-मिङ लिवाङ-
बसन्तले खबरकागतको अन्तिम हरफ पनि पढ़ेर सिद्धायो, अब खबरकागतमा पढ़ने अरू केही रहेन।
गत दुई घण्टामा उसले खबरकागतको एक-एकवटा हरफ, एक-एकवटा शब्द पढ़िसकेको छ। उसले यसरी यति विघ्न लामो समयसम्म रेल कुर्नु परेको यो पहिलो पल्ट हो......यसभन्दा अघि यति पट्टाइलाग्दो गरी उसले कहिल्यै रेल कुरेको थिएन यद्यपि आजसम्म उसले कैंयौंपल्ट रेलयात्रा गरिसकेको छ। पर्खाइको फल मीठो हुन्छ भनिन्छ तर उसलाई कसैको प्रतीक्षा गर्नु जति उराठिलो काम अरू केही लाग्दैन। कसरी मानिसहरू कसैलाई कुर्छन्.....कसै-कसैले त कसैलाई जीवनभरी पनि कुर्छन् अरे...कसरी कुर्छन् होला ? ऊ सोच्छ। सायद बाध्यता होला अनि.....अनि ऊ पनि आज बाध्य छ - रेल कुर्नु। झट्टै रेल आउने अझ छाँट छैन.....वर्षा र बाढ़ीले गर्दा जम्मै रेल अनिश्चित अवधिको निम्ति लेट छ - भर्खरै गरेको घोषणाले फेरि यो कुरा दोहोरायो।
खबरकागत पट्याएर उसले एकातिर राख्दै दुवै हात टाउकोपछाड़ि बाँधेर आङ् तान्यो अनि लामो हाई काड़्यो। हाई काड़ेपछि आफू बसेको प्रतीक्षालयभित्र उसले बिस्तार नजर दौड़ायो.....प्रतीक्षालयमा यात्रु भरिएको छ......टम्म घुइँचो छ....चारैतिर मानिसै-मानिस...तर सबैको ध्यान आ-आफूसम्म सीमित छ.....सबै एकार्काप्रति बेखबर.....मानौ कक्षमा उनीहरूबाहेक अरू कोही छैनन्....। सायद मानिस तनको सामीप्यले मात्र नजिकिन्नन्.....मनले नजिकिनु जरूरी होला। उसको दिल्लीगामी रेल आउनु अझ दुई घण्टासम्म लाग्ने घोषणाले ऊ अझ लल्याकलुलुक भयो - घण्टौं उकालो यात्रा गर्दा थाकेझैं।
तन्नेरीकालमा न्यू-जलपाइगड़ी रेल स्टेसन भएर उसले निकैपल्ट यात्रा गरिसकेको छ, त्यसैकारण यो स्टेसन र प्लेटफार्म उसको निम्ति नयाँ होइन। ऊ इमोशनल हुँदो हो त यो स्टेसनले उसको विगतका धेरै मीठा यादहरू बोकेको हुँदो हो। ती अन्गिन्ती यात्राका स्मरणीय पलहरूको अमेट तस्वीर उसको निम्ति स्टेसनैभरि छ्याप्छ्याप्ती हुँदो हो - सायद कतिले उसलाई पोल्थ्यो अनि कतिले उसको मुटुको कमलो कुनामा मीठो काउकुति लगाउँदो हो। तर....ऊ कहिले इमोशनल हुन सकेन , संवेदना र भावनाले उसको मनमा कहिले साम्राज्य बसाल्न सकेन कि त उसले त्यो भावना कहिले प्रदर्शन नै गर्न सकेन। त्यसैकारण कैयौ पटक यो स्टेसन भएर यात्रा गरिसक्दा पनि आजसम्म यो स्टेसनसित उसको कुनै अविस्मरणीय याद जोड़िएको छैन। यसपल्ट त ऊ यो स्टेसनमा आइपुग्दा उसलाई सबैथोक नयाँ लागेको छ - एक त ऊ निकै वर्षपछि यो स्टेसन आएको छ, अर्को स्टेसन र प्लेटफार्म वरिपरि थुप्रै नयाँ निर्माण ठड़िएको छ। समयसित पुरानो मेटिदै जान्छ अनि त्यो ठाउँलाई नयाँले ओगट्छ......प्रकृतिको यही रीति हो - पुरानो विरानो हुनु अनि नयाँले नौलो परिचय पाउनु। यहाँ अमेट केही छैन.......।
प्रतीक्षालयको अर्को कुनामा बसेकी एउटी अपटुडेट नारीले अघिदेखि बसन्तलाई एकटक हेरिरहेकीछ......सायद केही याद गर्ने प्रयास.....सायद ठिम्याउने प्रयास.....अथवा बसन्तको अनुहारमा कुनै चिनाजानको खोज। बसन्त भने बेखबर छ.....उसलाई प्लेटफार्म र प्रतीक्षालयको कसैसित केही सरोकार छैन, उसलाई सरोकार छ त बस उसको रेलसित जुन छिटो आए ऊ छिटो घर पुग्ने थियो...उसलाई यति नै आतुरी छ। नारीको अनुहारमा कौतूहल र असमन्जस्यताको आरोह-अवरोह छ.......कक्षको नजर परिक्रमा क्रियामा बसन्तको आँखा एक्कासि उक्त नारीको आँखामा ठोक्किन पुग्यो......कुन्नि किन बसन्तको जीउ जिरिङ्ग भयो र उसले झट्ट नजर फेर्यो। मन मानेन र फेरि उसले एकपल्ट चोर नजरले त्यता हेरिपठायो। नारीको अनुहारमा यसपल्ट पूर्ण विश्वास झझलिएको छ....ऊ जुरूक्क उभिई र खुरू-खुरू बसन्तको अघि आएर नहिचकिचाई सोधी -’’ मलाई चिन्यौ ?’’
