 7, 2011
-नरेन्द्र सुवेदी-
लज शब्दलाई थोरैमात्र परिभाषित गर्दा, पैसा तिरी बस्न र खान पाउँने ठाउँ भन्ने बुझिन्छ । मैले सम्बोधन गरेको हनुमान ढोका लज भने अलि फरक छ । मेरो बुझाईको लज र यो हनुमान ढोका लज बीचमा कुनै पनि तालमेल छैन, सिवाय खान र बस्न पाउँनु । यो लज काठमाण्डौ बसन्तपुरको कालभैरवको अग्लो मूर्तिको ठिक पश्चिमपट्टी छ । कहिलेकाँही बाटो पर्दा एक पटक आफ्नो नजर यसतर्फ पनि लगाई दिनु होला ।
पुरानो राणाकालिन सेतो रंगको घरलाई हनुमान लज बनाइएको छ । लज धनीमानीको झै देखिन्छ । ढोकामा चौकिदारहरु प्रशस्त छन् । अर्थात यो हनुमानढोका प्रहरी कार्यालय हो ।

होमस्टेका लागि हामी कति तयार छौ
Posted by
पानीफोटो
on Thursday, August 18, 2011
![]() |
| नेपालमा होमस्टे सञ्चालन गर्नेले प्रयोग गर्नु पर्ने लोगो |
यसो रामरमाइलो नि !
Posted by
दिपध्वनी
on Monday, August 1, 2011
गाउँघर तिर जाडोको समयमा खुल्ला आँगनमा गुन्द्री ओछ्याएर तास फिटिरहेका हुन्छन् । कसैले के हो यस्तो आँगन मै, भनेर सोध्यो भने जवाफ आउँछ, यसो रामरमाइलो नि ।
दाजुसँग रिसाएर भाउजु माइत गईन् । दाईले भोलीपल्टै फकाएर ल्याए । बाटामा एकाएकलाई हेर्दै मुस्कुराउँदै घर फर्केको देखेर काकाले भने यीनीहरुको झगडालाई के झगडा भन्नु, यसो रामरमाइलो गरेका होलान् ।
यस्तै धेरै सन्दर्भमा प्रयोग हुन्छ, रामरमाइलो शब्द । अर्थ नै खोज्ने हो भने अंग्रेजीमा भनिने टाइमपास शब्दसँग रामरमाइलोको निकटसम्बन्ध मान्न सकिएला । अहिले हाम्रो सरकारमा मात्र होइन, प्राय जसो सबै क्षेत्रमा रामरमाइलो देखिन्छ । केही प्रतिनिधी घटना र पात्र यहाँ उल्लेख गरेको छु
पैसा मात्र हुनु पर्छ, जेल भित्र के हुन्न ?
Posted by
पानीफोटो
on Sunday, July 17, 2011
जब मानिसले सभ्य समाजको परिकल्पना ग¥यो, त्यही समय देखि नै कारागारको पनि परिकल्पना भयो । कारागार दोषीहरुले सजाय भुक्तान गर्ने स्थान हो । यसलाई धर्तीको नरकका रुपमा पनि बुझ्ने गरिन्छ । यसैले कारागार वा जेलको बसाई भन्ने बित्तिकै सामान्य मानिसमा दर्दनाक अनुभुती हुन्छ । कहिलै कारागार नदेखेकाहरुको मनमा कारागारको बसाई कौतुहलता र डर मिश्रीत भावना आउँछ । आधुनकि समाजमा कारागारलाई धर्तीको नरक बनाउँने भन्दा पनि यसलाई सुधार गृहका रुपमा परिवर्तन गर्ने कार्यहरु हुदै नभएका होइनन् । तर बाहिरियाहरुले जे भने पनि कस्तो हुन्छ त जेल जीवन ? यही प्रश्नको जवाफमा यहाँ काठमाण्डौको एक जेलमा दुईबर्ष कैदी जीवन बिताएर आएका पूर्वकैदीको अनुभव समेटिएको छ ।
