जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

पूर्वराजाको चहलपहल र विशेष दिवसहरु

ज्ञानेन्द्रले उनको जन्मदिनमा दिएको विज्ञप्ती या अन्तर्वार्ता र अस्ति भर्खर धान दिवसमा प्रधानमन्त्री झलनाथ खनालले रोपाई गरेको कुरामा केही फरक छैन । झलनाथले धान रोपे न उनलाई त्यो धान फलेर केही गर्छु भन्ने छ, न उनले त्यो धानबाट खेतमुलीले आम्दानी गर्नसक्छ भन्ने विश्वास नै । प्रधानमन्त्री हुन्, दिवसमा बोलाए, के गर्ने सोधे, अनि धान रोपीदिए । बस् कुरा सकियो । त्यति हो, ज्ञानेन्द्रले उनको जन्मदिनमा गरेका कुराहरुको अर्थ पनि । त्यसमा विशेष अन्य कुरा केही छ भने मात्र सत्ताच्यूत हुनुको छटपटी । 



पहिलो कुरा हामी निकै दिवसहरु मनाउँछौ । वातावरण दिवस, मानवअधिकार दिवस, कानुन दिवस, शिक्षा दिवस अनि बर्षदिन भरि आईरहने यस्तै धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवसहरु । कतिपय दिवसहरु हाम्रा कानसम्म आईपुग्दैनन् । तर कतिपय दिवसले भने मिडियामा यति धेरै चर्चा पाउँछन् कि हामीलाई त्यो दिवस कुनै बिशेष पर्व जस्तो लाग्न पुग्छ । यस्ता दिवसहरुको लगभग समान किसिमका कार्यक्रमहरु हुन्छन् । केही मानिसहरु पर्चा तथा ब्यानर बोकेर शहरका सडक सडकमा हिड्छन् । केही मानिसहरु पत्रकार तानिने कार्यक्रम गर्छन् । कसैले नेता तथा मन्त्री बोलाउँछन् र छापा तथा अन्य मिडियामा फलाना नेता या फलाना मन्त्रीले यो बोले भनेर मुख्य समाचार बन्छन् र समाचारको अन्त्यमा थोरै कार्यक्रमको बारेमा समाचार बन्छ । कार्यक्रम सफल भएको निष्कर्षमा पुगिन्छ ।




तर हामी सबैलाई थाहा छ अनि त्यस्ता एकदिने तथा साप्ताहिक कार्यक्रम गर्ने आयोजक तथा प्रायोजकलाई पनि थाहा हुन्छ, एकदिने कार्यक्रमले केही लछारपाटो लाग्दैन भनेर । आकाश भन्दा माथि पुग्ने कार्ययोजना भोलीपल्ट नै धर्तीमा कहाँ बिलाउँछन् तिनीहरुको अत्तोपत्तो हुँदैन । यो यस्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवसहरुको नियती हो । र, केही हदसम्म तिनै दिवसलाई भजाएर कमाउँन पल्केकाहरुको नियत ।

वास्तवमा यो विषय उठान हिजो र  आज सम्भववतः भोली र पर्सी पनि देखिएका, देखिइरहेका तथा देखिन सक्ने समाचार तथा रिपोर्टका लागि हो । हामी धेरैले हिजो र कतिपयले आज थाहा पाइयो, हिजो जनताको शक्ति र सकारात्मक विचारले फालिएका ज्ञानेन्द्रको जन्मदिन रहेछ । ज्ञानेन्द्रले आफ्नो जन्मदिनमा यो भने वा त्यो भने । यीनको कुराको यो वा त्यो अर्थ लाग्छ भनेर रिपोर्टहरु आउँन थालेका छन् ।

यी सबै क्रियाकलाप, समाचार तथा रिपोर्टहरुको तुलना गर्ने हो भने यो ठ्याक्कै दिवस मनाएको क्रियाकलापसँग मिल्दछ । फरक यति हो, अन्य दिवसमा नेता, मन्त्री तथा विज्ञहरु बोलेको प्रचार हुन्थ्यो आज ज्ञानेन्द्र बोलेको प्रचार भइरहेछ ।