हिचकिचाउँदै बसन्तले उतिर पुलुक्क हेर्यो....सामान्यभन्दा निकै ठूलो जीउडालकी, स्थूल शरीर......तरै पनि चिन्ने प्रयास गर्यो उसले.....चस्मा मिलाउँदै....निधार खुम्च्याउँदै।
आफ्नो दाहिने हातको चोर औंलालाई नाकको तल राखेर स्विँक्क उकालो तान्दै नारीले फेरि सोधी -’’ चिनेनौ मलाई ?’’
आफ्नो ठाउँबाट जुरूक्क उभिँदै बसन्तले उसलाई औंलाएर उल्टै प्रश्न गर्यो -’’ विनीता ! ’’
’’ ओह माई गड ! बसन्त तिमी ?’’
बसन्तको अनुहारमा भने बसन्त ऋतुको रंगीचंगीको कुनै चिन्ह छैन....न त वर्षा ऋतुको पानीझरीको कुनै उर्लाइ नै छ त्यहाँ....सामान्य छ......बादलविहीन आकासझैं।
’’ ओह माइ गड ! बसन्त.....मैले त सपनामा पनि सोचेको थिइन तिमीलाई यसरी भेट्छु भनेर।’’
’’ मलाई पनि त सपना जस्तै लाग्दैछ।’’
सपना र यथार्थमा धेरै पार्थक्य छ , तर यो यथार्थ नै थियो - दुई पुराना मित्रहरूको भेट। जब तिनीहरू बिछोड़िएका थिए त्यसबेला दुवै यौवनको चुलीमा थिए। जीवनको सबैभन्दा रोमाञ्चक अध्यायको अन्तपछि जीवनको यथार्थ अनुभव गरिरहेको बेला भेट भयो दुवैको - स्टेशनको घुइँचोमा। त्यसैले यतिदिनसम्म आफूभित्र गुम्सिरहेका जम्मै जिज्ञासा र तर्कना एकै सासमा व्यक्त गर्न चाहन्थे दुवै - गतिशील समयले फेरि मौका दिने हो वा होइन। समयको प्रवाहलाई उछिनेर दुवैजना फेरि यौवनको त्यही कालमा पुगेका छन् - तनले पुग्न नसके पनि मनले - त्यही चपलता , त्यही उच्छृङ्खलता , निसङ्कोचता अनि निश्चिन्तता।
विनीताको अनुहारमा अझै हर्ष झझल्किरहेको छ अनि उसको बोलीमा आफ्नोत्त्व छ -’’ तिमी त कस्तो चेञ्ज भएछौ....चिन्नै नसकिने......बल्ल-बल्ल चिनें........तिम्रो निधारको यो कोठीले कसो-कसो तिमी नै हौ भनेर ठिम्याउनु सकें।’’
’’ चेञ्ज् किन नहुनु र......सायद हामी बीस...कि एक्काइस वर्षपछि भेट्दैछौं ?’’
’’ सायद होइन ट्याक्क बीस वर्षपछि....नाइन्टिन एटीसेभेनमा हामी फाइनल दिंदा अन्तिम भेटेको थियौं।’’
’’ तिमीलाई वर्ष पनि अझै याद छ है।’’
’’ किन याद नहुनु त्यो फेट्फूल इयर......त्यो वर्ष, त्यो दिन, त्यो साथ जम्मै याद छ.....सबै भुल्नु बीस वर्ष त्यति लामो समय त होइन ..!’’- विनीताको चपलतामा कतै विषादको पहाड़ लुकेको छ।
’’ त्यति कम समय पनि त होइन....एउटा पुस्ता नै बदलिसकेको छ।’’
’’ धत् छोड़ यो सब कुरा....क्या वाहियात कुरा गरिराखेको......भन् तिमी अचेल कहाँ छौ ?...के गर्छौ ?’’
