जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

मिल्दो रंगको जोडी

- कृष्ण बजगाईं-
शभा, सेमिनार, पार्टी, भोजमा सर्वत्र देखिने युगल जोडी देखेर धेरै जना रिशले डाहा गर्दथे । त्यो भन्दा बढी इष्र्या र डाहा त उनीहरुले लगाएको महँगा कपडा र गहनामा हुन्थ्यो । अरुलाई झन् औडाहा हुने कुरा चाहीं दुवैको ड्रेसको अनौठो कलर म्याचिङ थियो ।

लोग्नेको सुटसँग श्रीमतीको स्याण्डिलको कलर म्याच भएको देखिन्थ्यो । स्वास्नीको लिपिष्टिकको कलर र लोग्नेको टाईको कलर म्याच भएको देख्थे मानिसहरुले । स्वास्नीको हाते घडीको फित्ता र लोग्नेको कम्मर पेटीको कलर म्याचिङ देखिन्थ्यो ।
झन् श्रीमतीको कपालको रंग र लोग्नेको दाह्रीको गज्जबको कलर म्याचिङ देखिन्थ्यो । यो अजिब कलर म्याचिङलाई केही समयदेखि मानिसहरु नियाली रहेका थिए जो उनीहरुको लागि रहस्यमय लाग्दथ्यो ।



हेर्दा हेर्दै समय समयमा लोग्नेले दाह्रीमा थरी थरीका रंग दलेर जोकर जस्तै भएर हिँडेको देखियो । यस्तो बहुरुपी कार्य किन गर्छन् ? सबैलाई आश्चर्य भैरहेको थियो । पछि थाहा भयो श्रीमतीको कपालसँग उसको दाह्रीको कलर म्याच गराउनु पर्दा यस्तो हुँदो रहेछ ।



किन त श्रीमतीको केशसँग लोग्नेको दाह्रीको कलर म्याच गराएको ? थाहा भो लोग्नेको केश नै रहेनछ ।

किन यस्तो जोकरको जस्तो कार्य गर्न बाध्य पारियो त ? मानिसहरु गम खाँदै थिए । पछि थाहा भो उनकी कान्छी श्रीमती महिला पुरुष बराबर भन्दै हिंड्ने चल्तापुर्जा महिला अधिकारवादी नेतृ रहिछिन् ।

3 comments:

कैलाश लिम्बु said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

राम्रो छ ।

कविन्द्र साँवा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

खासमा लघुकथाको नियम हुन्छ कि ? छोटाकथालाई नै लघुकथा भनिन्छ हँ ?

विक्रम श्रेष्ठ said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

छोटा कथाहरु नै लघुकथा हो नि । लघुको अर्थ छोटो, सानो वा मसिनो हुन्छ । त्यसकारण लघुकथा भन्नाले छोटो कथा भन्ने नै बुझाउँछ । तर कति सम्म छोटो वा कति शब्द वा हरफको हुनुपर्छ भन्ने चै थाहा भएन । कसैलाई थाहा छ कि ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।