जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
Showing posts with label फोटो ब्लग. Show all posts
Showing posts with label फोटो ब्लग. Show all posts

हामी चैं कहाँ कम छौँ र !

किन हुन्छ नेपालमा यति विघ्न भष्ट्राचार ? हाम्रो चासोको बिषय । सहि पनि हो । नेताहरुले देश बिगारे, हाम्रो गालीको बिषय । सँधै गुनासो गरिरहेका हुन्छौं अरुसँग । देशमा नियम कानुन भएन । गरिखान पाइएन । रोजगारी छैन । बिजुली छैन । पानी छैन । विकाश छैन । यसरी अल्झियो राजनीति केही निकाश छैन । हामी सँधै यस्तै बिषयमा चिया गफ गरिरहेका हुन्छौं । यस्तो किन हुन्छ त ? सबैसँग आफ्ना आफ्नै कारणहरु छन् । हामी भष्ट्राचार भन्नाले खाली पैसा खानु र अकुत सम्पति थुपार्नु भनेर मात्रै बुझ्छौं । त्यो बाहेकका भष्ट्राचार त हामी कतिलाई थाहै छैन । यदि अरु भष्ट्राचारलाई पनि त्यसरी नै खोज गर्ने हो भने त भष्ट्राचारीको सूचि निकै लामो हुन्छ । हामीलाई थाहा भएकै कुरा हो । यो सूचिमा को को पर्लान् ? नेता, व्यापारी, कर्मचारी यस्तै । अनि, हामी आफै चै ? हो, तपाई र म जस्ता सर्वसाधारण नेपाली नागरिक चै ? विभिन्न बहानामा नियम तोड्नु पनि त भष्ट्राचार नै त हो । यसो हुँदा के हामी चैं भ्रष्ट छैनौं र ? भ्रष्ट भए भनेर अरुलाई गाली गरेर हिड्ने हामी चै कम छौं र ? मैले यो कुरा केहि तस्विरको माध्यमबाट भन्न खोजेको छु हेर्न भित्र आउँनुहोस्

पशुपतिको जात्रा गाँजाको व्यापार

शिवरात्रीको नाममा बढ्दैछन् पशुपतिमा गाँजाका तस्करहरु । तस्विरमा हेर्नुहोस् माथि झिलिमिली पशुपति र तल खुल्लामखुल्ला गाँजाको व्यापार ।
थप तस्विरहरु हेर्न भित्र आउँनुहोस्

वातावरण फोटोमा नेपालको तस्विर उत्कृष्ट

काठमाण्डौ सहरमा फोहोरका डंगुरमा जीवन निर्वाह गर्ने बालबालिकाको तस्विरले सन् २०११ को सर्वोत्कृष्ट वातावरण तस्विरको पुरस्कार जितेको छ । बेलायतको खानेपानी तथा वातावरण सम्बन्धि सहायता संस्थाले हरेक वर्ष गर्ने वातावरण फोटो प्रतियोगितामा हङ्गकङ्कका फोटोग्राफर चान कोकले काठमाण्डौमा खिचेको तस्विर पहिलो भएको हो । हेर्नुहोस् तस्विर
थप तस्विर हेर्न भित्र आउँनुहोस्

स्वर्ग छ तर सहज छैन नेपाल

प्रकृतिको सुन्दर उपहारका रुपमा लिईन्छ नेपाललाई र, नेपाल छ पनि त्यस्तै । 'स्वर्गको सानो टुक्रो' भनेर कविहरु नेपाललाई बयान गर्छन् । तर यो 'स्वर्गको टुक्रो' मा बाँच्नेहरुको कथा भने बेग्लै छ । 'देख्दा स्वर्ग र भोग्दा नर्क' को स्थितीबाट कहिले पार पाउँने हामी नेपालीले ? प्रश्न सबैसँग छ तर जवाफ दिनेहरुका लागि अर्कै कुरा छ प्राथमिकताको सूचिमा । यो 'स्वर्गको टुक्रो' मा स्थानियको भोगाईलाई चित्रण गर्न तुईनको उदाहरण काफी छ । थप तस्विर हेर्नलाई भित्र आउँनुहोस्

तस्विर हेर्नुहोस्, भावना पोख्नुहोस्

दशैँ कस्तो रह्यो ? भन्नलाई त दशैँ केटाकेटी रहुञ्जेलमात्रै हो, उमेर बढेपछि दशैँको रौनक सकिन्छ भनिन्छ । हुन पनि हो । दशैँमा नयाँ, लुगा, पि र मामाघर जाने भने पछि मज्ज नै बेग्लै । उमेर बढेदै जान्छ अनि त्यो प्रकारको अनुभुति घट्दै जान्छ । यसैले केटाकेटीहरुको दशैँ रोमाञ्चकता देख्दा रहरलाग्दो र लोभलाग्दो लाग्छ । तपाईलाई कस्तो लाग्छ ? आजका लागि कविता, गीत, गजल लेख्ने चुनौतिमा त्यही अनुभव र अनुभुतिका बारेमा लेख्नुहोस् है ।

