जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
Showing posts with label साप्ताहिक साहित्य. Show all posts
Showing posts with label साप्ताहिक साहित्य. Show all posts

ब्लाकबोर्ड, चक र डस्टर

-सरण राई-
लेख्नु, मेट्नु, चकको धुलोले पुरिनु । ब्लाकबोर्डमा लेख्दालेख्दै औलाहरू चक भइसक्छ । हिउँ परेझैँ चकको धुलो कपालमा खस्तै जान्छ । चैतको हुरीले उडाएको धुलोझैँ चेहरामा चक टाँसिदै जान्छ । चकको धुलोले पुरिएको चेहराभित्र एक जोर आँखा श्रेणीको चारैतिर घुम्छन्, फेरि ब्लाकबोर्डमा रोकिन्छन् । लेखिएका अक्षरहरू मेटिन्छन्, एक हातमा डस्टर अर्को हातमा चक, ऊ कराइरहेको हुन्छ, अझ ठूलो स्वरमा, ठूलो स्वरमा कराइरहेको हुन्छ ।


बिष्णुमाया उर्फ म्याडम ‘बी’

-सन्जु बजगाईं, लन्डन-
“देख्नु भो म्याडम ‘बी’लाई ......!” छोरीले देख्नासाथ मलाई साउती मारी ।
“चुप लाग ।” मैले चिमोटें ।
जम्मा भएका यत्तिका नेपालीहरुका ‘चिफ गेस्ट’ की श्रीमती भएर आएकी छन् उनी । यो औपचारीक भेलाले हाम्रो नजिकको सम्बन्ध किन चाल पाउनु ! म औपचारीक भएर रहें ।

कार्यक्रम शुरु भो । म्याडम ‘बी’ले श्रीमान्का साथ मंचमा आसनग्रहण गरिन् । उनका श्रीमान् जो आजको कार्यक्रम बिशेषका पनि बिशेष, श्री राजकिरण शर्मा ज्यूबाट पानसमा बत्ति बालेर कार्यक्रमको विधिवत् उद्घाटन भो । म्याडम ‘बी’ले अरुले जस्तै गरी ताली बजाईन् । पछिल्तिरका सिटबाट मैले पनि ताली बजाएँ । तालीको गड्गडाहटले पुरै हल गुञ्जियो ।

गल्लीको झ्याल

-सुष्मा मानन्धर-
“तँ कत्ति भाग्यमानी छस् । काठमाण्डौमा घर, प्रशस्त सम्पति, कमाऊ लोग्ने र दुइ आँखा जस्ता छोराछोरी । के को पीर छ तँलाई ।”

तृष्णाका अधिकाँश साथीहरु उसलाई यसै भन्छन् । हुन पनि हेर्नेहरुका आँखामा, उसमा कुनै पीरै छैन । खानलाउन पुग्दैन भन्नु छैन । ठूलो परिवारको किचलो र झन्झट पनि व्यहोर्नु छैन । काठमाण्डौको मुटुभित्र चार तल्ले घरमा रजाँई गरेर बसेकी छ ऊ । चार जनाको परिवार, कुनै कुराको अभाव वा खट्किएको भन्ने नै छैन उसलाई ।

सुहागरातको समाप्ति

-विमलेन्द्र मिश्र-
दिउँसोभरि जग्गेमा बिहे भयो । दुलाहा र दुलहीले पुरेतले भने झैँ अनेक थरि धार्मिक अनुष्ठान गरे । कहिले दुलहीको गोडाको बुढी औँला समाउने, कहिले एक अर्काबीच दही खुवाउनुपर्ने । दुलाहा पक्ष र दुलहीपक्षका बीच जुहारी नै चल्ने, रमाइलो नै हुने । दुलाहा र दुलहीबीच बिस्तारै परिचय हुँदै गयो ।

