जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

ट्राफिकले दियो पेन्टरलाई नयाँ बर्षको उपहार


सरकारी कामकाजहरु क्रमश हस्तलिखितबाट कम्प्युटराइज्ड (Computerized) हुदै जाँदैछ । हस्तलिखित कामकाजलाई अहिले परम्परागत कामकाजी तरिका मान्ने दिन आउँदैछ । तर पनि किन हो सबै कुरा नयाँ प्रविधी तिर सिफ्ट (Shift) भए पनि हाम्रो ट्राफिक नियम भने नयाँलाई आत्मसाथ गर्न चाहदैन । अब फेरि नयाँ बर्षको पहिलो दिन देखि सवारी साधनमा भएको डिजीटल नम्बर प्लेट (Digital Number Plate) हटाउँने भएको छ । एसो सोझो हिसाबले सोच्दा त कतै ट्राफिकका आफन्तले नम्बर प्लेट लेख्ने व्यावसाय सुरु गरेका छन् कि जस्तो पो लाग्छ । होइन भने राती बत्तिको उज्यालोमा पनि चम्किएर सजिलै देखिने डिजिटल नम्बर प्लेट किन हटाउँनु परेको होला ? नहटाए अझ पाँच हजारसम्म जरिवाना लाग्ने रे ।




विस्तृत समाचार :
महानगरीय ट्राफिक प्रहरी महाशाखाले गएको फागुन महिना देखि हटाउन शुरु गरेको डिजिटल नम्बर प्लेट आज बाट कडाइका साथ लागू गर्ने भएको छ । चरणबद्ध रुपमा शुरु भएको नो डिजिटल नम्बर प्लेट पहिलो चरणमा दुई सय रुपैयाँ जरिवानामार्फत कारवाहीलाई अगाडि बढाएको महाशाखाले तेश्रो पटकसम्ममा पनि नम्बर प्लेट नबदल्ने सवारीलाई मोबाइल कोर्ट अनुसार पाँच हजार रुपैयाँसम्म जरिवाना गर्ने बताएको छ। 

डिजिटल नम्बर प्लेटका कारण सवारी पहिचानमा समस्या आएपछि महाशाखाले गएको फागुनमा यथाशिघ्र नम्बर प्लेट बदल्न सबै सवारीलाई निर्देशन दिएको थियो। तर समयअभावका कारण सर्वसाधारणलाई डिजिटल नम्बर प्लेट हटाएर हाते नम्बर प्लेट बनाउन समय लागेपछि महाशखाले उक्त म्यादलाई फागुन मसान्तसम्मको लागि सारेको थियो। फागुन मसान्तसम्म पनि सर्वसाधरणले समय अपुग भएको गुनासो गरेपछि त्यसलाई फेरी बढाएर चैत मसान्तसम्म बनाएका थियो। डिजिटल नम्बर प्लेट हटाउन ट्राफिक प्रहरी महाशाखाले ३-४ दिन पहिले अध्ययन गरि सकेको छ । 




अध्ययन अनुसार अब करिब एक प्रतिशतलेमात्र नम्बर प्लेट बदल्न बाकी राखेको महाशाखाले जनाएको छ । करिब साढे पाच लाखको हाराहारीमा सवारी भएको उपत्यकामा करिब ६० प्रतिशत सवारीमा डिजिटल नम्बर प्लेट लगाइएको थियो। यस्ता डिजिटल नम्बर प्लेट दिउसोको समयमा टल्कने र रातीको समयमा सवारीको बत्तीका कारण नदेखिने हुनाले सवारी पहिचानमा समस्या आएको भन्दै महाशाखाले गएको माघमा सार्वजनिक सुचना जारी डिजिटल नम्बर प्लेटको ठाउमा हाते नम्बर प्लेट राख्न निर्देशन दिएको थियो।

1 comments:

Binod Gadal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

useless work. it should be called PRATIGAMANKARI.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।