संघियताको बहसले हिजोआज प्राथमिकता पाउँन थालेको छ । जातियताको आधारमा छुट्याइने भनी गरिएको प्रस्तावको अलि नमिल्दो वर्गीकरणलाई भिन्न ढंगबाट बहस गर्न थालिएको छ । यसै सन्दर्भमा संघिय राज्यलाई कसरी आर्थिक रुपमा सम्पन्न गर्ने, स्रोतको वाँडफाँड कसरी गर्ने भन्ने बारेको छलफल थियो लमजुङमा । लम्जुङवासी ललितपुर जिल्लामा बनेको बोतलको पानी पिउँछन् । लमजुङवासीका पसल, होटलमा उपत्यकाको पानी जान्छ । अझ लमजुङको एउटा संघियताको सम्बन्धी कार्यक्रममा टेवल टेवलमा राखिएको बोतलको पानी ललितपुर जिल्लामा बनेको थियो । हामीले पिईरहेको पानी ललितपुर जिल्लामा उत्पादन भएको देखेपछि म सोच मग्न भएँ । हामी लमजुङ लिल्लामा बसेर लगभग २०० किलोमिटर टाढाबाट ल्याइएको पानी खाइरहेका छौ । कल्पना गरे, यातायात र श्रमसगै ललितपुर सहरबाट हिडेको पानी चक्रपथलाई पछि पार्दै थानकोटबाट त्रिशुली र मर्स्याङ्दी किनार पृथ्वीराजमार्ग हुँदै बेसीसहर पुगेको छ । चेपे, मर्स्याङ्दी र दोर्दी नदीहरु र बाटाका छहरा हाँस्दाहुन्, लमजुङे देखेर र भन्दा हुन पानी पनि केन्द्रकै खान्छन् भनेर ।
चित्त दुखाई ललितपुरको उत्पादकसँग होइन हामी आफैसँग हो । हामी माआवादीले प्रस्ताव गरेको नेवाः स्वायत राज्यको पानी तमुवान राज्यमा बसेर खान विवस अनि लाचार छौ । मैले ब्यक्त गर्न खोजेको के हो भने एक लिटर पानी जो ललितपुरबाट त्यती धेरै टाढा यातायात र श्रम खर्च गरेर पुग्नु भन्दा लमजुङमानै कसैले यस्तो पानी उद्योग खोलेर सेवा दिए हरेक हिसाबमा उपयुक्त हुदो हो ।
मैले एउटा यस्तै उदाहरण सोलुखुम्बुको लुक्ला पुग्दा देखेको थिँए । पहिला काठमाण्डौबाट जहाज चढेर सोलुखुम्वु पुग्दा एक लिटर पानी खाइनसक्नु मँहगो हुन्थ्यो । अहिले सगसमाथा क्षेत्रमा नै पानीको उद्योग छ, जहाजले कमसेकम काठमाण्डौबाट महँगोमा पानी ओसार्नु पर्दैन र तुलनात्मक रुपमा सस्तोमा पानी उपलब्ध छ । पर्यटकको कारणले अत्यधिक खपत हुने पानी स्वास्थको हिसावले सफा हुनु भने आवश्यक छ । सगरमाथा पदयात्रामार्ग पछि सबै भन्दा वढि विदेशी पर्यटक भित्राउने अन्नपुर्ण पदयात्रामार्गको प्रवेशद्धार हो लमजुङ । लुक्लामा जस्तै हामीले पनि त्यस मार्गका पर्यटकलाई मात्र शुद्ध र सुलभ पानी पुर्याउन सके हामी आफ्नोपनको गौरब गर्न सक्छौ ।
संघियताको बहस, कार्यशाला र भाषण गर्दै गर्दा हामी लमजुङवासीले पनि यस्तै स–साना कुराबाट नै संघियाताको अभ्यास गर्न सके राम्रो हुन्छ जस्तो लाग्छ । संघियताको प्रारुप सविधानसभाबाट टुङ्गो लागेपछि देशको प्रशासनीक संयन्त्र, आर्थिक व्यवस्था, प्रकृतिक स्रोतको वाँडफाँड र सुरक्षा निकायको पुनःसंरचना कसरी गरिने हो स्पष्ट हुनका लागि केहि कार्यदिशा तयार भएका छन भने अर्को तर्फ राष्ट्रको प्राकृतिकस्रोतको वर्गीकरण, सूचिकरण, संरक्षण सम्बन्धि ठोस नीति आख्तियार गर्नुपर्ने देखिन्छ ।