एकैदिनको विवाह चाँडैनै दुलहीलाई अन्माउने बेला पनि हुन लाग्यो । दुलही पक्षका सबैको मुख निन्याउरो र सानो भएको थियो । बाजा बज्न थाल्यो । दुलही अलि नरमाइलो मान्न थालिन । दुलहीका मनमा अनेक थरी कुरा खेल्न थाले । यो आफन्तसँगको बिछोड, पराई घरमा मिलनको सुरूवात थियो । दुलाहा सुबोध भने दुविधामा थियो । त्यसैले उसको मनमा पनि अनेक थरि कुरा खेलिरहेको थियो । दुबैले एक अर्काको मन बुझीसकेका थिएनन् । यो प्रेम विवाह थिएन ।

बीस वर्षपछि (कथा)

-ओ. हेनरी-
ड्युटीमा तैनाथ ती प्रहरी जवान बढो तदारुकताका साथ चोकतिर लागे । यो तदारुकता उनको बानी थियो, देखावटीपन हैन । त्यहाँ उनलाई हेर्नेहरूको सङ्ख्या कम थियो । राती करिब दस बज्न लागेको बेला, बतासका चीसा सिरेटाहरूमा हल्का वर्षाको गन्ध मिसिएकोले सडकमा चहलपहल कम थियो ।

सबै ढोकाहरूको निरीक्षण गर्दै, आफ्नो लौरोलाई बढो क्लिष्ठ र कलात्मक ढङ्गले घुमाउँदै, र त्यो शान्त सन्नाटामा आफ्ना तिब्र आँखा घुमाउँदै हिँडिरहेका, सतर्क र हल्का चाल भएका ती प्रहरी अधिकृत शान्तिको वास्तविक अभिभावक जस्ता देखिन्थे । त्यो टोलका मानिसहरू साँझ छिटै झ्याल–ढोका बन्द गर्थे । बेलाबेलामा चुरोट पसल या रात्री भोजनालयबाट आउने उज्यालो भने देखिन्थ्यो, तर धेरै जसो पसलहरू अन्य व्यापारिक केन्द्रका भएकोले चाँडै बन्द हुन्थे ।

एउटा टोलको बीचतिर पुग्दा ती जवानले आफ्ना पाइला सुस्त बनाए । एउटा अँध्यारो फलामकिल्ला पसलको दैलोको आडमा, नबालिएको चुरोट ओठमा च्यापेर एउटा मान्छे उभिएको देखियो । ती जवान उसको नजिक पुग्दा ऊ आत्तिएर बोल्न थाल्यो, “ए, केही भएको हैन सर, म एउटा साथीलाई कुरिराको । यो बीस वर्षअघि निर्धारण गरिएको कार्यक्रम हो । अलि अपत्यारिलो सुनिन्छ हैन ? तपार्इँलाई शङ्का लाग्यो भने म व्याख्या गर्छु । त्यतिका वर्षअघि यस ठाउँमा एउटा बिग जो ब्रेडी भन्ने भोजनालय थियो । ”

साइनोको ब्यापार

-सीता बराल, पोर्चुगल-
'बाबु बुहारीलाई धोका नदिनु, यसको आँसु लाग्छ । अहिले सबै घर धान्ने यहि छे । तिमीलाई पठाउने कागजपत्रमा सहि लगाएर आउदा डाडाको चौतारीमा बसेर छोरालाई दुध खुवाउदै निकै बेर रोई ।' रुपेशले उनका बा ले फोनमा भनेका कुराहरु सम्झे । उनले यति समयसम्म धेरै जना संग धेरै कुराहरु सुनेका थिए ।

कसैले यो काम राम्रै हो भनेका थिए भने कसैले यस्तो गर्नु भनेको आफु झन बन्धनमा परिन सकिने शंका पनि गरेका थिए । आफ्नो उद्धेश्य पुरा हुने दिन आइनपुग्दै कतै सोचेको काममा बाधा आएर बाले भनेजस्तै हुन्छ कि भनेर रुपेशलाई चिन्ता नलागेको होइन । प्यारी निर्मला र छोरालाई छिटै नै आफूसंग ल्याउनको लागी केही साथीको सल्लाह अनुसार उनले यो काम आटेका थिए । यस्तै कामको सिलसिलामा एजेन्सी मार्फत भेट भएकी हुन फतीमा । सरसर्ती हेर्दा सरल स्वभाव र साधारण पहिरन छ उनको ।

रातो भोटो -कथा

-राजेश नताशं-
“बाबा हजुरको ‘वेडिङ्ग एनिवर्सरी’मा यै सुट लगाइस्योस् है !”

