जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

तस्विर हेर्नुहोस्, भावना पोख्नुहोस्

यो तस्विर मैले पोखराको फेवातालमा साँझको समयमा खिचेको हो । प्राकृतिक छटाले भरिपुर्ण पोखरा सँधै उत्तिकै रमाइलो लाग्छ । यसैले पोखराको सम्झना स्वरुप आज कविता, गीत र गजल लेख्ने चुनौतिमा यही तस्विर राखेको छु । मनमा जे भावना आउँछ निर्धक्क पोखिदिनुस् है ।




4 comments:

मदन said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नदिमाथिका डुंगा जस्ता
रित्ता र दिशाहिन जीवनहरु
कहिले यता
कहिले उता
पौडिन्छन् नदिमाथि एकनासले ।

जीवनको परिभाषा पनि
यस्तै,
दिशाहीन भएको छ
यो युगमा
विरक्त लाग्दो ।

भावहिन र दिशाहिन
आखिर कहिलेसम्म ।

रमला said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

आहा
विचरण गर्न कति मज्जा होला
यी डुंगा जस्तै
स्थिर तलाउमा
तिमी र म
एकदम
तिमी र म मात्र

गीता said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

साँझको समय
स्थिर र कञ्चन तलाउ
तिमी र म
एउटा मिठो अनुभव

hari shrestha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जिन्दगी
कहिले यता
कहिले उता
कर्कलाको पात माथि पानि जस्ता
खर्च छैन यस पाली दशैँ कता न कता
बुढी भन्छ दशैँ आयो
छोरी भन्छे नया नाना
छोरो भन्छ घोर्ले खशी
यस पाली पैसा छैन दशैँ यत्ता न उत्ता
साथी को घरमा
ल्पटप भिडिओ गेम
आफ्नो तयत्ता न उत्ता
यस पालीको दशैँ त्
नदिमाथिका डुंगा जस्ता

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।