’’ दिल्लीमा छु...त्यहीं काम गर्छु...झण्डै सोह्र-सत्रह्र वर्ष भयो त्यहाँ बसेको।’’
’’ आम्बौ सोह्र-सत्रह वर्ष ?...मैले दार्जीलिङ छोड़ेको जतिकै भएछ.....मैले छोड़ेपछि तिमीले पनि छोड़िहालेछौ त।’’
’’ तिमीले छोड़ेको निकै दिनपछि हो.....आन्दोलन सकिएर सम्झौतापछि।’’
’’ आन्दोलनमा तिमी त ठूलो नेता भएको थियौ अरे नि ?’’
’’ ठूलो नेता भएको भए यसरी रेल पो कुरिरहेको हुन्थें होला !’’
’’ नानी कति जना छ ?’’- विनीताले कुरोलाई घुमाई।
’’ एउटी छोरी छ...दिल्लीमै पढ़छ....। तिम्रो नि ?’’
’’ मेरो दुईजना छोरी छ, यो वर्षबाट दुवैजनालाई दार्जीलिङमा कलेज लगाइदिएकोछु।’’
’’ आम्मा...मा...मा.....कलेज पढ़ने छोरी छ है , हिज जस्तो लाग्छ....दुब्ली-पत्ली चञ्चली विनीता कलेजको प्राङ्गणमा चिच्याउँदै बदमासी गरिरहेको...आफ्नो जीउ देखाउँदै ’ मेरो बडी सबै मिलेको छ तर यो बटक अलि ठूलो छ है ’ भन्दै हिँड़ेको विनीता.....अहिले त तिम्रो बटक पनि हराएछ....सबै सोलोडोलो भएछ....कस्तो मोटी भइछौ....पहिले प्यान्टमा कती सुहाउँथ्यौ....तिम्रो नाक स्विँक्क गर्ने बानीले मात्र मैले चिन्न सकें...तिम्रो आँखा पनि त्यति चेञ्ज भएनछ....सधैं बोलिरहेको ,केही भनिरहेको ,यो उमेरमा पनि अझै त्यस्तै रहेछ तिम्रो आँखा...।’’
’’ ढुङ्गा त तिमी पनि होइनौ नि...तिमीलाई पनि सबै याद छ।’’
’’ त्यसबेला मैले प्रपोज गर्दा तिमीले यस् भनेको भए यसबेला कुरा बेग्लै हुने थियो होला।’’
’’ तिमीले फेरि अर्कोपल्ट प्रपोज नै गरेनौ......!’’- विनीताको आँखामा यौवनकालको चञ्चलता झझल्कियो।
’’ एकैपल्टको नो नै मेरो निम्ति मनग्यै थियो, त्यसैले मेरो संसार बदलिदियो।’’
’’ मैले किन नो भने तिमीले जान्ने कोशिश पनि त गरेनौ ? ........तिम्रो त्यो नबोल्ने घमण्डीपन र अनइमोशनल बिहेवियरले गर्दा मैले नो भनेकी थिएँ फेरि भएन केटी भएर मैले कसरी एकैपल्टमा यस् भन्नु.....तिमीले फेरि प्रपोज गर्छौ अनि प्रपोज गरे म यस् भन्छु भनेर पर्खिबसें तर तिमीले फेरि प्रपोज नै गरेनौ अनि त्यसपछि त हाम्रो फाइनल पनि तुरियो अनि आन्दोलन पनि चरममा पुग्यो।’’
’’ तिमीलाई रिजेक्शनको पीड़ा थाहा छैन ! रिजेक्टेड हुँदा मन कति बिझाउँछ त्यो तिमी बुझ्दैनौ !’’
