जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

नैतिक सुख्खापन र नफलेको संविधान

-रामजी बलामी-
बलेको आगोमा घ्यु थप्न हातमा चम्चा लिएर बसेका दलहरु अब अन्तिम चरणमा आएर एकअर्कामा दोषारोपण गदैै आफु चोखिने बहाना खोजिरहेका छन् । संविधान निर्माण भन्दा सरकार निर्माणलाई प्राथमिकता दिएर बैठक समेत अवरोध गर्दै आएका सभासदहरुले आगामी जेठ १४ पछि कस्तो प्रतिक्रिया दिने हुन्, हेर्न बाँकी छ । विगतमा जस्तै नाराबाजी गरेर म्याद थपको माग राख्ने हुन् वा अन्य कुनै । म्याद थप्दैमा संविधान बन्छ भनेर ढुक्क हुने अवश्था छैन किनभने यस बर्षको परिणामले अर्को बर्षलाई सन्देश दिइसकेकोछ । गत बर्ष पनि थप गरिएको एक बर्षभित्र संविधान बनाउँछौ भन्ने प्रतिबद्धता नसुनाएका होइनन् तिनले । त्यसैले पनि यो आशा गर्ने ठाउँ अब रहेन ।




संविधान लेखनमा देखिएका विवादित मुद्दालाई टुंगोमा पु¥याउँनु भन्दा कुन दललाई कुन मन्त्रालय दिने भन्ने तारन्तार बैठक भए । सरकार निर्माण र मन्त्रालय बाँडफाँडका बिषयमा गोकर्ण रिसोर्टदेखि सिंहदरबारसम्म पटकपटक छलफल भएपनि संविधानसभा हल भित्र उपस्थिती जनाउँनसम्म सकेनन् । फलस्वरुप गणपुरक संख्या नपुगेर बैठक स्थगीत गर्नुपर्ने अवश्था आयो । यस्तो हुनमा साना देखि ठुला दलहरुले ससाना मागलाई समेत तेस्र्याएर रोस्ट्रम घेर्नु र अनेक बहानामा आन्दोलन गरेर संसद स्थगित गर्न बाध्य बनाउँनुले निर्धारित मितिमा संविधान बन्न नसकेको हो । 

आफ्नो नेतृत्वको सरकार बनाउँने, बजेट ल्याउँने र देश विकासका नाममा व्यक्ति विकासको उद्देष्य राख्नुले नेपालको हालत झन्झन् ओरालो लाग्दै छ । सत्तामा नपुगुञ्जेल यो गर्ने र त्यो गर्ने भनेर आश्वासन बाड्न सिपालु नेताहरु चिल्ला कुर्सीमा पुग्ने बित्तिकै ती सब कुरा भुल्ने मात्रै होइन, आफ्नो छिमेकीलाई समेत चिन्दैनन् ।

रुने र कराउँने  कथा रचेर चिल्ला कर्सीको राजनीति गरिदिँदा साढे दुई करोड नेपालीको भाग्य आज लथालिंग अवश्थामा पुगेको छ । जनताको संविधान बनाउँछौ भनेर शपथ लिई संविधानसभा छिरेका सभासदहरु बैठकमै उपस्थिती नहुनाले कतिपय सच्चा सभासदहरुको समेत बदनामी भएको छ । 



आलु गोदाममा एउटा आलु मात्रै बिग्रेको परे त्यसले सबै आलु बिगार्छ । ठिक त्यस्तै भयो हाम्रो संविधानसभाको हालत । अब कुरा रह्यो जेठ १४ पछि के हुने ?


3 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यी गोरुहरु कहिले पनि सुध्रिदैनन् ।

विनोद हरियाली said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हामी जति कराए पनि यीनीहरुले सुने पो । कस्ता बहिरालाई पठाइएछ बा ,

aananda chaudhari said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

go to hell savasad ho

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।