-भीम राई, मोरङ-
असार १५ को अवसर पारेर सर्वसाधारण देखि देशका प्रधानमन्त्रीसम्मले देशमा अन्न (धान) धेरै होस् भनेर कामना गर्दै हिलोमा दौडेको, धानका बिउ रोपेको र हिलो छ्यापाछ्याप गरेको रमाइलो दृष्य देख्न पाइयो । अझ अर्थमन्त्री भरतमोहन अधिकारीले त यसै अवसरमा नेपालमा तिनबर्ष भित्र खाद्यान्नमा आत्मनिर्भर पारी आयात गर्न नपर्ने अवश्था श्रृजना गर्ने भन्न पनि भ्याएछन् ।
माथिको शिर्षक प्रसंगमा जाउँ । यो कुनै किराना पसलको खाद्यान्न भाउको विज्ञापन होइन । म हालै मेरो घर मोरङको केचना गएको थिए । एक हप्ता बसाईमा के थाहा भयो भने यो पाली धान अन्य बर्ष भन्दा धेरै फलेको रहेछ । मेरै दाईले पनि लगभग एक बिघा जमिनमा (साधारणतया, बर्खेबाली धेरै लगाईदैन हाम्रोतिर, भाउ पाए पो लगाउँनु ) हजारबिजी नामको धान ८५ मन फलाएछन् । हिउँदे धान ४० देखि ४५ मन मात्रै फल्छ । बर्खे धान खान खासै नराखिने हुँदा (बर्षभरि खान हिउँदे धान राखिन्छ ।) एक स्थानिय काँटावाल काकालाई धान दिइएको रहेछ ।
उनी घर आई धान तौलन सुरु गरे पछि धान र अरु खाद्यान्नको भाउ के भनि सोध्दा उनले खै के गर्ने नानी । म आफै किसान पनि, व्यापारी पनि हो । तर, मै धान किलोको १० रुपैयामा किन्छु । त्यही धानको भुस १२ रुपैयामा बेच्छु । अब के गर्नु ? पो भन्छन् । उनको भनाई अनुसार मुलुक खाद्यान्नमा परनिर्भर छ भनेर कसरी भन्ने ? मोरङ र झापाका गाउँहरुमा धानको भाउ पाइएन भनि किसानहरु पिरोलिएका छन् ।
यहाँनिर के महत्वपुर्ण सवाल उठ्छ भने मुलुकलाई खाद्यान्नमा परनिर्भर बनाउँन किसानहरुले चामलका लागि धान फलाउँने कि ? भुसका लागि धान ? आर्थिक दृष्टिकोणले हेर्ने हो भने किसानले मिहिनेत नगरि धान रोपे भो किनभने त्यसबाट धान होइन भुस फल्छ । अनि त्यसको दाम पनि धान भन्दा बढि पाइन्छ । सारा किसानले यसो गरे भने अर्थमन्त्रीले भने जस्तो खाद्यान्नमा आत्मनिर्भरता होला ?
यही देशका कर्णाली क्षेत्रका मानिसहरु सालिन्दा अन्न अभावले भोकमरी र कुपोषणका शिकार हुन्छन् । यसको ज्वलन्त उदाहरण २०६४ साल असार १३ गते दैलेखमा विश्व खाद्यान्न कार्यक्रमले सञ्चालन गरेको कामका लागि खाद्यान्न अन्तर्गत लगिएको ६ सय ९५ क्विन्टल चामल नष्ट गर्न खोज्दा स्थानियले नदिई आफै लगेका थिए । त्यो चामल पशुलाई दिन पनि हानिकारक थियो भन्ने रिपोर्ट आएको थियो ।
मानवशास्त्री सौभाग्य शाहका अनुसार त्यो अवश्था खाद्यान्न अतिरिक्त उत्पादन हुने तराई प्रदेशबाट भौगोलिक दुरी र मोटर यातायातको अभावका कारण देखा परेको थियो भन्न सकिन्छ । तराईको खाद्यान्न पहाड वा कर्णालीतिरका जनतासम्म पुर्याउँने कुनै त्यस्तो सरकारी संयन्त्र छैन हामीसँग ? जहिले पनि किसानको धानको मुल्य चाँही १० रुपैया भइरहने अनि सहरमा त्यही धानको मुल्य ५० देखि माथि कहिलेसम्म भइरहने ?
शाहको भनाई सार्थक विकासको परिकल्पनामा मानवलाई पुँजीका रुपमा हेर्नु पर्छ न कि बोझ वा दायित्वका रुपमा भन्ने हेक्का राखुन् नेता तथा व्यापारीहरुले ।
see more video on paniphotovideo store

6 comments:
यस्तै हो । जबसम्म कृषकले नै आफ्नो अन्नको भाउ राख्न पाउँदैनन्, तबसम्म यस्तै हो । जसलाई जति भने पनि त भयो नि । उनीहरुले दुख गर्ने होइन, मोल मात्रै त तोक्ने हो नि ।
दुख गरेर फलाउ अनि पसलमा गएर अरुलाई सोध अनि आउँछ त भाउ । यस्तो गरि त आउँमात्रै आउँछ ।
अब धान मिलमा लाने कुटेर भुस पार्ने अनि बेच्ने ।
दुख गर्ने एउटा मोलतोल गर्ने अर्को अनि कसरी विचार र मुल्य मिल्छ ?
it is the sorrow of farmer.
I like it.
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।