’’ रिजेक्शनको पीड़ा ठीकै हो....तर त्योभन्दा पनि ठूलो पीड़ा हो कसैलाई माया गर्नु तर माया गर्छु भनेर उसलाई भन्नु नसक्नु। जिन्दगीले कतिपय भूलहरू सुधार्ने मौका दिँदैन...पछाड़ि हामीले के छाड़िपठायौं त्यो निकै टाढ़ा पुगेर मात्र महसुस हुन्छ तर त्यहाँबाट फर्केर त्यो टिप्ने अर्को अवसर भने फेरि पाइँदैन ,’’- विनीताले लामो सास तानी अनि मनभित्रको कतिपय सम्झनालाई लुकाउने प्रयास गरी।
विनीताको कुरा सुनेर बसन्त ट्वाल्ल पर्यो , जीवनमा केही ठूलै छोड़िपठाएको जस्तै लाग्यो उसलाई।
×
मौसममा बसन्तको उल्लास देखिनुथालेको छ.....पहाड़को कुनाकाप्चामा प्रकृतिको अनुपम रूप आफ्नो पूर्ण यौवनमा छ...मानौ कसैले समय निकालेर आफ्नो कूचीले डाँड़ाकाँडामा प्रकृतिका जम्मै रंग दलिदिएको छ.....हिउँदपछि सबै रूखपातले पनि आफ्नो पुरानो काँचुलि फेरेर नयाँ पहिरनमा बसन्तमा चिटिक्क देखिन सूर्य किरणकै अगाडि उभिन तैं छाँड़-मै छाँड़ गर्दैछ। मदमस्त तरूणीझैं घाम पनि मौसमसित बिस्तार राँकिंदै गइरहेको आफ्नो किरणले मानिस र रूखपात सबैलाई आकर्षित गर्नु दिनभरि खुला आकासमा बेरोकटोक विचरण गरिरहेको छ। हिजआज बादल आकासमा आउनु बिर्सेको छ सायद घामले चेतावनी दिएको होला। मौसम रूमानी छ यस्तो मौसममा तन्नेरी बसन्तको मन कसरी काबुमा रहनसक्छ। कलेजमा विनीता र बसन्त सहपाठी - फारो गरेर कम बोल्ने बसन्त ,उता विनीता भने मुखमा जे आयो त्यही प्याच्च भन्ने सधैं प्रसन्नचित्त। बसन्तमा तन्नेरीपनको जोश छ , कलेजको कार्यक्रमहरूको आयोजन गर्नुमा ऊ खप्पिस छ अलिक कड़ा पनि छ त्यसैकारण सबैले ढाड़पछाड़ि उसलाई भावना र संवेदना नभएको ढुङ्गा भन्छ। नाच्नु र गाउनुमा विनीता पनि कोहीभन्दा कम छैन। यस्तै कार्यक्रमहरूमार्फत बसन्तको विनीतासित बिस्तार-बिस्तार हेमखेम हुनथालेपछि उसको मनमा कहिले विनीता पसी उसले चालै पाएन - त्यसपछि त विनीताको प्रत्येक क्रिया उसलाई राम्रो लाग्न थाल्यो - विनीता खित्का छोड़ेर हाँस्दा मोहनी लागेझैं ऊ हेरेको-हेरेकै हुन्थ्यो।
त्यो दिन कलेजको मेनगेटको छेउमा उभिएर विनीता र बसन्त कुनै कार्यक्रमको कुराकानीमा मग्न थिए। जीन्सको प्यान्ट र रातो स्वेटरमा विनीता बिछट्टी राम्री देखिएकी थिई। घामको टकले उसको गोरो अनुहार र रातो स्वेटर टल्किएर उसलाई अझ मोहक बनाइदिएको थियो - उसको गालामा छाएको लालिमाले बसन्तलाई लट्टाइरहेको थियो।
’’ हिरोइनको निम्ति मेरो जीउडाल सबै ठीक छ कि तर मेरो यो बटक छ नि....यो अलिक ठूलो छ ,-’’ आफ्नो प्यान्टको पछाड़ि औंलाउँदै विनीताले भनी।
बसन्तको कान रातो भयो अनि भन्यो -’’ छ्या ! कस्तो घिनलाग्दो कुरा गरेको।’’
’’ केको घिनलाग्दो ! ..साँच्चै पो भनेको....हेर न मेरो बटक....अलिक ठूलो छ ,-’’ भन्दै विनीताले आफ्नो पीँध उतिर फर्काइदिई।
बसन्तले ’’ होस् म हेर्दिन ’’ भन्दै लाजले मुन्टो अर्कोतिर फर्कायो।
’’ कस्तो केटी जस्तो लजाको ?’’ भन्दै विनीताले नाकको तलबाट चोर औंलालाई स्विँक्क गरेर माथि तानी।
’’ अँ ! केटामान्छेलाई त लाज लाग्दैन नि !’’
विनीताको यस्तै फरासिली बेहोराले गर्दा सबै उतिर छिट्टै आकर्षित हुन्थे , छलकपट बिना मनमा जे हुन्थ्यो मुखबाट त्यही व्यक्त गर्थी - तर कहिलेकाहीँ यही बेहोराले गर्दा अरूलाई लाजगालमा पनि पार्थी।
विनीता गएपछि बसन्तलाई जिस्काउँदै कमल आइपुग्यो -’’ अन्त साथी यसो एकदुईजना त हाम्रा लागि पनि छोड़िदेउन हो..! कि सबै तिमी लाने।’’
’’ तिमीहरू भनेको होनहार विद्यार्थी.....यस्तोमा नलाग...पढ़नुमा मन लगाऊ....आइईएस, आइपीएस अफिसर भएर तिमीहरूले त जातिको नाम बढ़ाउनु छ।’’
’’ साथी सुन्दैछु अबको आन्दोलनपछि पहाडे़को भाग्य त्यसै खोलिन्छ अरे ! आइजी डिआइजी बन्ने पुरै मौका पाइन्छ भनिन्छ...त्यसो भए के पढ़िरहनु.....अनि साथी नै हाम्रो लीडर अरे नि....बरू हामीलाई पनि यसो लड़ने मौका दिनुपर्छ है।’’
’’ फाइनल सक्नेबित्तिक्कै आन्दोलनमा लाग्नुपर्छ साथी....तयार बस्नु योपल्ट त वार कि पार...!’’
