जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

यसरी जल्छन् शहरका घरहरु

एक नेपाली द्धैनिकमा प्रकाशित यी तिन दिनका समाचार हेरौं ।
१० चैत्र २०६७ पनौती नगरपालिका, कपालकोट स्थित राजेन्द्र सुवेदीको घरमा आगलागी हुदा बिस लाख बराबरको क्षती ।
११ चैत्र २०६७ मा बालाजु औद्योगिक क्षेत्रमा निर्माणाधिन चारतले घरमा आगलागी ।
१२ चैत्र २०६७ मा नजिकैको गाईगोठबाट आगो सल्किएर कोटेश्वरको नरेफाँटमा आगो लाग्दा एक करोड बराबरको क्षती ।

यी त तिन दिन भएका अग्नी दुर्घटनाका केहि उदाहरण मात्र हुन् । उल्लेख गर्ने हो भने हामीले भोगेका साना ठुला अग्नी दुर्घटनाको सुचि निकै डरलाग्दो भइसकेको छ । खास गरि फागुन, चैत्र र बैशाख नेपालका गाँउ तथा शहरहरु अग्नी दुर्घटनाका लागि अत्याधिक संवेदनशिल हुन्छन् । गाँउको तुलनामा नेपालका शहरहरुमा यसको जोखिम अझ डरलाग्दो छ । बाक्लो र अव्यवश्थित घरहरु, अवैज्ञानिक विद्युतिय प्रयोग, गाडी झिर्न नसक्ने बाटाहरु, पानीको अभाव, अग्नी सुरक्षा प्रणाली तथा यन्त्रको अभाव, ठुलो जनसंख्या आदि शहरमा अग्नी दुर्घटनाको जोखिमका मुख्य कारकहरु हुन् । यस्ता दुर्घटनाको व्यावश्थापनमा सरकारी उदासिनता भए पनि हामी आफैले पनि सुरक्षाका धेरै उपायहरु अपनाउँन सक्छौ । हामी आफैले पनि थोरै मात्र सचेतता अपनाए यस्ता ठुला दुर्घटनाबाट जोगिने भए पनि हेलचेक्र्याई तथा लापरवाहीका कारण बर्षेनी धेरै जनधनको क्षति भइरहेको छ ।
तथ्याकंले देखाए अनुसार करिब आधा भन्दा बढि घरायासी अग्नी दुर्घटना भान्साबाट सुरु हुन्छ । खाना बसाएर छोड्ने तथा खाना पकाएको समयमा अन्य कुरामा ध्यान दिनाले यस्तो दुर्घटना भएको देखिन्छ । विद्युतिय हुन् वा ग्यास तथा अन्य इन्धनबाट चल्ने खाना पकाउँन प्रयोग गरिने उपकरणहरु, अग्नी दुर्घटनाका कारण बन्न सक्छन् । जस्तैः ग्यास चुहिन सक्छ, तरल इन्धन पोखिएर अथवा ठोस कुराबाट अन्यमा आगो सर्न सक्छ , विद्युतिय उपकरणमा तार तथा सकेटहरु जल्न सक्छन्, आजभोली प्रयोग बढ्दै गएको आधुनिक खाना पकाउँने उपकरण माइक्रोवेभ सही ठाँउमा नराख्दा पनि आगो लाग्ने सम्भावना रहन्छ । यसैले खाना बसाएको समय यसमा ध्यान पु¥याउँन आवश्यक छ । माइक्रोवेभ छ भने यसलाई ठुलो तथा हावाको आवतजावत हुने कोठामा राख्नु आवश्यक छ ।
घरायासी अग्नी दुर्घटनालाई बढाउँने अर्को कारण हो, घरायासी तारजडान । शहरी क्षेत्रमा हुने अग्नी दुर्घटना मध्ये एक तिहाई दुर्घटना यसै कारणले हुने गर्छ । त्रुटीपुर्ण तथा पुरानो घरायासी तारजडानले विद्युतिय प्रयोगका लागि खतरापुर्ण बनाउँछ । पुराना, कमसल र त्रुणीपुर्ण विद्युतिय ‘प्लग’ तथा ‘कर्ड’हरुले नै मुख्यतया अग्नी दुर्घटना निम्त्याउँने गर्दछन् । विद्युतिय ‘कर्ड’हरुको दुरुपयोग, एउटै