जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

सरकार भन्दा शक्तिशाली मिडिया हाउसहरू


धनलक्ष्मी झुठ र भ्रमको व्यापार हो, यो प्रमाणित भईसकेको छ । र, यसलाई रोक्न सरकारले आदेश दिइसकेको छ । तर सरकारले ठगी प्रमाणित गरेर त्यसलाई रोक्न निर्देशन दिदा पनि अटेर गरेर बसेका छन्, आफुलाई ठुला र जिम्मेवार बताउँने सञ्चारमाध्यमहरु । तर कसैले आफुलाई शक्तिशाली मानेर यो मुलुकमा म यस देशको कानुनै मान्दिन, सरकारले दिएको निर्देशन नै मान्दिन भन्न पनि सक्दो रहेछ । अटेर गरेर सरकारलाई र मिचेर कानुनलाई खुला लुट मच्चाउँनेहरुको जय गाईरहन पनि पाइने रहेछ । र, र्याल चुहाईरहन पनि मिल्ने रहेछ । देशको व्यवश्थालाई खुला चुनौति दिएर अझै बजिरहेछ नेपालका टिभीहरुमा धनलक्ष्मी यन्त्र नामको झुटो र भ्रामक व्यापारको प्रचार । हेर्नुहोस् ठगीको श्रृंखला, ठगीमा सहभागीहरु र ठगीएका सोझा नेपालीहरु भिडियोमा


स्मरण रहोस्, सरकारले धनलक्ष्मी यन्त्रको प्रचार नबजाउँन असार २ गते टेलिभिजन ब्रोडकास्टर्स नेपाललाई पत्र लेखिसकेको छ । तर सो पत्रको अवज्ञा गर्दै कान्तिपुर, एभिन्यूज, इमेज लगायतका च्यानलहरुबाट आजका मितिसम्म पनि धनलक्ष्मी यन्त्रको प्रचार बजिरहेको छ ।

पहिले शिवशक्ति अहिले धनलक्ष्मी



यो भन्दा अघि यस्तै किसिमको यन्त्र नेपाली सञ्चारमाध्यमबाट बज्ने गथ्र्यो, शिवशक्ति यन्त्रको नाममा । यो शिवशक्ति कवच धनलक्ष्मीको उत्पादन गर्ने भनिएको सप्तऋषी संस्थानकै उत्पादन थियो । जसबाट लाखौंको ठगी भएको सरकारले प्रमाणित गरिसकेको छ । धनलक्ष्मीकै जस्तो शैलीमा फर्जी मानिसहरुबाट महिमा बकाएर गरिएको थियो शिवशक्तिको प्रचार । यसले नेपालीहरुबाट करिब ७ करोड रुपैया उठाएर भागेको खुलासा भएको छ । कैलाली टिकापुर गाविस वडा नं. ९ मा स्थायी बसोबास भएका ह्रदयजंग शाहीको नाममा दर्ता भएको टेलि पर्फर्मेन्स नेपालको नामबाट शिवशक्ति कवचले नेपालीहरुलाई लुटेको थियो । यसको कारोबारमा भएको अध्ययनले ८० लाख ९२ हजार २ सय ८२ रुपैया कर छलेको सरकारले पुष्टि गरेको छ । यही कसुर वापत यसको व्यापार बन्द गरेको थियो प्रशासनले ।

अझ प्रेस विज्ञप्ती प्रकाशन गरेर चोखिने उद्यम गर्दैछ, मुख्य ठग सप्तऋषी संस्थान । आजको कान्तिपुरमा प्रकाशित उसको प्रेस विज्ञप्ती हेनुहोस्Photobucket

झुठ र भ्रमको आडमा गरिने किनबेचलाई वास्तवमा व्यापार भनिदैन, त्यो ठगी हुन्छ । र, नेपालको कानुन अनुसार ठगी गैरकानुनी कार्य हो । ठगी गर्ने तथा ठगीलाई प्रोत्साहन गर्ने सबै दण्डनिय हुन्छन् । तर स्वतन्त्र पत्रकारिताको हवाला दिदै पुर्ण ठगीका यस्ता कार्यमा सक्रिय सहभागी सञ्चारमाध्यम दण्डका हकदार होइनन् ? के ति सरकार र कानुनको पकड भन्दा माथि छन् ?

न्युज२४ का प्रेम बाँनियाले तयार पारेको रिपोर्ट हेनुहोस्




थप भिडियोहरु हेर्न भित्र आउँनुहोस्

पैसामा र्याल चुहाउँदै ठगीमा मतियार भएका सञ्चारमाध्यमलाई कारवाही होस् । नेपालीहरु अझै नठगीउन् ।


13 comments:

लक्ष्मण अर्याल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अबुई, पत्रकार पो हो त । चानचुने मान्छे हो र ? अनि फेरि कान्तिपुर । के को टेर्नु ? देश चलाउँने नै कान्तिपुर । बजेट बनाउँने नै कान्तिपुर । नेता बनाउँने नै कान्तिपुर । कानुन यस्तो बनाउँनु पर्छ भन्ने नै कान्तिपुर अनि ।

निलम विश्वास said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मिडियाहाउसहरु अनुत्तरदायी भए पछि कसको बाउको के लाग्छ र ?