अनि.....
अनि फाइनल सकिने बेला बसन्तले आफूलाई सम्हालेर राख्न सकेन , उसले आफ्नो मनको कुरा एउटा कागतमा लेखेर विनीतालाई दियो।
विनीताले चिट्ठी पाउनेबित्तिक्कै कलेज प्रांगणमै खोलेर पढ़न थाली,
’ डियर विन्नी,
मैले तिमीलाई विन्नी भनेँ , सायद तिमी रिसाउँदैनौ होला......मेरो मनमा धेरै दिनदेखि खेलिरहेको कुरालाई म आज आँट गरेर तिमीसमक्ष व्यक्त गर्न चाहन्छु...तिम्रो हँसिलो व्यक्तित्त्व र फरासिली बेहोराले मेरो मनलाई दरिलोपाराले प्रभाव पारेको छ....त्यहाँ तिमीलाई पाउने लोभ जन्मिएको छ...तिमीभित्रनिहीत तिम्रो प्रतिभालाई दिउँसोको उज्यालो देखाइदिने मेरो चाहना छ , म तिमीलाई असाध्यै माया गर्छु। फाइनल तुरिएपछि सातादिन प््रयाक्टिकलमा लाग्ला........त्यसपछि......घर जाँदा तिम्रो याद होइन तिम्रो माया लिएर जाने मेरो धोको छ.........के तिमी मेरो विन्नी बन्नु राजी छौ ?...........के मेरो प्रेमलाई तिमी स्वीकार्छौ ? आई लभ यू !
तिम्रो
म’
चिट्ठी दिएपछि पहिले त बसन्त विनीतासामु जानु हिचकिचायो तर विनीता नै उसको नजिक आएर ’ नो ’ भन्दा एक क्षण उसले आफ्नो अगाड़ि अँध्यारो देख्यो।
प्र्याक्टिकल सकिनैबित्तिक्कै बसन्त घरतिर लाग्यो।
पत्तो भएन विनीता कता हराई।
आन्दोलन चरममा पुग्यो - बन्द , काटाकाट, मारामार, भय , सन्त्रास - निकै दिन पहाड़ले ढुक्कको सास फेर्न पाएन।
आज राति बसन्तको टोलीले पूलिसको दललाई एम्बुस गर्नुछ - बसन्तले आफ्नो खुकुरी टल्कायो र खँदुवालाई राम्ररी निरीक्षण गरेर राख्यो अनि आफ्ना मातहत साथीहरूतिर फर्केर चिच्यायो -’’ आजको हाम्रो यो अभियान गोर्खा जातिको सुनौलो भविष्यको दिशातिर एक पाइला हुनेछ....जय गोर्खा !’’
’’ जऽऽऽऽय गोर्खा ,-’’ कोरसमा सबै साथीहरू पनि नाङ्गो खुकुरी हावामा नचाउँदै चिच्याए।
×
बसन्त स्टेसनमा आइपुगेको पाँच घण्टापछि पहिलो रेल जोड़ले सिटी बजाउँदै स्टेसनमा पस्यो।
सिटीको अवाजले दुवैजना खङ्ग्रङ्ग भए। विनीता हड़बड़िदै उठी र ’ हन कता जाने रेल आयो ?’ भन्दै बाहिर हेर्नथाली।
’’ तिमी बस म हेरिदिन्छु......,-’’ भन्दै बसन्तले चियाको कितली बोकेर ’चाय ..चाय’ फलाक्ने चियावालालाई बोलाएर सोध्यो।
’’ कलकत्ता जाने रेल हो साब ,-’’ भन्यो र अझ थप्यो -’’ चिया दिऊँ , साब ?’’
