जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

पैसा मात्र हुनु पर्छ, जेल भित्र के हुन्न ?

जब मानिसले सभ्य समाजको परिकल्पना ग¥यो, त्यही समय देखि नै कारागारको पनि परिकल्पना भयो । कारागार दोषीहरुले सजाय भुक्तान गर्ने स्थान हो । यसलाई धर्तीको नरकका रुपमा पनि बुझ्ने गरिन्छ । यसैले कारागार वा जेलको बसाई भन्ने बित्तिकै सामान्य मानिसमा दर्दनाक अनुभुती हुन्छ । कहिलै कारागार नदेखेकाहरुको मनमा कारागारको बसाई कौतुहलता र डर मिश्रीत भावना आउँछ । आधुनकि समाजमा कारागारलाई धर्तीको नरक बनाउँने भन्दा पनि यसलाई सुधार गृहका रुपमा परिवर्तन गर्ने कार्यहरु हुदै नभएका होइनन् । तर बाहिरियाहरुले जे भने पनि कस्तो हुन्छ त जेल जीवन ? यही प्रश्नको जवाफमा यहाँ काठमाण्डौको एक जेलमा दुईबर्ष कैदी जीवन बिताएर आएका पूर्वकैदीको अनुभव समेटिएको छ ।


म दुई बर्षअघि ज्यान मार्ने उद्योगमा कारागार गएर तीन महिनाअघि रिहा भएको हुँ । साथीहरुबिच भएको खुकुरी हानाहानमा एउटा साथी घाइते भएपछि म पक्राउ परेको थिएँ । जेल पुगेपछि मैले देखेँ, त्यहाँभित्र आफ्नै दुनियाँ छ । अलि पैसा र पहुँच हुने कैदिको बाहिरको भन्दा भित्रको जिन्दगी मोजले चल्छ । जेल भित्र के चाँही हुदैन ? बस्, आफ्नो पहुँच पुर्‍याउँनु पर्छ । पहिला चौकिदार, नाइके र भाईनाइकेलाई आफ्नो पक्षमा पारेपछि जे गरे पनि हुन्छ । जेलर र प्रहरीले चौकिदार, नाइकेले भनेको मानिहाल्छन् । उनीहरुको जेलभित्र क्यान्टिन हुन्छ । भाउ दोब्बरभन्दा बढि हुन्छ । जेलरले त्यसलाई वास्ता गर्दैनन् ।

जेलरले जोकोहीलाई सजिलै चौकिदार बनाउँदैन । उसलाई रिझाएर, फकाएर वा त्यो नसके चिनेको नेताको भनसुनमा चौकीदार बन्ने गर्छन् । कारागार ठुला अपराधीले साना अपराधीलाई शासन गर्ने ठाउँ हो । त्यसरी शासन गर्दा पनि जेल प्रशासन मौन हुन्छ । उनीहरुले कैदीलाई कामदार बनाएर राख्छन् । त्यहाँबाट किनेर खाएन भने पिटाई खाइन्छ । 

चौकीदार नाइके त सजिलै जेलभित्र बाहिर गर्न सक्छन् । हामी जस्तालाई पनि त्यस्तो छुट हुन्छ । तर त्यसका लागि पैसाको खोलो बगाउँनु पर्छ । पैसा छैन भने बाहिर जान होइन, भित्रै पनि चैनले बस्न पाइदैन । चौकीदार र नाइकेलाई रिझाउँनै पर्छ ।

एकपटक बाहिर जाँदा २ देखि ५ हजार दिनुपर्छ । त्यतिले २ ३ दिन आरामसँग भित्र बाहिर गर्न सकिन्छ । फेरि बाहिर पठाउँन आनाकानी गर्‍यो भने बुझे हुन्छ, पैसा कम भयो भनेर । धेरैजसो कैदी बाहिर निस्कनुपर्‍यो भने अस्पताल जाने चिट बनाउँछन् । बाहिर निस्किए पछि आफुले चाहेको स्थानमा जान फेरि आफ्नो पछि लागेको प्रहरीलाई खुसी पार्नु पर्छ । २ ४ सय हातमा थमाईदिएर मस्त चिकेन, मटन खुवाएपछि ट्याक्सीमा बसेर जहाँ भन्यो, त्यही जान पाईन्छ । रेस्टुरेन्ट जानेबेलामा हतकडीसमेत खोलीदिन्छ । 

मैले एकपटक निस्किएका बेला बानेश्वरको एक रेस्टुरेन्टको शौचालय जाने बहानामा भाग्ने कोशिस पनि गरेको थिएँ । तर त्यो रेस्टुरेन्टको शौचालयभित्रको झ्यालबाट निस्कन गाह्रो भएकाले फर्केर आएँ । 

