जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

घुस दिई-दिई पो छापेको रै'छ खुइलिने दश रुपियाँ

नेपालमा नोट छिट्टै च्यातिने चलन नयाँ पक्कै पनि होइन । यसैले नच्यातिने र पानीमा पनि नभिज्ने भनेर प्लाष्टिकको दश रुपियाँ बराबरको नोट निकालियो । तर, प्लाष्टिकको गुणस्तर घटिया किसिमको भएकाले गोजीमा राखेको पैसा गोजीमै मेटिएर प्लाष्टिकमात्र रहने खालको भयो । कारण बल्ल पत्ता लाग्दैछ । त्यो नोट त अष्ट्रेलियाको सरकारी कम्पनीले नेपालका टाउकेहरुलाई घुस दिएर छपाएको रहेछ । घुस दिएर पारेको टेन्डरबाट असल काम कसरी हुन्थ्यो र ? दुबैतिरका त्यतिकै नाफामा थिए, घाटा पारिदिए हामी नेपाली सर्वसाधारण नागरिकलाई । अहिले त्यो घुसकाण्डलाई अष्ट्रेलियामा सबैभन्दा ठुलो घुसकाण्डका रुपमा छानविन गरिदैछ । पुर्णसमाचार पढ्न भित्र आउँनुहोस्




सिड्नी, साउन २६ (सिड्नी मर्निङ हेराल्ड)- दस रुपैयाँ दरको नेपाली प्लास्टिक नोट आफूकहाँ छपाउन अस्ट्रेलियाको सरकारी कम्पनीले नेपाली अधिकारीहरूलाई घुस खुवाएको खुलेको छ। नेपालसहित विभिन्न देशको प्लास्टिक नोट छाप्ने क्रममा भएको यो घटनालाई 'अस्ट्रेलियाको इतिहासमै सबभन्दा ठूलो घुसकाण्ड'का रूपमा लिइएको छ। नेपालको दस रुपैयाँ दरको प्लास्टिक नोट रिजर्भ बैंक अफ अस्ट्रेलियाको स्वामित्वप्राप्त 'नोट प्रिन्टिङ अस्ट्रेलिया' नामक कम्पनीमा छापिएको हो।
उक्त कम्पनीले छपाइसम्बन्धी सम्झौता हुनेबित्तिकै सन् २००७ मे मा नेपाल प्रतिनिधि हिमालय पाँडेलाई जिम्मेवारीबाट हटाइएको थियो। त्यसको ठिक सात महिनाअघि नोट छपाइमा घुसकाण्डको आशंका गर्दै आन्तरिक छानबिन सुरु भएपछि पाँडेलाई हटाइएको बताइएको छ।

अस्ट्रेलियामा विदेशी सरकारबाट कुनै काम लिन त्यहाँका अधिकारीहरूलाई घुस खुवाइएको काण्ड यसअघि पनि सार्वजनिक भएको थियो। अस्ट्रेलियन ह्विट कर्पोरेसनले इराकी नेता सद्दाम हुसनेलाई घुस खुवाएर काम लिएको प्रमाण सन् २००६ मा शाही आयोगले पत्ता लगाएको थियो। उक्त आयोगले कुनै पनि काम लिन विदेशी सरकार र सरकारी प्रतिनिधिलाई घुस खुवाउनु गैरकानुनी भनेको छ। यही निर्णयमा टेकेर नेपाली नोटको छपाइमाथि पनि छानबिन थालिएको हो।

छानबिनका क्रममा अनियमितता भेटिएपछि केन्द्रीय बैंकका अधिकारीले चिन्ता व्यक्त गरेका थिए। उनीहरूले यसबारे केन्द्रीय बैंकको सञ्चालक समितिलाई सूचित गरेका थिए। केन्द्रीय बैंकको लेखापरीक्षण समूहले आपतकालीन निर्णय लिँदै थप जाँचबुझ गरेको थियो। उक्त जाँचबुझको नतिजा आजसम्म गोप्य राखिएको छ।

यो घटनामा घुसकाण्डको प्रस्ट प्रमाण रहेको केन्द्रीय बैंककै अधिकारीहरू बताउँछन्। कम्पनीका एक प्रतिनिधिले विदेशी सरकारबाट छपाइ करार प्राप्त गर्न त्यहाँका सरकारी अधिकारीलाई घुस खुवाउने गरिएको स्वीकार गरेका छन्। यसबारे फेडरल प्रहरीलाई जानकारी गराउनुपर्ने उनीहरूको राय छ।

केन्द्रीय बैंकले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेको छ, 'सेल्स एजेन्ट प्रयोगका क्रममा कम्पनीको नियमविपरीत काम भएको पाइएको छ।' नियमविपरीत काम भएको फेला पर्नेबित्तिकै पाँडे र क्वालालम्पुरका डिलर अब्दुल कायुमलाई प्रतिनिधिबाट हटाइएको थियो। कायुमले उक्त मुद्रण कम्पनीबाट ४० लाख डलर प्राप्त गरेका थिए। कायुमले त्यसमध्ये केही रकम घुस दिन प्रयोग गरेको बताइएको छ।

केन्द्रीय बैंकको लेखापरीक्षणले 'कुनै गैरकानुनी काम नभेटे' पनि कानुन उल्लंघन भएको हुनसक्ने भन्दै थप छानबिन गर्न सुझाव दिएको थियो।

सन् २००१ देखि सन् २००९ सम्म नोट प्रिन्टिङ अस्ट्रेलियाको भगिनी संस्था 'सेक्युरेन्सी' ले करिब ५ करोड अमेरिकी डलर भुक्तानी गरेको थियो। सन् २००७ अघि भुक्तानी गरिएको कमिसन रकममा भ्रष्टाचारको आशंका गरिएको छ। यसमा सेक्युरेन्सीका तत्कालीन कार्यकारीमाथि छानबिन हुनसक्ने बताइएको छ।

मंगलबारमात्रै अस्ट्रेलिया प्रहरीले एक पूर्वी सेक्युरेन्सी कार्यकारीमाथि भियतनामी प्रतिनिधिलाई सन् २००४ देखि २००८ अप्रिलसम्म १ करोड ७३ लाख डलर घुस दिएको अभियोग लगाएको छ।

साभार: nagariknews.com

3 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

घुस चै कसले खाएछ, सालालाई चौबाटोमा राखेर दामी हनुमान फुलाई हान्नुपर्ने । पट्टिदा पनि नपट्निे नोट भिराएर ।

राजाराम said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पैसा खाएपछि नोट त राम्रो निकाल्नु पथ्र्यो । गोजीमा राख्दा राख्दै खुइलिन्छ । अलिकति च्यातियो भने सबै जाने अनि दुखको कुरा टेपले टाँसे पनि कसैले लिनै नमान्ने ।

राजन लम्साल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पैसै हो जस्तो बनाए पनि चलिहाल्छ नि । तर बिगार्नेको कारणले मात्र बिग्रिएको हो नत्र त प्लाष्टिकको नोट असल नै हुनु पर्ने हो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।