’’ चिया खाने ?’’- बसन्तले सोध्यो।
विनीताले मुण्टो हल्लाएर खान्छु भनी। उसलाई लाग्यो बसन्त अहिले पनि पहिले जस्तै छ केयरीङ र लभिङ - तर मनको भावलाई अनुहारमा झझल्किनु नदिने - त्यसैकारण बसन्तको अनुहार त्यस्तै शान्त छ भावहीन।
यस घड़ी पानी पर्नु अलिक कम भएको छ.......मानौ यसबेलासम्म एउटा उद्देश्य लिएर परिरहेको थियो र अहिले उद्देश्य पुरा भएपछि पानी थामेको छ.....बिस्तार-बिस्तार एउटा-एउटा गर्दै रेल पनि आउन थाल्दै छ।
बसन्तले सुरूप्प चिया खाँदै सोध्यो -’’ फाइनल लगत्तैपछि तिमी कता हरायौ ?’’
विनीताले लामो सास तानी अनि चियाको गिलास कुनामा राख्दै भनी -’’ लाऽऽमो कथा छ.....कमानमा हामीलाई सीपीएम भनेर बसिनसक्नु पाÚयो....के गर्नु ज्यान त जोगाउनु नै पÚयो....कमानको घर छोड़ेर हामी सिलगड़ी झर्यो.......त्यहाँ केही दिन बसेपछि आसामको सदियामा बाबाका आफन्तहरू थिए र त्यहीं गयौं....त्यहीं फेरि नयाँ घरबार शुरू गÚयौं....गएको अर्को वर्ष मैले बिहे गर्नु पर्यो...त्यसपछि त यता फर्किने विषयमा सोच्ने फुर्सत पनि भएन अनि इच्छा पनि भएन.....बाबा-आमाको मृत्युपछि त झन् फर्किने कुरै आएन।’’ आर्द्र स्वरमा भनी विनीताले र अनुहार पुछेझैं गरेर उसले लुकाएर आँसु पुछी। बसन्तले नदेखेझैं गर्यो।
’’ यो त मानव सभ्यताको एउटा प्रक्रिया हो..अब कसलाई दोष्याउने? प्रत्येक समाजमा एउटा युगपछि परिवर्तनको क्रान्ति आउँछ अनि यस्तो क्रान्तिले समाजलाई केही दिन्छ भने केही बिगारेर पनि जान्छ। त्यसैले आन्दोलनले हामीलाई पनि केही दियो भने यसले हामीबाट केही खोसेको पनि छ।’’
’’ धत्त ! छोड़ राजनीतिको कुरा...चल्दै गर्छ त्यो आफ्नै हिसापले.....मलाई केही गुनासो छैन। ......थाहा छ यो वर्ष छोरीहरूलाई मैले आफू पढ़ेको कलेजमै एडमीशन गराएँ...अनि त्यसपछि पहिले हिँड़ेको, घुमेको ठाउँहरूतिर घुमें.....पुराना यादहरू ताजा गरें.....कलेजको बाहिर मोमो बेच्ने आण्टी पनि भेटिनँ...सोधिहिँड़े तर कसैले भन्नै सकेन कता गई भनेर......तिमीले मलाई जुन ठाउँमा चिट्ठी दिएको थियौ नि ठिक्क त्यही ठाउँमा एक छिन उभिएर त्यही पललाई मैले महसुस गरें....कति मज्जा लाग्यो....पुरानो साथीभाइहरू भने कोही भेटिनँ.....सबै नयाँ-नयाँ भएछ....तर जिन्दगी रिलिभ्ड गर्नु साँच्चै कति आनन्द आउँछ , फेरि जिन्दगीको त्यही पुराना पलमा पुगेर बाँच्दा मनमा एकतमासको आनन्द आउँछ।’’
’’ आम्बौ ! यस्तो सेन्टिमेन्टल ! म त गत सोह्र-सत्र वर्षमा दुईपल्ट आएँ होला तर त्यस्तो कहिले फिल गरिनँ !’’
’’ तिमी ढुङ्गालाई केको फिल हुन्छ र !.......जिन्दगीलाई पछाड़ि फर्केर हेर्दा पाएको-नपाएको , सफलता-असफलता सबैथोकको निम्ति थकथक लाग्छ.......आज लाग्छ थुप्रै कुरा पाइएछ.....थुप्रै पाइएनछ......पाउनुको सन्तुष्टि छ , नपाउनुको कता-कता विस्माद......तर तिमी ढुङ्गाले यो कुरा बुझ्दैनौ..!’’
’’ के साँच्चै म त्यस्तो ढुङ्गा थिएँ ?’’
’’ खै सबैले ढुङ्गै त भन्थे !’’
बसन्तले लामो सास तान्यो अनि प्यान्टको पछाड़ि गोजीमा हात हालेर पर्स निकाल्यो। पर्सको गोपनीय कुनामा औंला पसाएर उसले एउटा सानो कागजको टुक्रा निकाल्यो अनि विनीतालाई देखाउँदै सोध्यो -’’ यो को हो चिन्छौ ?’’
