जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

म को हुँ ? (Who Am I ?)

मेरो बारेमा तपाईको मनमा आउँन सक्ने सम्भाव्य प्रश्नहरुको उत्तरहरु


मेरो वास्तविक नाम के हो ?
मेरो वास्तविक तथा आधिकारिक नाम गणेश कार्की हो । म पहिले साहित्य लेख्दा दिपध्वनीका नामबाट पनि आफ्ना रचनाहरु प्रकाशित गर्ने गर्दथें ।

म कहाँ बस्छु ?
मेरो स्थायी बसोबास शनिश्चरे—८ मोरङ, कोशीमा हो । तर मैले यो ब्लग काठमाण्डौंमा स्नातकोत्तरको अध्ययन गरिरहेको समयमा सुरु गरेको हुँ । मेरो पुख्र्यौली घर तेह्रथुम हो ।

म के गर्छु ?
भर्खरै मात्र वातावरण व्यवश्थापन बिज्ञानमा स्नातकोत्तर सकेको छु । यसैले सुन्दर भविष्यको खोजीमा छु ।


पत्रकारिता वा ब्लगिङ कहिले देखि थाल्नुभयो ?
मैले +२ पढ्दा नै सारथि नामक मासिक हवाई पत्रिकाको कार्यकारी सम्पादक भएर काम गरेको थिएँ । यस्तै अमृत साइन्स क्याम्पस, काठमाण्डौंमा स्नातक पढ्दा क्याम्पसबाट निस्कने नवराग द्धैमासिकको प्रधान सम्पादक भएर काम गरेको थिएँ । यसका अतिरिक्त विभिन्न पत्रपत्रिकामा फाट्टफुट्ट प्रकाशित हुने लेखले पनि मलाई पत्रकारिता तिर तानेको हो । आफ्नो यही इच्छालाई पुरा गर्न स्वतन्त्र पत्रकारिताका लागि ब्लगिङ सुरु गरेको हुँ । यो ब्लग भन्दा अगाडी धेरैवटा सित्तैमा पाईने ब्लग सुरु गरेको थिएँ । जसमा नेपाली मुटु केहि रुचाइएको थियो । दुखको कुरा त्यसलाई नियमितता दिन मिलेन ।


कति पढ्नुभएको छ ?
मैले वातावरण व्यवश्थापन बिज्ञान विषयमा पोखरा विश्वविद्यालयबाट स्नातकोत्तर गरेको छु । मेरो स्नातक भने त्रिभुवन विश्वविद्यालयबाट हो ।


कति बर्षको हुनु भयो ?
यो ब्लग मैले २०६७ सालमा सुरु गरेको हुँ । ब्लग सुरु गर्दा म २५ बर्षको थिएँ ।


ब्लग किन गरेको ?
मनका उकुसमुकुस पोख्न, इन्टरनेटमा उपस्थिती जनाउँन र अरु भन्दा केहि फरक देखिनका लागि ब्लग गर्न थालेको हुँ ।


यो ब्लगको बिशेषता के हो ? या किन हेर्ने यो ब्लग अरुले ?
यो आम नागरिकले कुनै पनि बिषयमा बनाउँने धारणाको प्रतिनिधित्व गर्ने नेपाली ब्लग हो । यसमा कसले के भन्ला भनेर कसैको दबाबमा या आग्रह÷पुर्वाग्रहमा कुनै कुरा लुकाउँने या बदल्ने गरिदैन । आम नागरिकले हेर्ने स्वतन्त्र दृष्टिकोण पाईनु नै यसको मुख्य बिशेषता हो । यसैले आमनागरिकको स्वतन्त्र धारणा बुझ्न र मनका धारणा साटासाट गर्न यो ब्लग अरुले हेर्न सक्छन् ।


ब्लगको आधिकारिक ठेगाना कुन हो ?
ब्लगको आधिकारिक ठेगाना www.paniphoto.blogspot.com र www.paniphoto.com हो ।


के यसले आधिकारिक समाचार दिन्छ ?
सर्वप्रथम यो समाचार साईट होइन । यसले समाचार पस्कने होइन, समाचार प्रतिको दृष्टिकोण पस्कन्छ । यसैले आधिकारिक समाचारका लागि यसमा सँधै भर पर्न सकिन्न । आधिकारिक समाचारका लागि अरु समाचार साईटहरु हेर्नुहोला ।


यसका सामाग्रीहरु एक पक्षिय हुन्छन् ?
यसमा आग्रह, पुर्वाग्रह हुदैन । र, यो ब्लग कसैको लागि सँधै सकारात्मक वा नकारात्मक हुँदैन । तर ब्लग साइट भनेको आफूलाई मनपर्ने कुरा, आफूले देखेको, भोगेको आफूलाई प्रभाव पर्ने कुरा लेख्ने ठाउँ हो। त्यसैले ब्लग लेख्नेको धारणा यसमा हुन्छ।


राजनीतिक पार्टीहरुको सम्बन्धमा ?
अरु सामान्य नागरिक झै म पनि नेताहरुको भष्ट्राचार र अनुत्तरदायी क्रियाकलापबाट आजित मान्छे हुँ । तर नेताहरुलाई गाली गरेर देश बन्छ भन्ने कुरामा म विश्वास गर्दिन । म प्राय सबै सिद्धान्तहरुसँग समदुरी राख्न रुचाउँछु ।


यो ब्लगमा व्यक्त विचार मन परेन भने ?
यो साइटमा व्यक्त विचार मन परेन भने पनि कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नु हुनेछ ।


तपाईँको साइटको गोपनीयताको नीति के ?
असामान्य परिस्थिति (ज्यानको धम्की, अश्लील शब्दको प्रयोग आदि) मा बाहेक प्रयोगकर्ताको नाम, ईमेल र आईपी ठेगानालाई संभव भएसम्म गोप्य राखिनेछ। कसैको ईमेलको गलत प्रयोग गरिने छैन। तर असामान्य परिस्थितिमा त्यस्ता प्रयोगकर्ताको आईपी र ईमेल ठेगाना सार्वजनिक गर्नेदेखि लिएर कानुनी कारबाहीका लागि समेत उपलब्ध गराइन सक्नेछ।

तपाईँलाई कसरी सम्पर्क गर्ने ?
इमेलमा सम्पर्क गर्नका लागि paniphoto@gmail.com
मोबाइलमा 9851120072
फेसबुकमा http://www.facebook.com/ganess.karki
ट्विटरमा http://twitter.com/#!/paniphoto
गुगल प्लसमा https://plus.google.com/114564247434472543295
नोट : आफ्नो परिचय दिने यो फर्मेट मैले माइसंसारमा रहेको सालोक्यको परिचय फर्मेटमा आधारित भएर तयार पारेको हुँ ।