जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

स्टिभ, तिमी महान् थियौ र, रहनेछौ !

विजयादशमीको दिन टिका लगाउँने तरखरमा रहदा रहदै एप्पल संस्थापक स्टिभ जब्सको मृत्युको खबर सुनियो । मन अमिलो भएर आयो । जसको नेतृत्वमा संसारमा सयौं बर्ष लाग्ने कुराहरु केही दशकमा सम्भव भए । पर्सनल कम्प्युटर, आइपड, म्याकबुक, आइफोन, आइप्याडजस्ता संसारकै लोकप्रिय उत्पादनहरुले संसारभरका प्रबिधिपारखीको मात्र होइन, सबैजसोको जीवनमा नयाँ रंग भरियो । तिनले आज बिहान संसार छाडेका छन् ।
आफ्नो जिवनकालमा निकै थोरैले मात्र आफुलाई प्रमाणित गर्छन् । तिनै थोरैमध्येका स्टिभ जब्स साँच्चै नै महान् थिए र हाम्रा नजरमा महान् रहिरहने छन् । उनका योगदानलाई कसैले भुल्न चाहे पनि सक्ने छैनन्। श्रद्धाञ्जलि स्टिभ जब्स !


स्टिभ जब्सको जीवनी
सन् १९५५ को फ्रेवुअरी २४ मा सन-फ्रान्सिस्को मा जोन्ने (Joanne Schieble) र अब्दुलफत्ताह (Abdulfattah Jandali) को घरमा जन्म भएको उनलाई पल (Paul) र क्लारा जब्स (Clara Jobs) ले धर्मपु्त्र को रुपमा ग्रहण गरेका थिए ।

ओरेगन रिड कलेज (Oregon’s Reed College) को पढाइ विचैमा छोडेर स्टिभ जब्स क्यालिफोर्निया फर्किए, जहाँ उनले अर्का एक साथि स्टिभ ओज्निक (Steve Wozniak) सँग मिलेर सन् १९७६ मा क्यालिफोर्नियाको एक ग्यारेज मा पहिलो एप्पल कम्प्युटर को निर्माण गरे । (Built the first Apple computer in a Los Altos, California, Garage in 1976) सन् १९८० मा एप्पल कम्पनी ले आफ्नो ‘सेयर’ अन्य व्यक्तिहरुलाई बेच्यो । अनि त्यसको ४ वर्ष भित्रैमा (सन् १९८४ मा) एप्पल ले ‘ग्राफिकल युजरइन्टरफेस’ (Graphical User Interface) र ‘माउस’ (Mouse) सहित को ‘म्याकिन्टोस’ कम्प्युटर को निर्माण गर्यो ।

तर ‘म्याकिन्टोस’ कम्प्युटर सोचे अनुसार विक्रि हुन सकेन । अत: सन् १९८५ मा एप्पल ले आफ्ना केही निर्माण कम्पनीहरु बन्द गर्यो । व्यवस्थापन सँग को विवादमा जब्सले कम्पनी छोड्नुपर्यो । एप्पल को व्यवस्थापन सँग को विवाद का कारण स्टिभ जब्सले एप्पल छोडेर सन् १९८८ मा ‘नेक्स्ट’ (NeXT) नामक कम्पनी को स्थापना गरे । आफ्नो कम्पनीबाट आफू नै निकालिएको सायद जब्स कै पहिलो घटना होला । जब्सले एप्पल छोडेर हिँडेसँगै माइक्रोसफ्ट लगायत अन्य कम्पनीहरु सँग प्रतिस्पर्धा गर्न एप्पललाई साह्रै कठिन परेको थियो, एप्पल लगभग डुबिसकेको थियो । एप्पल सँग ‘क्यास’ थिएन, उनीहरुले ‘न्युटन’ (Newton) जस्ता ‘प्रोडक्ट’ मा लाखौँ डलर खर्च गरेका थिए । दश वर्ष को अवधिमै कम्पनीले केही प्रमुख कार्यकारीहरु देखेको थियो ।

आफू निस्किएको ११ वर्षपछि सन् १९९६ मा जब्सको ‘नेक्स्ट’ (NeXT) नामक कम्पनी ‘एप्पल’मा गाभियो, यो सँगै स्टिभ जब्स फेरि ‘एप्पल’ मा आइपुगेका थिए । स्टिभ को प्रवेश सँगै, नाटकिय रुपमा एप्पल परिवर्तन भयो । सन् १९९७ मा माइक्रोसफ्ट (Microsoft) ले, एप्पलमाथि १५० मिलियन डलर लगानी गर्यो, यदि माइक्रोसफ्ट ले यसो नगरेको भए सायद, एप्पल यो रुपमा नआइपुग्न पनि सक्थ्यो । माइक्रोसफ्टले एप्पल को उद्धार गरेको थियो । त्यसपछि का वर्षहरुमा जब्सले आइपड, आइफोन, आइप्याड तथा म्याकिन्टोस कम्प्युटर को नयाँ भर्सनहरु सार्वजनिक गरिरहे । यी ‘प्रोडक्ट’हरुले गर्दा एप्पल ले विश्वास नै गर्न नसकिने फड्को मार्यो । यी सँगै स्टिभ जब्सले ‘डिजिटल एनिमेशन स्टुडियो’ पनि सञ्चालन गरेका थिए । एप्पल ले त फड्को मार्यो नै, स्टिभले पनि कुशल प्रमुख कार्यकारी को कौशल देखाइरहे ।

