जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

'म बाँच्छु, मलाई अस्पताल लग' भन्दा-भन्दै पनि ढिलो गरिएछ !

केही अगाडी फेसबुकमा एउटा अफवाह फैलिएको थियो । नेपालको सर्वोच्च अदालतको नजिर भन्दै अफवाहमा दुर्घटनालाई प्रहरीमा खबर गर्नु भन्दा पहिले घाइतेहरुलाई अस्पताल लैजानु पर्छ भनिएको थियो । त्यो अफवाहमात्र थियो पछि थाहा भयो । तर त्यो अफवाह वास्तविक हुने हो भने धेरैको ज्यान बँच्न सक्छ ।
संवेदनाहिन मानिसको रमिते झुन्ड !
नेपालमा आजसम्म विमान दुर्घटनामा कोही बाचेका छैनन् । सोही अफवाह अनुसार भएको भए यो रेकर्ड तोडिने थियो कि ! दुर्घटित विमानमा रहेका यात्रु निरञ्जन कर्माचार्य बाँच्ने थिए कि ! स्थानिय अनुसार दुर्घटना पछि स्थानियहरु घटनास्थल पुग्दा उनी म बाँच्छु, मलाई अस्पताल लग, मेरो पेट दुखेको छ भन्दै थिए रे । हेर्नुहोस् भिडियो



स्थानियहरुका अनुसार दुर्घटना पछि उनीहरु पुग्दा निरञ्जन कर्माचार्यको चेत गईसकेको थिएन । उनी हार गुहार गर्दै थिए । एक स्थानिय भन्छन्, आधा घण्टामात्र चाँडो गर्न सकेको भए बचाउन सकिन्थ्यो, उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्थ्यो ।

उनी भन्दै थिए- उद्धार गरौँ न भन्दा कसैले मानेनन्। अलि बुद्धिजीवी जस्तो मान्छेलाई गएर भनेको, टाउको पो निहुराए। हार गुहार गर्‍यौँ। प्रहरीलाई भन्दा पनि वास्ता गरेन। सामानको चासो गर्‍यो प्रहरीले। प्रहरीका कतिवटा भ्यान आए, अनुरोध गर्दा एम्बुलेन्स आउँदै छ भनेर जानुभयो। आधा घण्टा मात्रै चाँडो गर्न सकेको भए बचाउन सकिन्थ्यो, उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्थ्यो।
लामाटारका विनय पाठक र राजकुमार केसी लगायत युवाले घाइते कर्माचार्यलाई अस्पताल ल्याएका थिए ।तर जीवितै उद्धार गरिएका निरन्जन कर्माचार्यको उपचारका लागि ल्याउँदाल्याउँदै बाटैमा मृत्यु भइसकेको बीएन्डबी अस्पतालका चिकित्सकले बताए।

घटनास्थलबाट विशंखुनारायणसम्म उनीहरुले बोकेर ल्याएका थिए । 'त्यसपछि एम्बुलेन्समा ल्यायौँ, सातदोवाटो आउन्जेल बोलि थियो, त्यसपछि विस्तारै नारी चिसो हुदै गयो', उनले भने, 'अस्पताल ल्याएको केही मिनेटमै उहाको ज्यान गयो ।' घटनाले उनीहरु पनि उदास थिए । 'हामीले आगोको ज्वाला देख्यौँ', घटनास्थलवारे ती युवाले भने, 'एकजनामात्रै जीवित भेटिएका मान्छे पनि बचाउन नसकेकोमा दुख लागेको छ ।'

उफ् कस्तो संवेदनहिन भएका मानिसहरु । मानिसको ज्यान भन्दा ठुलो पनि केही हुन्छ ? तर मानिसको ज्यान भन्दा ठुलो मानिदिए क्षतिग्रस्त विमानका टुक्रालाई ।

मन एक किसिमको खिन्नता, थुकथुकी र रिसले भरियो ।

स्थानिय कति आत्तिएका छन् । अब यो थुकथुकी चाहेर पनि मेटाउँन सकिन्न । बेलैमा किन बुद्धी आउँदैन ? भिडियोमा हेर्नुहोस्



4 comments:

Nanda Ghale (Hongkong) said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

तेस्तो आपतकालीन अबस्थामा सहयोग गर्नु राम्रो कुरा हो तर सहयोग गर्ने भन्दैमा बिना ट्रेनिंग घाइतेलाई उचाल्न खोज्नु वा बोक्नु खोज्नु झनै जोखिम हुन्छ तेसैले नेपालमा सरकारी वा गैर सरकारी तर्फबाट सम्पूर्ण पुलिस प्रशासनलाई वा सरकारी कर्मचारी वा अन्य व्यक्तिलाई एम्बुलेंस नआईपुगुन्जेल सम्म बचाई राख्ने प्राथमिक उपचारको ट्रेनिंग दिन पर्दछ तेस्पछी एम्बुलेन्समा भएका कर्मचारीले हस्पिटल पुर्यैन्जेलसम्म भएका उपकरण प्रयोग गरि बचाउने काम गर्दछन यसो भएमा मात्र झनै बढी जोखिम कम गर्न सकिन्छ भावानात्मक आबेगमा आएर मात्र हुँदैन

Aashis switzerland said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मृत आत्मा को चिर शान्ति को कामना तथा सोक सन्तप्त परिबार प्रति हार्दिक समबेदना!!!
मेरो बिचार मा दुर्घटना मा सबै भन्दा पैला उद्दार कार्य जरुरि हुन्छ.न कि सामान र ठाउको सुरक्षा.पैला पुलिस प्रसासन ले ति व्यक्ति लाइ उद्दार गरेर समयमै अस्पताल पुर्यायको भय सायद उनि बाच्ने थिया होलान.किन होला एम्बुलेन्स नै पर्खनु पर्ने?अनि नेपाल का एम्बुलेन्स मा के नै सुबिधा छ र?त्यै अस्पताल सम्म पुर्याउनु त हो.अब नेपाल मा एम्बुलेन्स मा पनि चिकित्सक हरु राख्ने ब्यबस्था गर्नु जरुरि छ ता कि जरुरि केस मा प्राथमिक उपचार एम्बुलेन्स मै होस् र बिरामी लाइ अस्पताल सम्म पुर्याउदा कुनै अप्रिय घटना नहोस.

Dilip said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

फेरी पनि बिमान दुर्घटना , बर्समा कतिवोटा बिमान दुर्घटना हुन्छा नेपालमा ? यो के कारण ले हो pilot सक्षम नभएर या प्लेन पुरानो भएर? या अरु कुनै? दिबंगत आत्माको चिर शान्तिको कामना !

Maranun said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

oho! what a bad news.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।