तस्विर हेर्नुहोस्, भावना पोख्नुहोस्

दशैँसँगै पिङको रौनक सुरु भईसक्यो । घरका दलिनदेखि लिएर रुखका काप र बाटो, डगरमा लगाईएको पिङले दशैँको रौनक अझ थप गराउँछ । सानो हुँदा बाटोमा लगाईएको लिङ्गेपिङ खेल्न डर र भिड दुबैको कारण पाइन्नथ्यो । यसैले घरको दलिनमा वा साना रुखका कापमा पिङ लगाउँन लगाएर खेलिन्थ्यो । तपाईसँग त्यस्तो अनुभव छ कि छैन कुन्नी मसँग चै प्रशस्तै छन् । अरुले आएर मेरो पालो भनेर पिङ खोस्न खोज्दा त झन् छाड्नै मन नलाग्ने ।
त्यही बालापनको मज्जा सम्झदै यसपालीको लागि कविता, गीत, गजल लेख्ने चुनौतिस्वरुप यो फोटो राखेको छु । लेख्नुहोस् है ।

दशैँको शुभकामना दिने यस्तो 'स्टाईल'

'भ्रष्टाचारीलाई किरा परोस्' गाली शहरमा हिजोआज खुब चलेको छ । हुन पनि पत्रकार, कलाकार, नेता, प्रधानमन्त्री, सरकारी सचिवहरु सबै यसका ब्रान्ड एम्बेस्डर भएपछि नचल्ने त कुरै आउँदैन । गाली गरेका भरमा र गाली लेखेका गन्जी लगाएर सडकमा हिडेका भरमा भ्रष्टाचार मेटिएला नमेटिएला पछिका तथ्याकंले देखाउला । अहिले त यो गाली जतासुकै मिसिएर आउँन थालेको छ, हेर्नुहोस् न दशैको शुभकामनामा पनि गाली मिसिएछ ।
फोटो : गणेश
यसबारे तपाईलाई केही भन्नु छ कि ! लेख्नुहोस् है ।

२६ बर्षको रेकर्ड तोड्दै सकियो सोह्र श्राद्धे झरी

पानी त्यो पनि सिमसिमे, मलाई निकै मन पर्ने कुरा हो । तर काठमाण्डौमा यो सिमसिमे पानी भन्ने बित्तिकै सिकसिको लाग्न थालेको छ । सिमसिमे पानी अनि एकोहोरो झरी । त्यसको मनोरम दृष्यमा मन रमाउँनै सक्दैन जब बाटोमा छरिएका फोहोरका टुक्रा र ढलको पानीले सडक भरिन्छ । बाटोमा एकनासले हिडिरहदा हुनेखानेका सवारीबाट छेपिएको सडकको पानी शरिरमा छर्किदाको अनुभवले जति कोशिस गरेपनि झरीमा मन मान्न तयारै हुदैन । सोह्र श्राद्धे झरी भनेर चिनिएको यो झरी कहिले टुगिंएला जस्तो मात्र भइरह्यो । तर आज मौसम विज्ञान विभागका अनुसार आजदेखि काठमाण्डौका लागि भने सोह्र श्राद्धे झरी सकियो, त्यो पनि नयाँ रेकर्ड राखेर ।

प्रथम र द्धितियलाई एके ४७, तृतियलाई हाते ग्रिनेड

तपाईले कहिले पुरस्कार जित्नु भएको छ ? जित्नु भएको छ भने पुरस्कार भन्ने बित्तिकै के सम्झनु हुन्छ ? मैले पनि निकै पुरस्कार जितेको छु । गफ होइन, साँच्ची । हाजिरीजवाफ, कविता वाचन, निबन्ध प्रतियोगितामा खुब पुरस्कार जितेको छु । पढाईमा पनि नजितेको भने होइन । तर मलाई पुरस्कार भन्ने बित्तिकै हाजिरीजवाफ प्रतियोगितामा कसैले नमिलाएर बाहिरिएका प्रश्नको उत्तर दिनेले पाएको चकलेट सम्झन्छु । हामी केटाकेटी छँदा सिनियर दाईदिदीहरु उफ्रिउफ्रि जवाफ दिएर हानाथाप गर्दै चकलेट लैजान्थे । मेरो मन कटक्क खान्थ्यो । सायद त्यसैको असर हुनु पर्छ, पुरस्कार भन्नेसाथ हाजिरीजवाफको त्यो चकलेटको सम्झना हुन्छ । बालापन पो हो कि । बालापनमा जे मनमा बिझ्यो त्यो सायदै हट्छ । यसैले बालबालिकालाई पुरस्कारस्वरुप उनीहरुको मनमा बिझ्ने पुस्तक तथा खेलौनाहरु दिईन्छ ता कि तिनीहरु पछि सृजनशिल बनुन् । तर सँधै सबै ठाउँमा यस्तो नहुँदो रहेछ । म यहाँ त्यस्तो सन्दर्भको बारेमा लेख्दैछु, जहाँ बालबालिकालाई पुरस्कारस्वरुप हतियार दिइन्छ, प्रथम र द्धितियलाई एके ४७ अनि तृतियलाई हाते ग्रिनेड ।

