जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

विजयी भवः

जोर्डनसँग विश्वकप यात्राको दोस्रो चरणको खेल खेल्न नेपाली टोली आज जोर्डन गएको छ ।  बेलायती प्रशिक्षक ग्राहम रोबर्टसको प्रशिक्षणमा इतिहासमै पहिलो पल्ट विश्वकप छनौटको दोस्रो चरण पुगेको नेपाली टोलीमा बलियो आत्मविश्वास देखिएको छ ।
जोर्डन प्रश्थानमा नेपाली टोली । तस्विर : इकान्तिपुर
नेपाल अहिले फिफा वरियतामा एक सय ४८ औँ स्थानमा रहेको छ भने जोर्डन ८४ औँ स्थानमा छ । जोर्डन माथिल्लो वरियतामा भएपनि उसँग जित निकाल्ने कुरामा प्रशिक्षक रोर्बट पनि आशावादी छन् । एउटा ऐतिहासिक जित हाशिल गरेको राष्ट्रिय टोलीलाई अर्को इतिहास रच्न सबैको आशिर्वाद छ, विजयी भवः
 

रोर्बट योजना

'जोर्डन पक्कै पनि राम्रो टोली हो, तर हामी उनीहरूसँग आत्मसमर्पण गर्न त्यहाँ जान लागेका होइनौं। पहिलो लेगमा हामी उनीहरूसँग गोलरहित बराबरी खेल्नेछौं, त्यसपछि दोस्रो लेग जितेर समूह चरण सुरक्षित गर्नेछौं।'ग्राहमकै नेतृत्वमा पहिलोपटक विश्वकप छनोटको दोस्रो चरण पुगेको नेपालले प्लेअफको दोस्रो चरणमा जोर्डनविरुद्ध दुई लेगमा प्रतिस्पर्धा गर्दैछ। पहिलो लेग शनिबार जोर्डन तथा दोस्रो लेग बिहीबार दशरथ रंगशालामा हुनेछ। कमजोर तयारीप्रति असन्तुष्ट भए पनि ग्राहम जोर्डनमा बराबरी खेलेर घरेलु मैदानमा विजय पाएर समूह चरण पुग्ने सोचमा छन्। तथापि बलियो जोर्डनसँग सोचेजस्तो नतिजा ल्याउनु कठिन हुने पनि उनले राम्ररी बुझेका छन्। त्यसैले आफूसँग प्रस्ट योजना भएको उनी बताउँछन्।



7 comments:

bikash said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

we can win.

chandramani pokhrel said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हामी जित्छौं ।

भैरव हुमागाई said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हामी पक्कै जित्छौं ।

adim biru said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

yes! we win.

Rimjhim said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Y
E
S
!
W
E
W
I
L
L
W
I
N

love nepal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बोलेर जितिने होइन साथी

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हामी पक्कै जित्छौं ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।