सर्किटमा धेरै लोड, ‘कर्ड’हरुको कमजोर व्यवश्थापन तथा ‘हाईएक्सटेन्सन एरिया’मा हुने विद्युतको चुहावट आदिले अग्नी दुर्घटना ल्याउँछ । जसलाई थोरै मात्र सावधानी अपनाए पनि घटाउँन सकिन्छ । यसैले घरमा भएका पुराना विद्युतिय उपकरण र तारहरु हटाउँनु नै हितकर हुन्छ । यदि विद्युतिय तारबाट कुनै आवाज आउँने, ‘प्लग’ वा ‘स्विच’हरु एक्कासी तात्ने अथवा झिल्का आउँने भएमा विद्युत कटौती गराई र तालिम प्राप्त व्याक्तिद्धारा र्ममत तथा बदली गर्नु पर्दछ ।
घरमा भएको बल्न सक्ने फोहोर तथा अन्य संग्रहित सामग्रीहरुको कारणले पनि शहरी क्षेत्रमा अग्नी दुर्घटना बढाएको देखिन्छ । यसैले घरमा भएका कागज, कपडा तथा अन्य आगोले बल्न सक्ने फोहोर तथा संग्रहित सामग्रीहरुको सही व्यवश्थापन गर्नु पर्दछ । फोहोरहरुलाई नियमित हटाउँनुका साथै संग्रहित सामग्रीहरुलाई दराजमा भुँइबाट कम्ती चार इन्च माथी (पानी तथा ओसबाट बचाउँन) आगोले नभेट्ने गरेर राख्नु पर्दछ ।
चुरोट सल्काउँन प्रयोग गरिने सलाई, लाइटर तथा कोइलाको कारणले पनि अग्नी दुर्घटना हुन सक्छ । यसैले चुरोट सल्काए पछि तथा धुमपान पछि चुरोटको ठुटोलाई राम्ररी निभाएर व्यवश्थित गर्नु पर्छ । भान्सामा प्रयोग हुने ग्यास सिलिण्डरलाई चुलो भन्दा कम्तिमा २ मिटर टाढा राम्रोसँग कुनै ठाँउमा अड्याएर राख्नु पर्छ । सिलिण्डर माथी फिल्टर तथा अन्य कुनै बस्तु राखिएको छ भने तुरुन्त हटाउँनु पर्छ । सिलिण्डर माथी कुनै बस्तु राख्नु खतरायुक्त हुन्छ । घरमा आगलागीको सुचना दिने घण्टी तथा साइरन, आगो नियन्त्रणमा लिने उपकरणहरु र आपतकालिन ढोकाहरु राख्नु बुद्धिमानी हुन्छ । ति उपकरण राखिसके पछि पनि ति उपकरणहरुलाई समय समयमा परिक्षण गर्ने गर्नु पर्छ । अग्नी नियन्त्रक तथा दमकलको सम्पर्क नम्बर लिएर सबैले सजिलै थाहा पाउँने ठाउमा राख्नु पर्छ ।
यति सुविधा अपनाउँदा अपनाउँदै पनि अग्नी दुर्घटना भइहालेमा निम्न उपाय अपनाउँनु पर्छः
१. आगलागी पछि आत्तिने, जताततै कुद्ने, भारी सामान बाहिर निकाल्न खोज्ने, आगो ठुलो छ भने एक्लै बहादुर भई आगो निभाउँन तिर लाग्ने गर्नु हुदैन । सबैलाई बाहिर निकालेर सुरक्षित भई आगो नियन्त्रणमा लिने प्रयास गर्नु पर्छ ।
२. विद्युतिय उपकरणबाट आगो सल्किए घरको विद्युत काटिदिने । अर्को पटक सोही उपकरण मर्मत पछि मात्र प्रयोग गर्नु पर्छ ।
३. ग्यासबाट आगो सल्किएको हो भने तत्कालै घरबाट बाहिरिएर सुरक्षित हुने किनभने यस्तोमा ग्यास सिलिण्डरको विष्फोट हुने सम्भावना रहन्छ ।
४. कसैलाई आगोले डडाउँदै छ भने कम्बल, जुटको बोरा जस्ता छिट्टै आगोले नभेट्ने कुराले लपेटी आगो निभाएर प्राथमिक उपचार गर्दै अस्पताल लानु पर्छ ।


0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।