जेलभित्रबाट कहिलेकाँही प्रहरीले सिम, मोबाइल सेट बरामद गर्छ नि, त्यो प्रहरी वा तिनै चौकीदार र नाइकेले पुर्‍याएका हुन्छन् । भित्र कैदीका लागि बैदार नाइके वा भाइनाइकेले बाहिरबाट ल्याएको ठुलो मात्राको चामल, तरकारी वा दाल चेकजाँच हुदैन । त्यसभित्र राखेर मोबाइलका सिम कार्ड त के लागु पदार्थ र हतियार पनि लैजान गाह्रो हुदैन । 

जेल सर्दा पनि पैसाको खेलवाड हुन्छ । मेरो घर स्याङजा हो । परिवारका सदस्यलाई भेट्न सजिलो होस् भनेर म त्यतैको जेल सर्न खोजेको थिएँ । मैले जेलरसँग कुरा गरेँ । उनले माथि कुरा गर्छु भने तर धेरै दिनसम्म जवाफ दिएनन् । मैले झन्डै दुईहप्ता पछि सोधे, उनले त सिधै पैसा मागे । माथिका मान्छेले ५० हजार भनेका छन् दिन सक्छौ भने । म अलमलमा परेँ । सहरमा पढ्न आको केटो, साथीहरुको लहैलहैमा लागेर जेल परेको छ । आम्दानीको स्रोत केही छैन । जेल सरुवा हुन जेलरलाई त्यत्रो पैसा मैले कहाँबाट ल्याएर दिने ? त्यसपछि मैले जेलसरुवा हुने कुरै गरिन ।

कारागारमा दुई बर्ष कटाउँदा म धेरै पटक मरेर बाँचे । म ति कुरा सम्झन चाहन्न । अब आफ्नो छुट्टै परिचय बनाएर बाँच्छु ।

(तीन महिनाअघि रिहा भएका एक कैदीसँग गरिएको कुराकानीमा आधारित । उनले आफ्नो परिचय खुलाउँन नचाहेकाले त्यसलाई गोप्य राखिएको छ ।)
साभारः कान्तिपुर दैनिक

4 comments:

samir shrestha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

From this environment, how can a man be a civilized after his punishment.

दिक्पाल कौडिन्य said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

वास्तवमा कारागार वा जेल सजाय भुक्तान गर्ने ठाउँ नै हो । आधुनिक समाजमा कथित सभ्यताको हवाला दिदै जेललाई सुधार गृहमा परिवर्तन गर्ने भनि निकै समय र धनको खर्च पनि गरिदैछ । यो कुनै हदसम्म जायज होला । सैद्धान्तिक रुपमा जेलमा सजाय काटिसकेपछि मानिस चोखिन्छ । र, उसलाई समाजमा मिलाउँनका लागि सुधार गर्ने कार्य जेलमा हुन्छ भन्नु ठिकै मानिएला । तर बुझ्नु पर्ने कुरा अपराधको किसिम नै हो ।

मुख्यतयाः अपराध दुई किसिमले हुने गर्छन् । एउटा झुक्किएर अनि अर्को सुनियोजित । झुक्किएर गरिने अपराधका प्रकृति नरम र कडा दुबै किसिमका हुन सक्छन् । आवेगमा हुने अपराध र दुर्घटनावस हुने अपराध ।

आवेगमा अपराध भएकाहरुलाई जेल सजाय सुध्रिने अवसर हुनसक्छ । अर्कोसमय देखि उ आवेगमा लगाम लगाउँन बाध्य हुन सक्ला । भने दुर्घटनावस अपराधी बनेकाहरुका लागि जेल जीवन बिग्रने कारण बन्न सक्छ । यसैपनि जेल परिसकेको भन्ने कुविचारले उअरु अपराधमा सरिक नहोला भन्न सकिन्न । जसरी भएपनि जेलमा परिसकेको मानिसका लागि समाजको दृष्टिकोण असामान्य हुन्छ नै ।

सुनियोजित रुपमा अपराध गर्नेहरुलाई छोटो समयको जेल जीवन रामरमाइलो भने जस्तो मात्र हुन्छ ।

यसैले मुख्यतः अपराधको प्रकृति हेरेर जेलहरुको बर्गीकरण गर्नुपर्छ । यसले गर्दा अपराधसँग अपराध मिसिएर नयाँ ठुलो अपराधको जन्म हुन नपाओस् ।

asim said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बिग्रेको देशको भत्केको चाला ।

विनोद तिमल्सिना said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जेलको कुरा हो कि होटलको ? अचम्म लाग्यो मलाई त ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।