|
मिस नेपाल सदीक्षा नयाँ मिस नेपाललाई ताज पहिर्याउँदै (तस्विर: रोयटर्स) |
फेरि पनि विवाद र बिरोधको बाबजुद मिस नेपाल प्रतियोगिता भव्यताका साथ सम्पन्न भयो जसमा धरानकी मलिना जोशीले आफ्ना १७ प्रतिस्प्रधीहरुलाई पाखा लगाउँदै मिस नेपालको ताज पहिरिन् । भन्नेले त
पशुहाटका पशुहरु र सुन्दरी प्रतियोगितामा नारीहरुको स्तर उस्तै रहने भनेर टिप्पणी पनि गर्छन् । तर यसका बाबजुद पनि सुन्दरी प्रतियोगितामा महिला तथा व्यवसायिक संस्थाहरुको आकर्षण घटेको छैन । टिप्पणी गर्नेहरुलाई माथ दिदै यदि महिलाहरुले मात्र यो विश्वमा राज्य गर्ने मौका पाए भने २०५० सम्म यो विश्व के हुन्थ्यो होला भन्ने प्रश्नमा मलिनाले दिएको गर्विलो जवाफले उनलाई मिस नेपालको ताज दिलाएको थियो । ‘विश्व महिलाहरुको हातमा गए हैन, गैसक्यो’ भन्दा त्रिभुवन आर्मी अफिसर्स क्लबमा उपस्थित दर्शकले ताली बजाएर स्वागत गरेका थिए । उपाधीसँगै उनले ५० हजार नगद र यही वर्ष आयोजना हुने मिस वल्र्डमा नेपालको प्रतिनिधीत्व गर्ने मौका पाएकी छिन् ।
(केहि तस्विरहरु हेर्नुहोस् )
|
खुसीका आँशु (तस्विर : रोयटर्स) |
|
मिस नेपाल बनेपछिको दर्शकलाई पहिलो अभिवादन गर्दै । (तस्विर रोयटर्स) |
|
ताजसँगै सुन्दरीहरु (तस्विर : रोयटर्स) |
|
मिस नेपालको ताज बिना म यस्ती छु । (तस्विर : साइबरसंसार) |
3 comments:
ओहो राजीवजीको लेख जस्तै यीनी पनि एकबर्षको लागि बेचिईन् । माइती नेपालले किन नपक्डेको हो कुन्नी ?
मान्छे पनि राम्रै रहिछन् । जे जस्तो भएपनि जिन्दगी बनी हाल्यो भइहाल्यो नि । धेरै आशा के गर्नु ?
Yes, she is beautiful
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।