नेपालमा यत्तिका छन्, लोकतन्त्र र विकासका नमुना
Posted by
-दिपध्वनी-
on Friday, July 15, 2011
-अर्पण खरेल, झापा-
भारतका लोकप्रिय नेता जवाहरलाल नेहरुलाई एक सज्जनले आक्रोशित शैलीमा सोधे, तिम्रो लोकतन्त्रले के दियो ? उत्तरमा उनले भनेका थिए, एउटा देशको शीर्ष नेतालाई यसरी प्रश्न गर्ने अधिकार तपाईलाई कसले दियो ? त्यस घटनाको स्मरण गर्दा देशमा लोकतन्त्रको आभास हुन सकेन भनेर हामीले मुर्मुरिनु व्यर्थ छ ।
धर्म निरपेक्ष भएपनि अधिकांश जनता हिन्दु रहेको यस देशमा गीताको सही अनुसरण गरिरहेका देशका अगुवालाई आचारहिन, कर्तव्यविमुख भन्दै गाली गर्न हामी अभ्यस्त भइसक्यौं । यसै ग्रन्थलाई एकपल्ट पल्टाएर नियालने हो भने खोट हामी जनतामा पनि देखिन्छ ।

किन कम पास हुन्छन् एसएलसीमा छात्राहरु ? #Girls education
Posted by
पानीफोटो
on Thursday, July 7, 2011
-रजनी कालिका -
भर्खरै प्रकाशित एसएलसीको नतिजामा पास हुने छात्राको संख्या घटेको छ । उसै त पढेलेखेका छात्राको संख्या कम छ भने यसरी छात्राको प्रतिशत घट्नु राम्रो कुरा होइन । अघिल्लो बर्ष ६०.५९ प्रतिशत छात्राहरु उत्तीर्णभएकामा यो पटक ५१.४४ प्रतिशतमा ओर्लनुले उनीहरुको स्थिती दर्शाएको छ । यस स्थितीमा सुधार गरिएन भने छात्राको संख्या अझै घट्नेमा शंका छैन । एकातिर छोरालाई निजी विद्यालयमा पठाएर छोरीलाई चै गुणस्तर कम भएको सरकारी विद्यालयमा पढाउँने चलन कायमै छ । अर्कोतिर छोरीले घरको काम भ्याइवरी विद्यालय जानुपर्ने वाध्यताले पनि उनीहरुको पढाईमा अवरोध श्रृजना हुँदै आएको छ । यस्तो अवश्थामा छोरीलाई पठनपाठनमा विशेष ध्यान दिनु पर्नेमा उल्टै पास प्रतिशत ओरालो लाग्दै जानुले सबैलाई चिन्तित तुल्याउँनु पर्ने हो ।
दही छैन, चिउरा भए, दहीचिउरा खान हुन्थ्यो
Posted by
दिपध्वनी
on Wednesday, July 6, 2011
यो शिर्षक राखेको वाक्य मलाई खुब मन पर्छ । मेरो साथी कर्मठ प्रायः यो वाक्यको प्रयोग गरिरहन्छ । मैले सुनेको पनि उहीबाट हो । मानविय सपना, महत्वकांक्षा र परिस्थितीको उत्कृष्ट नमुना झै लाग्छ मलाई यो वाक्य । वाक्य भन्छ, दही छैन अनि सपना छ दहीचिउरा खाने । तर बिडम्बना, चिउरा पनि छैन । यसैले यो वाक्यले शिरक अनुसार खुट्टा फैलाउँनु भन्ने आदर्श भन्दा फरक तर मानविय व्यवहारको चित्रण गर्छ । अहिले त यो वाक्य जस्तै छ, हाम्रो दैनिक जीवन । व्यक्तिगत आचरणमा मात्र होइन, दैनिक जीवनका हरेक पाटाहरु जस्तैः राजनीतिक, आर्थिक तथा प्राबिधिक मा यही भावका क्रियाकलापहरु देखिन्छन् । यसका केही नमुनाहरु यस्ता छन्