सन् २००४ मा जब्सलाई ‘प्यान्क्रियाटिक क्यान्सर’ (Pancreatic Cancer) भएको थाहा भयो । केही समय एप्पलको गतिमा केही रोकावट झैँ देखियो, अब पहिले का स्टिभ जब्स रहेनन् । एप्पलको नयाँ ‘प्रोडक्ट’ भन्दा पनि जब्स को स्वास्थ्य को चर्चा हुन्थ्यो । तर यस्तो रोकावट धेरै वर्ष रहेन, जब्स फेरि नयाँ र आक्रामक शैलीमा प्रस्तुत भए ।

जब्सले सन् २००५ मा स्ट्यान्डफोर्ड विश्वविद्यालय (Standford University) मा एउटा भाषण दिएका थिए, त्यसको सदैव तारिफ हुने गरेको छ । उक्त भाषण मा ‘तिम्रो समय छोटो छ, यस छोटो समयमा आफ्नो जिवन बाँच्नुपर्छ’ भनेका थिए । सबैभन्दा महत्वपूर्ण कुरा, आफ्नो ‘मुटु र सिकाइ ले जे भन्छ त्यसै गर, बाँकि कुराहरु भनेका केही होइनन्"’ । (Your life is limited, so don’t waste it living someone else’s life. Don’t be trapped by dogma – which is living with the results of other people’s thinking. Don’t let the noise of others’ opinions drown out your own inner voice. And most important, have the courage to follow your heart and intuition. They somehow already know what you truly want to become. Everything else is secondary. ~ Steve Jobs, Standford University, 2005)

त्यसपछि का वर्षहरुमा स्टिभ जब्सले पछाडि फर्केर हेर्नुपरेन । सन् २००७ मा आइफोन सार्वजनिक गरेका जब्सले सन् २०१० मा आइपुग्दा आइप्याड सार्वजनिक गरे । उनीहरुले निकालेको ‘प्रोडक्ट’ र उनीहरुमा आएको परिवर्तन का कारण अहिले एप्पललाई विश्वको सबैभन्दा ‘भ्यालुएवल’ कम्पनी (Apple: World’s most valuable company) मानिन्छ ।

‘प्यान्क्रियाटिक क्यान्सर’ लागे पनि जब्स सँधै नया कुराहरु सार्वजनिक गर्न आतुर रहन्थे । आफ्नो आयु धेरै छैन भनेर जानेका जब्सले गत जनवरी देखि तेस्रोपटक ‘विरामी विदा’ लिएका थिए। आफू विरामी विदा मा बसेपनि, आफू चाँडै फर्कनेछु भनेर भनेका जब्सले मार्च २ मा नयाँ आइप्याड सार्वजनिक गरे भने जुन ६ मा ‘आइक्लाउड’ (iCloud) नामक ‘अनलाइन सर्भिस’ सार्वजनिक गरे । आफू अशक्त र अन्तिम अवस्थामा पुगेको थाहा पाएरै होला, अगष्ट २४ का दिन एप्पल को कार्यकारी प्रमुखबाट (Steve Jobs resigned as Chief Executive on August 24) राजिनामा दिए र कम्पनीकै ‘अपरेटिङ अफिसर’ टिम कुक (Tim Cook, new CEO of Apple) लाई नयाँ कार्यकारी प्रमुख नियुक्त गरे ।

एक श्रीमती र ४ जना छोराछोरी सँग वस्दै आएका स्टिभ जब्सले अक्टोवर ५ का दिन यो संसारलाई छोडेर गए । उनको कामहरु को सदैव प्रशंसा हुने नै छ, तर उनको अभाव सदैव एप्पल र टेक-जगत मा खड्किरहनेछ । जिन्स र टिसर्ट अनि गोलो चश्मा मा अब स्टिभ ‘स्टेज’ मा देखिने छैनन्, उनको ‘कि-नोट’ अब सुन्न पाइनेछैन ।

उनको निधन सँगै, संसारभरि उनकै चर्चा भइरहेको छ । एप्पल डटकम (Apple.com) को पहिलो पृष्ठमा स्टिभ जब्स को तस्विर राखिएको छ । स्टिभ जब्स सँग को सम्झना, विचार या समवेदना प्रकट गर्नेहरुका लागि एप्पल ले rememberingsteve@apple.com मा ईमेल गर्न आग्रह गरेको छ ।