“हुन्छ छोरी । बरु मम्मी पो के लगाउँछिन् नि ?”

“ह्या, उहाँको टेन्सन किन लिइसिन्छ ? मैले अघि नै चुज गरिदिएकी छु ।”

छोरी अनुकृति हाम्रो निक्कै ख्याल राख्छिन् । हरेक क्रियाकलापहरूमा हामीलाई निर्देशित गर्छिन् । जब–जब हाम्रो विवाहको वर्षगाँठ आइपुग्छ तब यिनले विगतका सम्झनाहरू ताजा गरिदिन्छिन् । विगत दोहोरिन्छ सुखान्त चलचित्र बनेर । अनि सम्झनाहरूका ओइरो लाग्छन् यी मानसपटलमा । यसकारण विगतको सान्निध्यता वर्तमानमा रहँदा विगतलाई कहिल्यै भुल्न नसकिने रहेछ ।

अनुकृति हाम्रा लागि अमूल्य उपहार, कहिल्यै नमागेको वरदान जसलाई हामीले कदापि मागेका थिएनौ । अर्थात् एउटा अमूल्य प्राप्ति अनुकृति । ईश्वरले हाम्रो हातमा थमाइदिए । मैले निःसन्देह ग्रहण गरेँ । हामीलाई के थाहा र उनीसँगै यत्रा खुशीहरू ओइरो लाग्छन् भनेर ।

म विगत सम्झिदै वर्तमानसँग समीक्षा गरिरहेको हुन्छु । उनी दराजमा पट्याएर राखिएका लुगाफाटाहरू खोतल्न थाल्छिन् । आफ्नो सबैभन्दा पुरानो रातो भोटो निकालेरे सुम्सुमाउन थाल्छिन् । त्यो रातो भोटोले हाम्रो विगत फेरि चलायमान गरिदिन्छ । फेरि नाच्न थाल्छन् मानसपटलमा सम्झनाका रिलहरू ।

अनौठो संस्कार

-वासुदेव गुरागाईं-
धनीलाल आधुनिक जमानाका मानिस भएर पनि छ सन्तानका बाबु थिए । तीनवटा छोरी, तीनवटा छोरा । यसमा उनलाई कत्ति पनि पछुतो थिएन । आफ्नो गच्छेअनुसारको पढाइलेखाइ गरिदिए । विद्यमान सामाजिक परम्पराअनुसार तिनको विवाह कर्म गरिदिने सोच उनमा जागृत भयो । सबै छोराछोरी विवाहका लागि योग्य भइसकेका थिए । उमेर क्रमसँग विवाह गर्दा पहिला छोरीहरुको सकेर पछि छोराहरुको बिहे गरिदिनु पर्ने थियो । त्यसैअनुसारको सोच उनले बनाए ।

