जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

यसरी हुन्छ राजाको फोटो भएको नोटको कारोवार

तपाईसँग भएको नोट हेर्नु भएको छ ? छैन भने हेरिहाल्नहोस् । नत्र नोटले असर पार्ला । किनभने आज अर्थात चैत्र १ गते देखि औपचारिक रुपमा राजाको फोटो भएको नोट नचल्ने भएको छ । राष्ट्र बंैकले पुराना तथा मैला नोट हटाउँने अभिप्रायले यो काम गरेको बताएको छ । तर उदेग लाग्दो कुरा, नोटहरु आफै क्रमशः बैंकमा जान्थे अनि बैंकले ति नोट बाहिर नपठाउने बित्तिकै बजारमा स्वतः नयाँ नोटहरु आउँने थिए । तर किन हो, राष्ट्र बैंकले उसको यो दिक्दारी हाम्रो टाउकोमा थुपारि दिएको छ । त्यैपनि कसैले अब तेरो पैसा चल्दैन भनेर १०० को नोट १०० भन्दा कममा लिइदिन्छु भन्यो भने चै नपत्याउँनु होला । सामान्य कारोबारमा नआए पनि ति नोटहरु सजिलै तल उल्लेखित बैंक र तिनका शाखाहरुमा साट्न मिल्नेछ । जतिको नोट हो त्यती मै ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले निकालेको सूचना अनुसार चैत १ गते देखि राजाको फोटो भएका नोटहरु यी बैँकहरुमा मात्र साट्न पाइनेछ-

नेपाल बैंक लिमिटेडका शाखा कार्यालयहरु
चामे मनाङ्ग, चरिकोट, चौतारा, दमौली, दाङ्ग, धुन्चे, डोल्पा, हेटौडा सि.ओ., इलाम, जाजरकोट, जोमसोम, मलंगवा,
मुसिकोट, म्याग्दी, फिदिम, प्यूठान, रोल्पा, सल्यान, स्याङ्जा, ताप्लेजुङ्ग, तेह्रथुम, टिकापुर, त्रिशुली, बाग्लुङ्ग, बनेपा,
भक्तपुर, विर्तामोड, चन्द्रनिगाहपुर, हेटौडा आई.ई., इटहरी, काकडभिट्टा, कालिमाटि, कञ्चनपुर, कृष्णनगर, कुश्मा,
लाहान, ललितपुर, रंगेली, रत्ननगर, वालिङ्ग, राजापुर, नारायणगढ, पनौती।


राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु
बैतडी, बझाङ्ग चैनपुर, बाजुरा मार्तदी, बेसीशहर, भद्रपुर, भरतपुर, भोजपुर, डडेल्धुरा, दैलेख, दार्चुला, धादिङ्ग, धनकुटा,
धुलिखेल, दिक्तेल, डोटी, गाईघाट, गौर, गोरखा, गुलेरिया, गुल्मी, इनरुवा, जलेश्वर, जुम्ला, कञ्चनपुर महेन्द्रनगर,
कलैया, खाँदवारी, मंगलसेन, मान्मा, मन्थली, मुगु, नाम्चे बजार, ओखलढुङ्गा, पाल्पा, परासी, राजविराज, सल्लेरी,
सन्धीखर्क, सिमीकोट, सिन्धुली, सिराहा, सुर्खेत, तौलिहवा, तुल्सीपुर, बेलबारी, भैरहवा ड्राईपोर्ट, विराटनगर ड्राईपोर्ट,
बुटवल, चैनपुर, दमक, धरान, दिपायल, गजुरी, गौशाला, कावासोती, लालवन्दी, ललितपुर, लमही, महाराजगंज,
मिर्चैया, फिक्कल, रामेछाप, ठमेल, ठिमी, त्रिभुवन एयरपोर्ट, थापाथली, काठमाडौं, हेटौडा।

सरकारी कारोबार गर्ने एभरेष्ट बैंक लिमिटेड शाखा कार्यालयहरु
नयाँ बानेश्वर, लाजिम्पाट, पुल्चोक, सिमरा, वीरगन्ज आईसीडी ड्राइपोर्ट।
सरकारी कारोबार गर्ने नेपाल वंगलादेश बैंक लिमिटेड शाखा कार्यालय
लिपिङ्ग, तातोपानी।

सरकारी कारोबार गर्ने ग्लोवल बैंक लिमिटेड शाखा कार्यालय
कान्तिपथ, काठमाडौं


अब हेरौं सैद्धान्तिक रुपमा सामान्य कारोबार नभए पनि व्यवहारिक रुपमा यसको कारोबार कसरी हुन्छ, त्यो आजबाट थाहा हुन थाल्छ । साना पसलहरुमा यसको कारोबार नरोकिए पनि ठुला सुपरमार्केटहरुमा यसको कारोबार रोकिन सक्छ । भाटभटेनी सुपरमार्केटले यसको थालनी गरिसकेको छ ।

अब खायो खायो अनि पैसा तिर्ने बेलामा राजाको फोटो भएको नोट दियो भने साना पसलेहरुले के नै गर्न सक्लान् र ? यसैले केहि समय सम्म राजाको नोटले दिक्क पार्ने अवश्था रहिरहेनमा कुनै शंका छैन । किनभने राष्ट्र बैँक कै तथ्याङ्क अनुसार अझै २८ अर्ब २२ करोड रुपैयाँ बराबरका नोटहरु बजार मै छन्।

3 comments:

jivan said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

It is the good job that the baink done. thank you

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

uff ! what is this? It is problem for me.

मीरा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जसरी हुन्छ जनतालाई दुख दिने काम भयो भनेर किन राम्रो कुरालाक्ष्इ पनि नराम्रो भन्ने । यो काम राम्रो हो । कुनै न कुनै दिन राजको नोट फाल्नै पथ्र्यो । जे भयो राम्रै भयो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।