उ सोत लमजुङ जलस्रोतको हिसाबमा धनी नै मानिन्छ । राष्ट्रकै बिजुली उत्पादनमा ठुलै योगदान पु¥याएको छ । लमजुङ बिद्युत बिकासका कम्पनीका अनुसार बिद्युत उत्पादनको कुरालाई ध्यानमा राख्दा मस्र्याङ्दी, मादी र तिनका सहायक खोलाहरुबाट २ हजार ५ सय देखी ३ हजार मेगावाटसम्म बिद्युत उत्पादन क्षमताको आँकलन गर्न सकिन्छ । लमजुङ भएर बग्ने एउटै मर्स्याङ्दी नदी– मध्य मर्स्याङ्दी र तल्लो मर्स्याङ्दी लगायतका हाईड्रोपावरबाट राष्ट्रको झन्डै ४०प्रतिशत बिद्युत आपुर्तीमा सहयोग पु¥याईराखेको छ । पानी व्यापारलाईृ मेरुदण्ड मानेर लमजुङको विकास कसरी गर्न सकिन्छ भन्नेमा लमजुङे जनताले विशेष ध्यान दिन जरुरी छ । उपत्यकामा अत्याधिक भुमिगत पानीको निस्कासनको कारण जमिन भासीने खतरा रहेको र भुमीगत पानीको सतह तल तल घटदै गईरहेको परिपेक्षमा उल्टै लमजुङबाटनै पानी ब्यापार गर्न सके उपत्यका र अन्य ठाँउमा आफ्नै ब्यापार स्थापित हुन सक्नेछ । जलस्रोतको मात्रै उपयोग गरेर भएपनि लमजुङले पर्याप्त मात्रामा आर्थिक उन्नती गर्न सक्छ ।
आफ्नै जिल्लाबाट वगेका छहरा र खोलानालाबाट पिउने पानी र बिजुली निकाली त्यस प्राकृतिक सम्पदाको मालिक बनि आफ्नै आवश्यकता पूर्ति गरीकन आर्थीक र सामाजीक उन्नती गर्नु अब आवश्यक भईसकेको छ । एक जिल्ला एक उत्पादन जस्तै इलामा “पाँच अ”, गोरख्रामा सुन्तला, डोल्पाको यार्सागुम्वा, जसरी लमजुङले जलस्रोतबाट आफ्नो पहिचान बनाउन सक्छ ।
राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएको औद्योगिक क्षेत्रको योगदान उर्जा सङकट र बिभिन्न औद्योगिक गैरऔद्योगिक तथा वाह्य कारणले गर्दा विगत केहि वर्ष यता खस्कँदो क्रममा रहेको छ । जलविद्युत, पर्यटनमा र कृषि लगायत अन्य धेरै किसिमका उद्योग व्यवसायहरुको प्रसस्तै संभावना रहेको नेपालको औद्योगीक क्षेत्रको विकासको लागि विगतमा गरिएका प्रयासहरु र यसका सम्वन्धित नीति ऐन कानून र यिनका कार्यन्वयनको अवस्थाबाट सन्तोषजनक उपलब्धि हासील हुन सकिरहेको देखिदैन । सरकारले भिन्न ढंगबाट स्वदेशी लगानीलाई आकर्षित गर्दै लैजाने, स्थानीय स्रोत, कच्चा पदार्थ, सीप र साधनको अधिकतम परिचालनमा जोड दिई अर्थतन्त्रमा उद्योग क्षेत्रको जिल्ला र क्षेत्र तहबाट योगदान वढाउने उद्देश्य राखेको छ । त्यसैले लमजुङले विद्युतको उत्पादन पर्याप्त गर्न सके उद्योगको स्थापना भई स्वःरोजगार र रोजगार सृजना भई आर्थिक रुपमा सम्पन्न हुन सक्नेछ ।
5 comments:
संघियताको बहस, कार्यशाला र भाषण गर्दै गर्दा हामी लमजुङवासीले पनि यस्तै स–साना कुराबाट नै संघियाताको अभ्यास गर्न सके राम्रो हुन्छ जस्तो लाग्छ ।
पानी व्यापारलाईृ मेरुदण्ड मानेर लमजुङको विकास कसरी गर्न सकिन्छ भन्नेमा लमजुङे जनताले विशेष ध्यान दिन जरुरी छ ।
संघियताको बहस गाउँ गाउँमा हुँदोरहेछ, सायद कुनै संस्थाको बजेट तह लगाउँन होला । यस्तै भाते गोस्ठीमा सकिन्छन् सबै बजेट तर हात लागि चै शुन्ना ।
विकल्पजी, तपाईले भनेको कुरा एकदम सही हो । स्थानिय स्रोत साधनको सदुपयोग नहुञ्जेल विकाश हुन सक्दैन । विकाश भनेको हातमा मोवाइल र झोलामा ल्यापटप हुनु होइन । स्वालम्बी हुनु नै विकाश हुनु हो ।
संघियतामा विकाश हुन्छ नै भन्ने ग्यारेन्टी छ र ?
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।