छोरीहरुका लागि धनीलालले चाहेअनुसारका वर भेट्टाए । कुरा छिनियो । सकेसम्म कम खर्चमा विवाह सक्ने सोच उनले बनाए । अनि त्यसको भूमिका निर्माण गर्न थाले । ऐन–कानुनका कुरा कोट्ट्याए । जनवादी विवाहका कुरा निकालेर त्यसको प्रशंसा गर्न थाले । समाजमा अरुले गरेका भड्किलो व्यवहार र खर्चको निन्दा गर्न थाले । सबै मिलेर यस्ता व्यवहारको प्रतिकार गर्नुपर्छ भन्दै ठाउँठाउँमा आफ्नै अगुवाइमा प्रवचन दिन पनि उनले भ्याए । सबैले उनका कुरामा ‘हो–हो’ को स्वर मिलाए । यसरी अनेक नाटक गरेर उनले साँच्चै नै थोरैभन्दा थोरै खर्चमा छोरीहरुको विवाह सके । साँच्चै भन्दा वरका हातमा वधूको हात मात्र थमाएर उनले बिहे सम्पत्र गरे ।
छोरीका बिहेमा उनले छाँटेका आदर्शले वल्लोपल्लो सबै गाउँ प्रभावित थियो । यस्ता सज्जनसँग कुटुम्ब जोड्न पर्छ भत्रेको कमी रहेन । केही वर्षपछि नै जेठो छोराका लागि बिहेको प्रस्ताव आयो ।

'आज गीता आउँदै छिन'

-विश्वराज अधिकारी-
श्याम दाइ कहाँ म साँझमा पुगेको थिए। हुन त फोनमा कुरा गर्दा वहाँले भन्नु भएको थियो ‘सानो भाइ, मिल्छ भने दिउँसो नै आउन, है। शनिवार त के फुर्सत नै होला नि, अफिस हुने त कुरै भएन, होइन त? अँ रातिको खाना यतै खाने गरी आउनु नि।’ तैपनि म साँझ पुगेको थियो। म पुगेको थिएँ तेजारथटोल, बीरगंज।

म पुगे पछि श्याम दाइको खुसीको मात्रा झनै बढेको थियो। त्यो दिन अरु दिन भन्दा अलि बढी नै खुसी देखिनु भएको थियो वहाँ। त्यति बढी खुसी हुनुको कारण मैले बुझ्न सकेको थिन। हुन त मैले वहाँको त्यस्तो खुसीमा कुनै ठूलो नै कारण होला भनी संका गरि नै हाल्नु पर्ने स्थिति पनि थिएन। मलाइ श्याम दाइको बानी थाहा थियो। दुखी तुल्याउने सानो कुराले पनि ज्यादै दुखी हुने अनि सुखी तुल्याउने सानो कुराले खुसी पनि उत्तिकै हुने वहाँको बानी मेरो लागि नौलो थिएन। साहित्यकार मान्छेमा त्यस्तो विशेषता हुनु स्वभाविक पनि थियो। तर वहाँको भावुकता भने कहिले काहिँ अलि बढी भएर पोखिन पुग्थ्यो।

बेलैमा लभ गर्नुपर्ने रै’छ यार !

-हरिहर शर्मा-


‘कोही गतिला हुन्छन्, फिटिक्कै राम्रा हुँदैनन्, कोही राम्रा हुन्छन्, गतिला हुँदैनन्’,मेरा साथी विवशता पोख्दै थिए, ‘लभ गर्नुपर्ने रै’छ यार, केटी खोज्न त झ्याउ हुँदो रैछ ।’ साथीको कु्रा सुनेर म हाँसेँ । यथार्थमा, यो हाँसेर उडाउने कुरा थिएन । म सम्हालिएँ । एकछिन वातावरण मौन भयो । जोक गर्ने बानी छ, भनिहालेँ, ‘सबै केटी राम्रा हुँदैनन्, राम्रा जति हाम्रा हुँदैनन् भनेजस्तै भयो है !’ उनले थोरै लजाएर सहमति जनाए ।

उनले अधिकृत पास गरेका हुन् । आरक्षणका विरोधी उनी, आरक्षित समूहमा परेर पनि आरक्षणमा फारम भरेनन् । सरकारी अफिसर नभई विहे गर्दिन भन्दै तीन दसक खुशीखुशी काटे । अहिले दुःखी भएका छन्, जीवनसाथी नपाएर । उनको पीडा शान्त पार्ने मलम मसँग थिएन । केटी खोज्ने काममा ‘दलाल’ बन्दा अपजस आउन सक्छ भन्ने थाहा थियो । तैपनि साथीको हैसियतमा उनका कुरा सुन्ने र सुझाउने काम गरेँ ।

