जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

हामीले मात्र गार्‍हो भो, वान की मुनले सक्छन् कि !

हामीले नगरेका होइनौं । बुद्ध भारतमा जन्मिएको बताउँने भारतिय फिल्म नेपालमा बन्देज गरेकै हौँ । योगगुरु रामदेव नेपाल आउँदा बुद्ध नेपालमा जन्मिएका हुन् भन्न लगाएकै हौँ (तर उनले लेखेको एक पुस्तकमा बुद्ध भारतमा जन्मिएका भनेर लेखेको कुरा पनि बाहिर आएको थियो ।) । भारतले नक्कली कपिलवस्तु बनाईरहदा सकेसम्म बिरोधका स्वर घन्काएकै हौँ । राज्यस्तरमा के हुँदै भनेर जान्न नखोज्नु र उचित दवाव दिन नसक्नु हाम्रो कमजोरी मान्न सकिएला तर हामी आफुले गर्नु पर्ने ठाउँमा हामी चुकेका छैनौँ, भर्खर मात्र ब्रिटिस म्युजियमले बुद्धको जन्मस्थलमा भारतलाई जोडेर जानकारी बाँडेको भन्दै हामीले बिरोधको स्वरमा उसको फेसबुकको भित्तो कारेकै हौँ । फेसबुकमा बुद्धको नागरिकता नबाडेका पनि होइनौं । (तस्विर हेर्नुहोस्)
तर हामीलाई थाहा छ, हाम्रो यत्रो दुख पनि संसारलाई बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने बुझाउँन पुग्दो छैन । अब भने केही परिवर्तन होला जस्तो छ । हामीलाई त धेरै गार्‍हो भयो तर अब संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले केही गर्लान् कि ! तर बुद्धको जन्मस्थल लुम्बिनी विश्वस्तरमा चिनाउँन खोज्दा र लुम्बिनीको विकाश गर्न खोज्दा मुलुक भित्रै यसरी बढ्दैछ बिरोध र विवाद । हेर्नुहोस्



किन गार्‍हो भएको बुद्धको जन्मस्थल चिनाउँन ?


हामी नेपालीलाई नेपालमा शान्ति प्रक्रिया पुरा गर्न जत्तिकै गाहो भएको छ, त्यो भन्दा गार्‍हो भएको छ शान्तिका दुत गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भनेर संसार भर चिनाउँन । युनेस्कोले लुम्बिनीलाई बुद्धको जन्मस्थलका रुपमा चित्रित गर्दै विश्व सम्पदा सूचिमा सूचिकृत गरेको भएपनि छिमेकी भारतबाट उसकै देशमा नक्कली कपिलबस्तु बनाउँने कामबाट विश्वमाझ बुद्धको जन्मस्थलका बारेमा अन्यौलता कायम छ । अझ बेला बेला भारतिय तथा विदेशी मिडियामा आउँने बुद्ध भारतमा जन्मिएका हुन् भन्ने प्रचारले बुद्धको जन्मस्थलको मुद्धा थप पेचिलो भएको हो ।

अब केही होला कि !
सरकारले कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लालाई समेटेर वृहत लुम्बिनी विकास गुरुयोजना ल्याउँने तयारी गरेको छ । यसका लागि एसियन प्यासिफिक एन्ड एक्सचेन्ज कोअपरेसन फाउन्डेसन (एपेक) ले लुम्बिनी विकाशका लागि दुई खर्ब २५ अर्ब लगानी गर्ने सहमति गरेको छ । माओवादी अध्यक्ष प्रचण्ड यसका सहअध्यक्ष रहेका छन् ।

लुम्बिनी विकाशकै सम्बन्धमा वृहत्तर लुम्बिनी विकाश राष्ट्रिय परियोजनाका संयोजक समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा वान की मुनसँग भेट गरे । सो भेटमा आउँदो मार्च महिनासम्ममा उच्चस्तरीय अन्तर्राष्ट्रिय समिति बनाउने र त्यसको नेतृत्व वानले गर्ने सहमति भएको छ । यसैले आशा बढ्दो छ, हामीले संसारको ध्यान खिच्न नसके पनि वान की मुन मार्फत लुम्बिनीले विश्वको ध्यान खिच्ने छ । वान की मुनमार्फत भनिने बुद्धको जन्मस्थल नेपाल हो भन्ने एक बोलीले हामीले गर्न नसकेको काम गर्ने छ ।

तर नेपालमा चर्किदो छ राजनीति 


लुम्बिनी विकाशका लागि माओवादी अध्यक्षको तदारुकतलाई अहिले राजनीतिमा तान्न ठुलो प्रयास हुँदै छ । नेताहरु देखि लिएर कथित विद्धानहरु पनि प्रचण्डको कदमलाई उल्टो अर्थ लगाउँदैछन् । भारतलाई प्रभु मान्नेहरु प्रचण्डको यो कदमलाई पुर्णत राजनीतिक भनाएर मिडियामा पर्दा अगाडी र पछाडीबाट विवादमा ल्याउँन प्रयासरत छन् ।

लुम्बिनीको विकास हुँदा सबैभन्दा धक्का भारतलाई पर्ने हो । किनभने उसले बुद्ध जन्मेको दावी गर्दै नक्कली लुम्बिनी बनाइरहेको छ। भारतले नक्कली लुम्बिनी बनाउँदा कुनै विरोध गर्न नसक्नेहरुले प्रचण्डको नाममा लुम्बिनी विकास कार्यक्रमलाई धारे हात लाएर आलोचना गर्नु कतिको उचित हो रु एपेकको सहयोगलाई लिएर पनि केही मिडियामा पर्दापछाडीबाट सुनियोजित तवरले विरोध अभियान चल्यो । अब अहिले प्रचण्ड संयोजक रहेको समितिको पनि त्यसैगरी विरोध अभियान मिडियामा देखिएको छ ।

बुद्धको जन्मस्थल भनेर लुम्बिनीलाई चिनाउँन खोज्दा र लुम्बिनीलाई विकाश गराउँन खोज्दा यत्रो बिरोध हुनुको कारण के हो ? हाम्रो लुम्बिनी प्रचण्डको नेतृत्वमा विकाश हुँदा आत्तिनु पर्ने कारण के छ ?

मिडियामा आएका केही लेखहरु हेर्नुहोस्

3 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अब पक्कै केही हुन्छ र हुनुपर्छ पनि । कनकमणीहरु जति कराए पनि नेपालको परिवर्तन रोकिदैन ।

मन्दिरा राउत said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

वास्तवमै हामीले कराउँनु र वान की मुनले बोल्नुमा निकै फरक छ । प्रचण्डको नेतृत्व र मुनको सदासयताले लुम्बिनीको विकाश हुने छ । हाम्रो आशा खेर नजाओस् ।

मेनका सुवेदी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अब बोलोस् त धोतीहरु । बुद्ध भारतमा जन्मिएको भनेर । वानले बुद्धको देशमा आएँ भन्ने बित्तिकै संसार भर पुग्छ समाचार । हुर्ररे ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।