बाटो हिड्दा तर्साउँने काठमाण्डौका घर (तस्विर हेर्नुहोस्)

 
काठमाण्डौ उपत्यकाका पुराना घरहरुमा विचित्रका इतिहास र कला लुकेका छन् । यीनीहरुको उपस्थितीले नेपालको विगतको सभ्यतालाई पुष्टि मात्र गर्दैन, यसले पर्यटकहरुलाई पनि आकर्षित गरिरहेका हुन्छन् । तर यीनै घरहरुमा लुकेका छन् बाटोमा हिड्दा पनि तर्साउँने वास्तविकताहरु ।

तस्विर हेर्नुहोस्, भावना पोख्नुहोस्

यो फोटो मैले केहि अघि काठमाण्डौको त्रिचन्द्र कलेज अगाडीको सडकमा लिएको हुँ । मध्यदिन, कोलाहल र भिडभाडको समयमा यो सानोमान्छे लोभलाग्दो र मायालाग्दो गरि मस्त निन्द्रामा सुतिरहेको थियो । सिक्का बटुकामा खस्दा आवाजले ब्युँझेलाकि भनि मैले आवाज ननिस्किने गरि निहुरिएर बटुकामा २ रुपियाँको सिक्का हालिदिएको थिएँ । आज भावना पोख्ने चुनौतिस्वरुप यो फोटो राखेको छु । मनमा जे भावना आउँछ निर्धक्क पोखिदिनुस् है ।

चित्र हेर्नुहोस् र भावना पोख्नुहोस्

पानीफोटोमा यो नयाँ स्तम्भको सुरुवात गरिएको छ  । वास्तवमा यो मेरो बेग्लै सुरुवात भने होइन । यसअघि नै यस किसिमका स्तम्भहरु पत्रपत्रिकामा तथा ब्लगमै पनि प्रशस्त पाईन्छन् । तरपनि तपाईहरुको सहभागिताको आशा गर्दै यो स्तम्भ सुरु गर्ने जमर्को गरेको छु । यो तस्विर हेरेर तपाईको मनमा जे आउँछ, कविता, गीत, गजल वा निबन्ध लेख्नुहोस् ।

पात्र फरक तर संवाद र नियत उही


यो कार्टुन एकछिन हेर्नुहोस् त । कस्तो लाग्यो ?

एक पन्थ, दो काज : दुध बेच्दै ड्युटीमा

यो तस्विरमा देखिएका ट्राफिक प्रहरीलाई तपाई के भन्नुहुन्छ ? प्रतिक्रिया लेख्नुहोस् ।

चञ्चल चन्द्रमा !

बुधवारको मध्यरात र बिहीबारको बिहानीपख देखिएको शताब्दीकै सबैभन्दा लामो र कालो चन्द्र ग्रहणको दृश्य । ग्रहण १०० मिनेट लामो रहेको थियो ।

यो त अति भएन र ?


यो त अति भएन र ?

यीनलाई बाँदर किन नभन्ने ?



खासमा मलाई यो फोटो यहाँ राख्न मन नै थिएन । आफ्नो देशका नेतालाई अर्को देशको कसैले बाँदर बनाएर नचाएको कसलाई राम्रो लाग्छ र, यो ब्लगमा राख्नु ? तर राख्नै पर्यो । कारण यस्तो छ त्यै भएर पो राखेको त 

प्रकृतिको लिला अपराम्पार

झट्ट हेर्दा कतै नौनीको डल्लो पो हो कि जस्तो । कति सुन्दर । प्रकृतिको यो मनोरम दृष्य के को हो थाहा छ ?


सुरक्षामा सम्झौता ? म गर्नै सक्दिन !!!

देश काल यस्तो छ कि यहाँ जे पनि हुन सक्छ । हरेक संगठनको सेना छ । के थाहा कुनै बेला कसैको विरोधमा पो बोलिएको छ कि । यसैले आफ्नो सुरक्षा आफै गर्दा ठिक हुने देखिन्छ । सरकारको विश्वासमा परियो भने धेरै भए शहिद घोषणा । यो देशको जनसंख्या भन्दा बढि शहिद भएको देशमा यो पनि उपलब्धि मुलक देखिदैन । अतः यो तस्विरले भन्छ, जहाँ जे छ, त्यही अनुसार आफ्नो सुरक्षाको बन्दोबस्ती आफैले गरौं । थाहै होला नी, अनिकालमा बिउ जोगाउनु, भिडभाडमा जिउ ।

सोचको परिधी कहाँसम्म ?


मान्छेको सोचाइ के–के मा मात्र चल्दैन । अब केहि नपाएर मान्छेले एउटा कुखुरालाई नारेर खेत जोत्न