रङ्ग उड़िसकेको धमिलो ब्लेक एण्ड व्हाइट फोटो देखेर विनीताको अनुहारमा विस्मयका धर्साहरू तानिए....एक क्षण ऊ स्तब्ध भई....अनि रूद्धकण्ठमा भनी -’’ अबुई ! मेरो फोटो !’’
’’ हो तिम्रो फोटो.....थाहा छ मैले कहाँबाट निकालेको ?’’
विस्फारित आँखाले बसन्तलाई हेरी उसले।
’’ कलेजको म्यागजीनमा तिम्रो कविता छापिएको थियो नि.....त्यसैमा यो फोटो थियो...त्यसलाई मैले रिप्रिन्ट बनाउँदै आजसम्म सम्हालेर राखेको छु जतनसित। मलाई थाहा छ मैले यसरी तिम्रो फोटो राख्नु उचित होइन तर..।’’
विनीतालाई मुटुमा कतै केही अड़किएको जस्तै लाग्यो , गाँठो परेर आयो....आँखा रसियो अनि ग्वाँग्वाँ गरेर रूनु मन लाग्यो। तर आफ्ना भावनालाई उसले काबुमा राखी अनि कुरोलाई अर्कैतिर लगी -’’ तिमी त आन्दोलनको नेता थियौ !...अन्त किन दिल्लीतिर भासिएको..?’’
’’ आन्दोलन सकियो ; त्यसपछि सम्झौता भयो.....सम्झौतापछि भने जस्तो नोकरी-धन्दा केही गर्न सकिएन...माहौल नै बनेन...हरेस लाग्यो...त्यसैकाल बिहे पनि गर्नुपर्यो.......यता केही नहुँदा त्यसै दिल्ली लागेको थिएँ त्यहीं काम पाएँ....अहिले त त्यहीं रस भिजेको छ...नानी-बूढ़ी पनि यता आउन मान्दैमान्दैन.....माथि सानो जमीनको टुक्रा थियो त्यसैको अन्तिम छिनोफानो गर्नु आएको थिएँ म।’’- फोटोलाई पुनः पर्समा हाल्दै बसन्तले भन्यो।
’’ त्यो फोटोलाई त्यहीं राख्छौ ?’’
’’ फ्याँक्नु पनि त सक्दिनँ !....समयले धमिल्याइदिएको यो फोटोलाई मैले फ्याँकिहाले पनि मेरो मनको कुनामा जरा गाड़ेर बसेको तिम्रो तस्वीर अझ धमिलिन सकेको छैन.......अनि कहिले धमिलिने पनि छैन....कसैले नो भन्दैमा मनमा पलाएको माया त मर्दैन नि।’’
’’ तिमी मलाई त्यस्तो माया गर्थ्यौ ?’’
’’ छोड़ यो कुरा ! आज यो कुरा अर्थहीन हो ,-’’ मनलाई सांत्वना दिनुबाहेक बसन्तसित अब अरू कुनै उपाय छैन -’’ मैले प्रपोज गरेको र माया गरेको विन्नी भने चिटिक्क परेकी थिई , बटक अलिक ठूलो भएकी.....यस्ती ढोक्सी होइन।’’
बसन्तको ठट्योलीले दुवैको अनुहारमा मुस्कानको सानो छाल धरि उर्लाउन सकेन.......केही गुमाएका निम्ति दुवैको मनमा कुनै पछुतो नरहेको देखाउन अभिनयसम्म गर्न सकेन....सत्य दुवैलाई थाहा थियो। यात्री टम्म भरिएको स्टेसनमा दुवै एक क्षण एक्लो भए नितान्त एक्लो , केहीबेर एकार्काबाट तर्किदै दुवैले आआफ्ना आँखाहरूलाई कक्षको भित्तामा लक्ष्यहीन घुमाइरहे।
केही बेरको शुन्यतापछि विनीताले नाकलाई स्विँक्क गर्दै सोधी -’’ कमल कहाँ छ ? ऊ त ठूलो अफिसर भयो होला हगि ?’’
’’ अँ ठूलो अफिसर भयो....आकासको..।’’
’’ आकासको ?’’
’’ आन्दोलनमा जीभीसीमा लागेर त्यो मोरोेले जिब्रो टोक्यो नि।’’
’’ एऽऽऽ बिचरा ! ठूलो अफिसर हुन्छु भनेर कस्तो फ्वाँक गर्थ्यो....बिचरा !’’
’’ खुला आकासको खोजीमा ऊ अन्तमा आकासमै पुग्यो !’’
विछोड़को कुराले जुनै मनलाई पनि पिरोल्छ....विनीतालाई पनि कमलको दुखान्त सुनेर नमिठो लाग्यो.....तर थुप्रै कुरा उसको वशमा छैन भनौ मानिसकै वशमा छैन, प्रकृतिअघि मानिस लाचार छ।
’’ अन्त तिमी अचेल पनि नाच्छौ ? गाउँछौ ? कविताहरू लेख्छौ ?’’
