जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

राष्ट्रसंघले भन्यो, 'रुक्माङ्गद कटुवाललाई कारवाही गर'

प्रधानसेनापतिको पदमा रहेका बेलामा होस् या पदबाट बाहिर रहेका बेला होस् रुक्माङ्गद कटुवालको चर्चामा खासै कमि आएको छ्रैनन् । बेला बेला उनीबाट आइरहने राजनीतिक व्यक्तब्यबाजीका कारण उनी चर्चामा रहिरहन्छन् । पदमा रहेका बेला आफ्नो शक्ति प्रत्यक्ष देखाएका कटुवालको आजभोली शक्ति प्रत्यक्ष नदेखिए पनि उनी बेला बेला घरमा नै पत्रकार बोलाएर आफ्नो प्रचारबाजी गर्न भने छाडेका छैनन् ।

उनलाई प्रधानसेनापतिको पदबाट हटाएकाले तत्कालिन प्रधानमन्त्री प्रचण्डले पदबाट राजिनामा दिनु परेको थियो । जनयुद्धकालमा पनि उनको खरोपनको बेलाबेला चर्चा भने चलिरहेको थियो । अहिले फेरि उनी चर्चामा छन् । कारण न उनको राजनीतिक व्यक्तब्यबाजी होइन, न त कुनै पत्रकार सम्मेलन नै ।

उनको चर्चाको कारण हो । राष्ट्रसंघले कटुवाललाई कारवाहीको दायरामा ल्याउँनु भनेर नेपाल सरकारलाई काटेको पत्र ।
७ बर्षअघि नेपाली सेनाबाट चरम यातना पाएका बाँकेका युवराज गिरीले हालेको मुद्धामा फैसला गर्दै  राष्ट्रसंघीय मानवअधिकार समिति, जेनेभाले सेनाका तत्कालीन मध्यपश्चिम पृतनाका प्रमुख समेत रहेका कटवाल सहित अरु उच्चपदस्थ सैनिक अधिकारीमाथि अनुसन्धान गरी कारवाही गर्न सरकारलाई निर्देशन दिएको हो ।



समितिले गिरीको मुद्दामा आइसिसिपिआरका धारा २.३ (प्रभावकारी उपचारको हक), धारा ७ (यातनाविरूद्धको हक), ९.१ (व्यक्तिको स्वतन्त्रता र सुरक्षाको हक) तथा १०.१ (मानव व्यक्तिको अन्तर्निहित गरिमाको सम्मान) को उल्लंघन भएको ठहर गरेको छ ।

साथै फैसलाले उजुरीकर्ता गिरीकी श्रीमती धनमाया गिरी र तिनका दुई सन्तान यशोदा तथा योगेश गिरीमाथि समेत राज्यबाट यातना भएको ठहर गरेको छ ।

समितिले पीडितलाई प्रभावकारी उपचारको व्यवस्था गर्न र यस सम्बन्धनमा भएको कार्वाहीको प्रगति विवरण तीन महिनाभित्र समितिमा पेश गर्न समेत नेपाल सरकारलाई निर्देशन दिएको एडभोकेसी फोरमले जनाएको छ ।

गिरीलाई २०६१ वैशाख १७ गते बाँकेको कोहलपुरबाट पक्राउ गरी तत्कालीन मध्यपश्चिम पृतना मुख्यालय इमामनगर ब्यारेकमा १३ महिनासम्म गैरकानुनी थुनामा राखेर सेनाले चरम यातना दिएको थियो ।



नेपालमा उपलब्ध सबै कानुनी व्यवस्था प्रयोग गरेपनि न्याय नपाएपछि पीडित गिरीले एड्भोकेसी फोरमको सहयोगमा २०६४ पुस ३० गते राष्ट्रसंघीय मानवअधिकार समिति समक्ष उजुरी दर्ता गरेका थिए ।



के होला त कटुवाललाई कारवाही ? तपाईलाई कस्तो लाग्छ ?

2 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

उफ् उफ् रुक्मागंद कटुवाललाई कारवाही । कसले गर्छ ? यति ठुलो मुटु भएको सरकार नेपालमा बनेको नै छैन । भारतले दिन्छ र ?

श्रीमान अवश्थी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

युद्धका बेला जे भयो भयो । अब ति कुरा नगरौं ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।