सुबोध फुजेल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जसको शक्ति उसको भक्ति

तुलसा खड्का said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जब पैसा बोल्छ, तब सत्य लुक्छ रे, कुनै महान् मानवले भनेको ।

सन्तोष न्यौपाने said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सरकार निकम्मा हो । सरकारको आदेश नमान्ने सबैलाई कारवाही गर्नु पर्छ । ठग हो भन्ने जान्दाजान्दै त्यसकै तारिफ बोल्ने ठगका मतियारहरु हुन् । तिनीहरुलाई कारबाही हुनु पर्छ ।

रकम थामी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यस्ता मिडियाको म त समाचारै हेर्दिन अब । लौ जा ।

गरिमा बस्नेत said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पहिले शिवशक्ति कवच आयो, ठगेर गयो ।
अहिले महालक्ष्मी यन्त्र आयो, धमाधम ठग्दैछ ।
ठगिनेहरु मुर्ख मात्र होइनन्, ति सोझा नेपाली नागरिक हुन् । तिनीहरुले क्षतिपुर्ति पाउँनुपर्छ । यसका लागि ति मिडियाहाउसहरुबाट पनि असुल्नु पर्छ । नत्र रोक्नु भन्दा भन्दै पनि किन बजाउँछन् । यो प्रचार ?

रविन यादव said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

धन्यवाद, न्यूज २४, जसले पैसाको पछि नलागि सत्य खबर प्रेसण गरिरहेछ । हामी साथसाथै छौ । साधुवाद प्रेम बानियाज्यूलाई पनि ।

अग्नि प्रसाद देवकोटा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अहिलेसम्म यो सप्तऋषी संस्थान भन्ने ठग संस्थाले कतिलाई बक्रा बनाइसकेको छ । त्यसको खोजी हुनुपर्छ । जसजसले विज्ञापन बजाएका छन् तिनीहरुबाट पनि त्यो असुल्नु पर्छ । कुनै पनि ठग तथा गैरकानुनी काम गर्ने कसैले पनि उन्मुक्ति पाउँनु हुन्न । चाहे त्यो सामान्य नागरिक होस् या ठुला ठुला मिडिया हाउसहरु । यस्ता कुरामा कारवाही गर्दा प्रेस माथि दमन भन्छन् भने तिनीहरुलाई पनि कठघरामा उभ्याउँनु पर्छ ।

रमानन्द मिश्र said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो त सरकारको दायित्व हो । सरकारी कार्यालयमा दर्ता भएका कुनै पनि संस्थाले ठगी गर्छ भने त्यसको बिगो सरकारले तिर्नु पर्छ । नत्र किन लिइन्छ दर्ताको शुल्क ?

विनोद बोगटी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

धन्न हामी नेपाली । संसारभरका मुर्गा । जसले पनि सजिलै ठग्न सक्छ । त्यो ठाँडोले त्यस्तै धनि बनाउँने भए, त्यसलाई चै पैसाको छेलोखेलो भएर हामीलाई बेचेको हो र ? जति निस्किन्छ, त्यसले नै राखिहाल्छ नि ।

रश्मी श्रेष्ठ said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

विनोदजीको कुराले मलाई एउटा कुराको याद आयो । तराई तिर सर्प पकड्ने मानिसहरु आउँछन् । सर्प पकड्छन् र सर्पको मुखबाट सानो मोती जस्तो कुरा निकालेर मणि हो भन्छन् । सोझा मानिसहरुलाई यो घरमा राख्यो भने सह जाग्छ, पैसा मुला त कति कति भनेर बेच्छन् । हासो लाग्दो कुरा, त्यो घरमा राख्ने बित्तिकै पैसा ओइरिने भए तातो घाममा सर्प खोज्दै त्यो किन हिड्थ्यो । सर्पको मणि त्यसले नै घरमा राख्थ्यो र आनन्दले जिन्दगी बिताउँथ्यो । तर मानिसहरु केही सोच्दैनन्, यतिमा दे भनेर दलाल पो गर्छन् ।

यदि साँच्चै मणि हो भने किन दलाल गर्नु ? जति पैसा तिरेका भएपनि घरमा लगे पछि पैसा आइहाल्छ, त्यै मणिको कृपाले । होइन विश्वास छैन भने किन्नु चै किन ? त्यै भइहाल्छ कि भनेर ? धत् मुर्ख ।

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

साथीहरुले बहस राम्रो बनाउँनु भएको रहेछ, खुसी लाग्यो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।