दलहरुको राजनीतिक स्खलन
Posted by
-दिपध्वनी-
on Tuesday, July 5, 2011
अब दिनहुँ सर्वसाधारण कुटिनु, लुटिनु र मारिनु देशमा नयाँ कुरा रहेन । फरक यति मात्र हो, पत्रकार खिलानाथ कुटिएको घटनाले चर्चा पायो । अब प्रश्न उठ्नु स्वभाविक छ, राज्यको एउटा प्रमुख व्यापारिक शहर बिराटनगरमा गुण्डाराज गरेर करोडौंको सम्पती थुपारेका पर्शुरामबारे यसअगाडि सञ्चारमाध्यम मौन रहे । खुलेआम जनता ठग्ने यस्तासँग राष्ट्रियस्तरका सञ्चारमाध्यम किन बेखबर रहे ? पर्शुराम अहिलेको पर्शुराम बनुञ्जेल भुमिगत थिएनन् होला । उनी त त्यहाँका सक्रिय नेता थिए ।
लोकतन्त्रका कुरा गरेर नथाक्ने, प्रेस स्वतन्त्रताका हिमायति ठानिने, प्रखर वक्ता, प्रभावशाली नेता केपी ओली भन्छन्, महेश बस्नेतले बहादुरी देखाए, सच्चा एमाले बनेर देखाए । त्यस्तै एमालेका नेता दयालबहादुर शाहीले त पर्शुराम र महेश बस्नेतलाई पुष्पगुच्छा चढाउँदै एक दैनिकमा लेख लेखे ।
राशिफल लेख्ने मुर्ख कि पढ्ने मुर्ख ?
Posted by
दिपध्वनी
on Monday, July 4, 2011
पत्रिका हातमा परिसकेको हुन्न, कतिपयलाई हतार हुन्छ आजको राशिफल कस्तो छ हेर्नलाई । राशिफल धेरै किसिमले हेरिदा रहेछन् । कोही कोही राशिफलमा पुरै विश्वास गर्ने, राशिफलमा मित्र भेट लेखेको छ भने चिट्टिक्क परेर साथी भेट्न निस्किने । कोही कोही अनलाईन भएका साथी भेटेर राशिफल मिल्यो भन्ने अनि कोही कोही राम्रो लेखेको छ भने आत्मविश्वास बढ्छ, मिल्नु नमिल्नु त के भयो र भन्दै राशिफल हेरिदिने । यसैले पत्रिकाको लागि राशिफल राम्रो मसला हो । यसैले राशिफल बिनाको पत्रिका सायदै हुन्छन् । तर विश्वास गर्नेले विश्वास गरे झै संवेदनशिल भएर लेख्छन् त राशिफल लेख्नेले ?
'सहमति' शब्दको फजुल प्रयोग
Posted by
दिपध्वनी
on Thursday, June 23, 2011
-निमा वाङ्गेल लामा-
नेपाली बृहत शब्दकोषका अनुसार सहमति शब्दको अर्थ कुनै खास विषयमा सबैको एकमत निर्माण हुनु हो । अर्थात कुनै पनि कार्य गर्न सबैको एकमत निर्माण गर्नु वा गराउँनु हो । तर सहमति शब्दलाई नेपाली राजनीतिक दलका नेताहरुले उल्टो अर्थ लाग्ने बनाइदिएका छन् ।
राजनीतिक दलहरुबीच विगतदेखि सयौं सहमति भए पनि त्यस्ता सहमतिको अक्षरशः कार्यन्वयन हुने हो भने नेपाल वास्तवमै राजनीतिक रुपमा मतिभ्रष्ट मुलुकका रुपमा नभई असली र व्यवहारिक राजनीतिक संस्कारयुक्त मुलुकका रुपमा चिनिने थियो ।