ज्ञानेन्द्र फालिएकै भएपनि कुनै समय शासन चलाएका मानिस हुन् । मानिसहरुको तथा मिडियाको नजरमा आफ्नो अस्तित्वको सूचना दिनु उनको सौख हुन सक्छ । यसैले मौका पाए । पत्रकार तथा आसेपासे भेला गरे अनि कुनै मन्त्री तथा नेताले दिवसका अवसरमा भाषण गरे झै गफ दिए । यसमा ठुलो कुरा भएकै केही छैन ।

ज्ञानेन्द्रले उनको जन्मदिनमा दिएको विज्ञप्ती या अन्तर्वार्ता र अस्ति भर्खर धान दिवसमा प्रधानमन्त्री झलनाथ खनालले रोपाई गरेको कुरामा केही फरक छैन । झलनाथले धान रोपे न उनलाई त्यो धान फलेर केही गर्छु भन्ने छ, न उनले त्यो धानबाट खेतमुलीले आम्दानी गर्नसक्छ भन्ने विश्वास नै । प्रधानमन्त्री हुन्, दिवसमा बोलाए, के गर्ने सोधे, अनि धान रोपीदिए । बस् कुरा सकियो । त्यति हो, ज्ञानेन्द्रले उनको जन्मदिनमा गरेका कुराहरुको अर्थ पनि । त्यसमा विशेष अन्य कुरा केही छ भने मात्र सत्ताच्यूत हुनुको छटपटी । 

यसैले बिग्रिएका नेतालाई सपार्न ज्ञानेन्द्र चाहिदैन । इतिहास अगाडी बढिसक्यो अब पछाडी फर्कनु भनेको ज्ञानेन्द्रको सत्ताच्यूत देखिको अवधिको आफ्नो आयू बेहोस भएर खेर फाल्नु जस्तै हो । ज्ञानेन्द्र कसैको आवेगमा फालिएका थिएनन् । जनताको एकता, जनताले आफ्नो सार्वभौम अधिकार पाउँनका लागि गरेको आन्दोलनको परिणामले उनी फालिएका थिए । अब दलको विकल्प ज्ञानेन्द्र कदापि हुन सक्दैनन् । दलको विकल्प दलहरु नै हुन्छन् । यो सबैलाई चेतना होस् । ज्ञानेन्द्रले यो बुझे भने उृनको पनि रक्तचाप बढ्ने छैन ।


6 comments:

sagar raj kunwar said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बल्ल ज्ञानेन्द्रको बुद्धी पलाएछ । "असल सारथी राख्न नसक्दा उनको दुर्गती भएको हो ।" यदी राजनितिकदलहरुको चालामाला, तौरतरिका यस्तै हो भने । "ज्ञानेन्द्रलाइ जनताले Welcome गरे हुन्छ ।"

bina karki said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हैन सागरजी जती नै भए पनि अब नेपालमा राजा आउदैन । यो कुरामा ढुक्क हुनुहोस । # ज्ञानेन्द्र कसैको आवेगमा फालिएका थिएनन् । जनताको एकता, जनताले आफ्नो सार्वभौम अधिकार पाउँनका लागि गरेको आन्दोलनको परिणामले उनी फालिएका थिए । अब दलको विकल्प ज्ञानेन्द्र कदापि हुन सक्दैनन् । दलको विकल्प दलहरु नै हुन्छन् । #paniphoto

sagar raj kunwar said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

mero matlab rajtantra lyaunuparchha vanne pani hoina tyasto rajtantra jasle janatalai puranai duniyama laijawos.

yubaraj bhattarai said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

I see him more intelligent than before....Though not being The King he has right to speak about National affairs of Nepal as a common citizen.....Nepali people always run after the discourse created by Media....I think he was not wrong as expressed in mass by media...All he did according to the demand of situation.....So I hearty request all of you to compare him with other contemporary anarchists...We must fell ourselves fortunate that we were ruled by the King like Mahendra, Birendra and Gyanendra who did not surrender to foreigners like chief and idiot Nepali Leaders.....

asok pokharel said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

desh ko chinta sabai lai6 auni lai hunu sobhabik kura ho

ganesh Shaha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Gari khanelai ta tikai thiyo ni tyasbela . Rajtantra jastai aru kunai byabastha aaula tara rajtantrako ta aba kalpana nai garna sakinna.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।