ट्वीटरमा विश्वव्यापी रुपमा ट्रेन्डिङ टपिक मा देखिरहेका स्टिभ जब्सलाई गुगल ले आफ्नो होमपेज (Steve Jobs, 1955-2011) मा सम्झना गरेको छ । अमेरिकी राष्ट्रपति वाराक ओवामा (Rest in Peace, Steve Jobs. From all of us at #Obama2012, thank you for the work you make possible everyday – including ours. The World has lost a Visionary. ~ President Barack Obama), माइक्रोसफ्ट का भूतपुर्व कार्यकारी बिल गेट्स (For those lucky enough to get to work with Steve, its been an insanely great honor. I will miss Steve Immensely. ~ Bill Gates), फेसबुक का कार्यकारी प्रमुख मार्क जकरवर्ग (Steve, thank you for being a mentor and a friend. Thanks for showing that what you build can change the world. I will miss you. ~ Mark Zuckerberg on Facebook), गुगलका प्रमुख कार्यकारी ल्यारी पेज तथा सहसंस्थापक सेरगी व्रिन (Passion for excellence is felt by anyone who has ever touched an Apple Product ~ Sergey Brin on Google Plus. Focus on the user experience above all else has always been an inspiration to me. ~ Larry Page on Google Plus) लगायतका व्यक्तिहरुले उनको काम को प्रशंसा र सम्झना गरेकाछन् र जब्सलाई गुमाउनु पर्दा दुख लागेको कुरा व्यक्त गरेकाछन् । गुगल का संस्थापक व्दय ल्यारी पेज र सेरगी व्रिन ले विगतमा ‘स्टिभ जब्स’लाई गुगल को प्रमुख कार्यकारी मा नियुक्त गर्ने प्रयास गरेका थिए !

विश्व का अधिकांश पत्रपत्रिकामा स्टिभ जब्स को निधन को खबर प्रमुख पृष्ठमा छापिएको छ । अधिकांश ब्लग, र वेवसाइटहरुमा स्टिभ जब्स कै चर्चा गरिएको छ । म आफ्नो ट्वीटर मा उनकै निधनबारेको ट्वीट निरन्तर देखिरहेको छु । मैले स्टिभ जब्स को निधन को खबर यही ट्वीटरबाटै पाएको हुँ । अधिकांश व्यक्तिहरुले ट्विटरबाटै स्टिभ जब्स को सम्झना गरिरहेकाछन् । उनले निकालेका ग्याजेटबाट उनको निरन्तर सम्झना भइरहनेछ ।

RIP Steve Jobs, you’ll be missed forever. :(

स्रोत: फोब्स, मासवेल, टेकक्रन्च, गिगाओम, गार्जियन



5 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

स्टिभ जब्सलाई चाहेर पनि हामीले बिर्सन सकिदैन । उनको देनले संसार सँधै रिनी रहने छ ।

sanjiv said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

महान आत्मा लाई श्रदान्जली!

Om Bogati said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हार्दिक श्रद्धाञ्जली एवं संवेदना अर्पण स्टिभ जब्सलाई, वहाँको आत्माले चिर शान्ति पाओस !!

Sudarsan said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

आयो टप्प टिप्यो लगयो मिती पुगयो टारेर टर्दैन त्यो
लाखौ बिन्ती गाह्रोस परेर सरणमा त्यो बिन्ती सुन्दैन त्यो । ।

यस व्ह्रामाण्डमा हरेक चिजको समय हुन्छ त्यो समय आयपछी हुने कुरा भयरै छोडछ ।

उहाको चिर आम्त्माको शान्तिको लागी ईश्वरसग प्राथना गर्दछु ।

Jivan said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जोब्स सफल मानव हुन् | २००५ मा उनले standford University इदेको commencement speech ले उनि को हुन भन्ने राम्ररी बतौछा |

के या तलका हरफ हरु कृष्ण ले अर्जुन लाई दिएका उपदेश भन्दा कम सत्य छन् त ?

Sometimes life hits you in the head with a brick. Don’t lose faith. I’m convinced that the only thing that kept me going was that I loved what I did. You’ve got to find what you love. And that is as true for your work as it is for your lovers. Your work is going to fill a large part of your life, and the only way to be truly satisfied is to do what you believe is great work. And the only way to do great work is to love what you do. If you haven’t found it yet, keep looking.

कुरू ख्सेत्र मा मर्न र मार्न जम्मा भएका आफन्त लाई देखेर निरास भएका अर्जुन लाई सम्झाउदै कृष्ण गीता मा भनेको छन :

कर्मणये वाधिकारस्ते मां फलेषु कदाचन । मां कर्मफलहेतुर्भू: मांते संङगोस्त्वकर्मणि ।।

अर्थात :
We must work with a perfect serenity – steadfast in inner composure (yogasthah) – indifferent to the results. He who acts by virtue of an inner law is on a higher level than one whose action is dictated by his whims and emotions. It is the true inner poise (samatvam) and self-mastery.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।