सोधेँ, ‘अहिलेसम्म कति हेरियो त ?’ थाहा छ, मेरो यस्तो सोधाइ गलत थियो । किनकि जीवनसाथी रोज्ने कामलाई गाइवस्तु खोजेजस्तो र हेरेजस्तो पारामा लिन हुँदैन । मैले मात्र चल्तीको शैली प्रयोग गरेको थिएँ । जवाफमा हाँस्दै उनले भने, ‘चार पाँच ठाउँ हेरियो, कही चित्त बुझ्ने होईन ।’ म रुचिपूर्वक सुनिरहेको थिएँ, ‘एउटी सबथोक मिलेकी थिई, उसको बाउले सुरुमै जग्गा दिने कुरा गर्‍यो, मलाई मन लागेन ।’

लिलाम बढाबढ

-वासुदेव गुरागाईं-
सफासँग कम्प्युटर टाइप गरिएका सबै अक्षर कहीँ कतै एउटा अल्पविरामसम्म पनि नबिराई बडो सतर्कतापूर्वक पढ्यो उसले । ‘लौ यसमा सही गर्नुस् ।’ अगाडि बसेर उसलाई ती अक्षर वाचन गराउँदै गर्ने महाशयले मौखिक आदेश गरे । मनमा कुनै किसिमको द्विविधा नराखी उसले खुशी भएर फटाफट त्यसमा सही गरिदियो र अर्को आदेशको प्रतीक्षामा मर्यादित भएर ठिङ्ग उभिइरह्यो उसैका सामु ।

उसले सम्पूर्ण रुपमा स्वीकार गरेको त्यस कागजमा लेखिएको थियो,— ‘म ... ... ईश्वरका नाममा शपथ लिन्छु । सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्दछु कि ... ... को कामकाज प्रचलित कानुनको अधीनमा रही, कसैको डर नमानी, पक्षपात नगरी, कसैप्रति पूर्वाग्रह वा खराब भावना नलिई, इमान्दारीसाथ गर्नेछु ... ।’

लोग्नेको जात

-कृष्ण बजगाईं-

दुई आइमाईले विवाह गरे ।

“आइमाईको विवाह ?”

हजूर पारपाचुके गरेर बसेका आइमाईले एक आपसमा विवाह गरे । अर्थात समलिङ्गी विवाह ।

“किन गरेको समलिङ्गी विवाह ?”


फरक

-डा. कपिलदेव लामिछाने-
पहिले:-
सगोलको ठुलो परिवार थियो । सुविधा कम र असुविधा बढी थिए । पढालेखा र समझदार भएकाले एकदिन उसले प्रस्ट शब्दमा आफू छुट्टै बस्न चाहेको कुरा राख्यो । धेरैले जिब्रो टोके ।
– ओह, तैँले छुट्टिने कुरा गरिस् !?
– तँ छुट्टिने ? रामराम कस्ता जमाना आए !
– धत् पाजी, बाआमा, दाजुभाउजू सबैका मुखेन्जी यस्तो कुरा गर्दा लाज लागेन तँलाई ?
– कत्ति छटाको हँ ?
अहिले:-

सुकुम्बासी

-सुमन सौरभ-
"यो पृथ्वी अबको केही हजार वर्षमा मान्छे बस्नलायक रहन्न, सबैलाई पालैपालो पृथ्वीभन्दा राम्रो अर्को ग्रहमा ओसार्ने काम सुरु भइसकेको छ । कुनै पनि क्षण तपाईंको पालो आउन सक्छ, आ-आफ्नो फाराम भरेर तयार रहनुस्..."

