जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

मान्छे किन पलायनवादी छ हँ ?


-राजेन्द्र आचार्य, दोलखा


समयले कति चाँडो नेटो काट्दो रहेछ । कुनै दिनको याद आउँदा मलाई अहिले अचम्म लाग्छ । त्यो समय खुसी लाग्छ र त्यो दिनको सम्झनामा डाको छोडेर रुन मन लाग्छ । स्कुलमा पढ्दा साथीहरुसँग हाँसखेल गरेको ख्याल ठट्टाको याद आउँछ । मलाई अब पनि कुनै त्यस्तो होला कि भन्ने भान हुन्छ । टेष्ट परिक्षा पछि छुट्टिने बेलामा भएको त्यो वनभोज कार्यक्रममा गरेको कामहरु मलाई अझ याद आइरहन्छ । स्कुले जीवनमा साथीहरु र शिक्षकको मायाले मलाई अरुपनि सताइरहन्छ । यसरी हाँसखेल गर्दा गर्दै एस.एल.सी. पनि राम्रै भयो । एस.एल.सी. सकिए पछि पनि केहि साथीहरुसँग रमाउँदा रमाउदै कति चाँडो एस.एल.सी. को नतिजा पनि प्रकाशित भइसकेछ ।

मैले बिहानै एस.एल.सी. को नतिजा प्रकाशित भएको सुने पछि झसगं भएँ । अब त क्याम्पस पढ्ने बेला पनि आउँन थाल्यो । तर फेरि मलाई झस्का लाग्यो कि यसपाली जम्मा ३८ प्रतिशत मात्र पास भए कतै म पनि त फेल भईन ।
म नतिजा हेर्नको लागि गए । जिउ झसगं भइरहेको थियो तर एक्कासी आफ्नो सिम्बोल नम्बर देख्दा मन हास्न थाल्यो । यसरी मेरो नतिजा थाहा पाउँदा सम्म हर्षित नै थिए । तर सधै हास्न सकिदो रहेनछ । मैले सुने कि मेरो अति मिलनसार तथा कक्षामा सबै भन्दा जान्ने साथी फेल भएको छ । जब कि परिक्षा सकिएर घर आउँदा उसले ८० प्रतिशत जति आउने आशा गरेको थियो । यसैले उ फेल भएको कुरा मलाई पत्यार लागेन तर पछि आफैले हेर्दा थाहा पाए उ साच्चै फेल नै भएको रहेछ । त्यस्तो मिलनसार साथी फेल भएको मैले सहन सकिन । सहने पनि कसरी जब कि हामी उक अर्काको सुख दुख बाड्ने गर्दथ्यौ । एस.एल.सी. पास भए पछि एउटै क्याम्पसमा पढ्ने कत्रो धोको थियो । जब कि त्यो अब पुरा नहुने भयो । उता उसलाई कस्तो भएको होला भनेर मलाई रुन मन लाग्यो । त्यती जान्ने मान्छे फेल हुदा केहि गल्ति भएको र पछि ठिक हुनेमा पनि आशालु थिए ।

यो कुरा शिक्षकलाई पनि थाहा भए पछि हामी हतार हतार साथीको घरमा पुग्यौं । बाटामा हुलमुल भएकाले म अलि पछाडि नै थिए । केहि पछि साथीकोमा म पुग्दा त सबै रोइरहेका थिए । उसका परिवारहरु डाको छोडेर रुदै थिए । अफसोच् साथीले आत्महत्या गरेछ । आफ्नो मिलनसार साथीको लाश देखेर म बेहोस भएछु । पछि ४ घण्टा पछि होस आउँदा मैले थाहा पाएँ म त अस्पतालमा रहेछु ।

यसरी सानो असफलताले पनि मान्छेलाई मृत्युमा पुर्याएको देखेर म सधै झस्किन्छु । मान्छे यति पलायनवादी किन छ हँ ? मनमनै प्रश्न गर्छु । के कायरताले असफलतालाई ढाक्छ र ?

1 comments:

बिकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जीवन देखि हारेर भाग्छु नभन
संघर्ष हो जीवन
जीवन संघर्ष हो

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।