’’ मेरो साटो अचेल छोरीहरू नाच्छन्, गाउँछन्.....म छेउमा बसेर थप्पड़ी बजाउँछु !’’- बलजफ्ती अनुहारमा हाँसो ल्याउने कोशिश गर्दै विनीताले भनी।
’’ तिमी त्यति बूढ़ी त भइहालेकी छैनौ नि !’’
’’ त्यति तरूणी पनि त छुइनँ !’’
समय बित्नु धेरै बेर लाग्दैन.......झन् खुसीका पलहरू त निमेषमै बितिहाल्छ....समय बितेको दुवैले पनि चालै पाएनन्।
रेल आवागमनको घोषणामा तिनसुकियागामी रेल आउने सूचना दिएपछि विनीता आफ्नो ठाउँबाट उठी र आफ्नो सामान मिलाउन थाली।
’’ मलाई एक्लो छोड़ेर भाग्ने मौका सधैं तिमीले नै किन पाएको...? पहिले पनि मलाई छोड़ेर तिमी भाग्यौ....आज त म त्यो दिनको बदला लिन्छु......तिमीलाई एक्लै छोड़ेर म पहिले जान्छु सोचेको थिएँ तर आज पनि तिम्रै रेल पहिले आउँदैछ......आज पनि मलाई मौका दिएनौ ।’’
’’ भाग्यमा जे छ त्यही हुन्छ....अँ ! मलाई तिम्रो मोबाइल नम्बर देऊ.....पहिले पनि यो मोबाइल भएको भए सायद हामी यसरी बेपत्ता हुने गरी हराउने थिएनौ होला हगि ?’’
’’ मेरो मोबाइल त छैन !....बरू तिमी मलाई तिम्रो नम्बर देऊ....म दिल्ली पुगेर तिमीसित सम्पर्क गर्छु अनि मेरो सम्पर्क नम्बर पनि तिमीलाई दिन्छु.....।’’
’’ जिन्दगी पनि रेल स्टेसन जस्तै छ नि.......भेटिन्छ फेरि छुटिन्छ....छुटिन्छ फेरि भेटिन्छ.....संगै बसौं कुरा गरौं लाग्छ तर रेलले समय दिंदैन....आफ्नो समयमा ऊ हिँड़िहाल्छ।’’- आफ्नो डायरीबाट एउटा पाता च्यातेर त्यसमा आफ्नो मोबाइल नम्बर लेखेर दिँदै विनीताले भनी।
’’ यात्रा पनि एउटै रेलमा एउटै दिशातिर भए राम्रो हुन्थ्यो....तर जहिले पनि म पश्चिम जाँदा तिमी पूर्व लाग्छौ....हुन त संसार गोलो छ कतै त फेरि अवश्यै भेट हुने छ।’’- विनीताले दिएको कागतको पानालाई मुट्ठीमा पोको पार्दै बसन्तले भन्यो।
’’ लौ ! लौ ! छिटो गर मेरो रेल आइपुग्यो !’’
बसन्तले विनीतालाई उसको कम्पार्टमेन्टमा बसाएपछि ऊ बाहिर निस्क्यो।
रेलले सिटी बजायो।
विनीताले बाई भनी।
बसन्तले पनि विनीतालाई फेरि अन्तिमपल्ट बाई भन्यो अनि एकपल्ट विन्नी भनेर बोलाउनु उसलाई उत्कट इच्छा लाग्यो तर घाँटीमै आएर शब्द अड़कियो, बाहिर निस्किन सकेन।
बसन्तले उसलाई एकपल्ट , कमसेकम एकपल्ट विन्नी भनेर बोलाओस् भन्ने विनीतालाई उत्कट इच्छा लाग्यो र आशान्वित नजरले बसन्तलाई हेर्यो तर बसन्तले उसको नजरको भाका बुझ्न सकेन।
रेलले बिस्तार स्टेसन छोड़्यो..............
.............अनिश्चित अवधिको निम्ति लेट कुदिरहेको आफ्नो रेल कुर्नु प्रतीक्षालयतिर जाँदै गर्दा अघि विनीताले मोबाइल नम्बर लेखेर दिएको डायरीको पानालाई बसन्तले नहेरी मुट्ठीभित्र नै कच्याक-कुचुक पारेर छेवैको डस्टबीनभित्र फाल्यो अनि मन-मनै भन्यो -’’ कति घाउ जानीजानी नबल्झाएकै जाती।’’
बाहिर फेरि सिमसिम पानी पर्न थालेकोछ।

1 comments:
Nice one nepali love story.
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।