रेडियोमा समाचार सुनेर मनभरि दङ्ग पर्न नपाउँदै छाप्रो मुन्तिरको खोलाको दुर्गन्ध सासै रोकिने गरी सुकुम्बासी साँहिलाको फोक्सोमा हृवास्स् ठोक्कियो र उसलाई बान्ता आउलाजस्तै भयो ।

उसले छाप्रोबाहिर निस्किएर आकाशतिर हेर्‍यो, आकाशको अनुहारभरि पानी पर्ला पर्ला जस्तो बादल थियो ।

"यो पानीले खोलो कति बढाउने हो कुन्नि, पोहोरको जस्तो तीन दिन, तीन रात छाप्रो बाहिरै बिताउनु पर्ने पो हो कि !"

बर्षातको पानीले उसले नचाहेकै तहसम्म बढाउँदै थियो खोलोलाई । ऊ डिलमा उभिएर इच्छा गर्दै थियो -"हे भगवान्, खोलो छाप्रोभित्र छिर्नुअघि नै मेरो बसाइँ सर्ने पालो आए हुन्थ्यो ।"

आलोचक -लघुकथा

-मुक्तिनाथ घिमिरे-
अखबारमा खबर छापियो– ‘केन्द्रीय पुस्तकालयमा निरन्तर नौ वर्ष एक अध्येता शोधको सिलसिलामा धाइरहेका छन् ।’ उनी सीमान्तकृत वर्गका व्यक्ति भएको र देशको एक प्रमुख राजनीतिक दलका पूर्व केन्द्रीय नेता भएको विवरण पनि समाचारमा सामेल थियो । उक्त समाचारले राम्रै चर्चा बटुल्यो । प्रतिक्रियामा स्वरहरू घनीभूत भए । भोलिपल्ट अखबारमा पाठकपत्र त्यही समाचारसँग सम्बन्धित आए ।

प्रबुद्ध राजनीतिक चिन्तकले लेखे– नेपालमा पनि अब चिन्तन गर्ने प्रवृतिको सुरुआत ठूलो सङ्ख्यामा हुनेछ ।

नामुद विश्लेषकले प्रतिक्रिया दिए– विश्लेषणको अभावमा मुर्झाएका दलका नेताले उनीबाट पाठ सिक्नुपर्छ ।

स्वाभीमान, हार र जितहरु !

—हरिहर शर्मा—
तिहारको बेला थियो, हामी साथीहरु मिलेर तास खेल्दै थियौँ । खेल्दै जाँदा खेलले रमाइलोभन्दा पनि प्रतिस्पर्धा र जितहारको रुप लिन लागिसकेको थियो । ‘'फ्लास' खेल्दै गरेका हामीमध्ये कतिको गोजी भरिँदै थियो भने कति खलास हुँदै थिएँ । मेरो हालत पनि खस्कँदै गइरहेको थियो । त्यत्तिकैमा मलाई ठूलो ‘दाउ पर्‍यो । खासै स्तरीय तास नआएको अभिनय गर्दै म लगातार चल्दै गएँ । त्यो दाउको अन्तमा म र एकजना अर्को साथी मात्र बाँकी रह्यौँ । चल्दै जाँदा थाहा भयो, मसँग त ‘'सो' गर्नका लागि समेत पैसा बचेनछ ।

दाउ खानेमा म ढुक्क थिएँ, त्यति राम्रो तास थियो । त्यसैले अर्को एकजना साथीसँग ‘'सो' गर्नका लागि पैसा मागेँ । तर उसले जितेको पैसामध्ये आधा आफूले पाउनुपर्ने सर्त राख्यो ।

घर भित्र हराएको मेरो घर

-विश्वराज अधिकारी-
डेरामा बस्दा बस्दा दिक्क लागिसकेको थियो। एक बर्ष हो र, दस बर्ष भएको थियो डेरामा बसेको। एस एल सी दिएर जब म पहाडबाट काठमाडौ आएँ यस्तै २०५० तिर हुनु पर्दछ, त्यो बेलादेखि डेरामा बसेको थिएँ। दस वर्ष डेराको बसाइमा डेरा पनि दस ठाउँमा सरेको हुँला। घर धनीहरु पनि थरि थरिका देखें। भोगें तिनीहरुलाई। त्यो दस बर्षमा संगाले, विभिन्न किसिमका अनुभवहरु, देखें मानिसका विभिन्न थरिका आडम्वरहरु, घमण्डहरु, मान्यताहरु, विश्वासहरु, अन्धविश्वासहरु। नयाँ वानेश्वरको डेरामा बसेको भने कहिले बिर्सन सक्तिन। डेराहरुको बसाइको सम्झना आउने बित्तिकै वानेश्वरको बसाइको याद तुरुन्त आउँछ।

