जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

के हो पानीफोटो.com ?

सर्वप्रथम त पानीफोटोमा तपाईलाई स्वागत छ । आशा गर्दछु, यो ब्लग तपाईको Internet Surfing को साथी हुनेछ ।

के हो पानीफोटो ?
हामी कतिका लागि पानीफोटो शब्द नयाँ लाग्न सक्छ । म आफुले पनि गुरुकुलमा यही नामको नाटक हेरे पछि मात्र पहिलोपल्ट यो शब्द सुनेको हुँ । यसका लेखक खगेन्द्र लामिछाने हुन् । जसलाई हामी बोलचालको भाषामा नेगेटिभ भन्छौ र जसलाई धुलाएर फोटो निकालिन्छ ।

जसरी एउटा पानीफोटोले असख्ंय फोटोहरु निकाल्न सक्छ, त्यसरी नै यो पानीफोटोले असख्ंय साझेदारहरु बनाउँन सक्छ र सबैमा केही न केही छाप छोड्न सक्छ भन्ने आशाको साथ सुरु गरेको छु । यसमा तपाई पनि साथ दिनु हुन्छ नि ।

किन पानीफोटोमा सहभागी हुने ?
यसमा लेखिएका सम्पुर्ण कुराहरु मुलतः व्यक्तिगत हुन् । यो कुनै संस्था वा समाचारको वास्तविकता हुनै पर्छ भनेर ठोकुवा गर्ने आधारहरु नहुन सक्छन् । यसैले आधिकारिक धारणा बुझ्न यो ब्लग सहि नहुन सक्छ । तर, एक आम नागरिकका लागि दैनिक जीवनका साधारण तथा असाधारण बिषयहरुमा रहेका धारणाहरु यसले प्रकट गर्ने छ । यी धारणाहरुसँग सहमत हुने र असहमती हुने अनि प्रकट गर्ने तपाईको अधिकारको पानीफोटोले प्रत्याभुती गर्ने छ ।

यसैले कुनै विषयवस्तुमा खुल्ला छलफल चलाउँन यो ब्लगले तपाईको सहयोग गर्ने छ । तपाईले आफ्ना विचारहरुलाई सभ्य र श्लिल तरिकाले यहाँ प्रकट गर्न सक्नु हुनेछ ।

पानीफोटोमा के हुन्छ ?
पानीफोटोमा हामीले चाहेका सबै बिषयबस्तुहरुको लागि समान ठाँउ हुन्छ । कसै प्रतिको आग्रह तथा पुर्वाग्रह यसमा सकेसम्म कम गरिने छ ।(तर, सुनेको छु आग्रह र पुर्वाग्रह बिनाको मान्छे हुदैन रे ।) मुख्य कुरा यहाँ सबैका कुरा अटाउँन सक्छन् ।

पानीफोटोमा नियमित स्तम्भ पनि छन् ?
पानीफोटोमा केहि नियमित स्तम्भ छन् जस्तै हरेक शनिबार साप्ताहिक साहित्य(यो स्तम्भमा साहित्यिक लेखरचनाहरु पोस्ट गरिन्छ । यस्ता लेखरचना पाठकबाट लिइएका हुन्छन् ।), सोमबार भान्सामा औषधी (यो स्तम्भमा भान्सामा अथवा समान्य तरिकाले पाउँन सकिने खानेकुरामा हुने विशेषताको बारेमा चर्चा गरिन्छ ।) अरु स्तम्भहरु बिस्तारै थपिने छ ।

पानीफोटोसँग सँधै सम्पर्कमा रहन तल लाईक गर्नुहोस् ।

तपाई यसको साझेदार भइसक्नु भएको छ । कृपया आउँदै गर्नु होला ।