लक्ष्मी पूजाको साँझमा

-बी. पी. बजगाईं-
आज लक्ष्मी पूजा । लगभग ९२ करोड हिन्दु भक्तहरुले आज आ-आफ्नो घरमा लक्ष्मी बोलाउने छन् । आजको साँझ माता लक्ष्मीको लागि हतारमय छ । उनी सबैको घरमा पुग्नु छ । जीवनको आधा गोरेटो हिंडिसकेको मेरो जीवनमा मेरो संघारमा कहिल्यै लक्ष्मीसँग साक्षात्कार भएन । प्रत्येक लक्ष्मी पूजामा दियोमा तेल हालेर घर वरिपरी झिलिमिली बत्ती बाल्ने गरेको भए तापनि....अहँ! कहिल्यै उनीसँग भेट भएन । आधा राततिर दियोमा तेल सकिन्थ्यो र निभ्थ्यो, म बिहानसम्म भैलेनी खेल्नेहरुलाई दान दिईरहन्थें । पुनः भन्दछु, अहँ! कहिल्यै लक्ष्मीसँग भेट भएन ।

आँधी [कथा]

-राजेश नतांश-
ल्यापटपमा मेरो नजर केन्द्रीत थियो । कोठा एकदमै अँध्यारो थियो । ट्यूबलाइट थिएन, सायद जलेको हुनुपर्छ । म त्यहाँ इन्टरनेटको प्रयोग गर्न बसेको थिएँ । अफिसका सम्पूर्ण कामहरु सकेर म फेसबुकमा रमिरहेको थिएँ । दुईजना मित्रहरु अनलाइनमा गफिरहेका थिएँ । मलाई कोठाको अँध्यारोम महसुस हुन्थेन, ल्यापटपका किबोर्डहरुमा मेरा औला सल्बलाइरहेका थिए ।
"हेल्लो कथाकार ज्यू ! ज्यूदै हुनुहुन्छ ?"
–"अहिलेसम्म त मरेको छैन ।"
"खाजा हाम गर्नुभयो त ?"
–"भर्खर सिध्याएँ ।"
"के खानुभयो नि ?"
–"बफ मम"
च्याटमा सधैँ यस्तै अनौपचारिक कुराकानी हुन्छन् मेरा । कहिलेकाँही राम्रो वक्ता भेटिन्छ । ऊसँग साहित्यको विविध चरणहरुको बारेमा गफिन मजा हुन्छ । सिक्ने र सिकाउने प्रक्रिया चलिरहन्छ ।

तस्विर हेर्नुहोस्, भावना पोख्नुहोस्

दशैँ कस्तो रह्यो ? भन्नलाई त दशैँ केटाकेटी रहुञ्जेलमात्रै हो, उमेर बढेपछि दशैँको रौनक सकिन्छ भनिन्छ । हुन पनि हो । दशैँमा नयाँ, लुगा, पि र मामाघर जाने भने पछि मज्ज नै बेग्लै । उमेर बढेदै जान्छ अनि त्यो प्रकारको अनुभुति घट्दै जान्छ । यसैले केटाकेटीहरुको दशैँ रोमाञ्चकता देख्दा रहरलाग्दो र लोभलाग्दो लाग्छ । तपाईलाई कस्तो लाग्छ ? आजका लागि कविता, गीत, गजल लेख्ने चुनौतिमा त्यही अनुभव र अनुभुतिका बारेमा लेख्नुहोस् है ।