जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

आलोचक -लघुकथा

-मुक्तिनाथ घिमिरे-
अखबारमा खबर छापियो– ‘केन्द्रीय पुस्तकालयमा निरन्तर नौ वर्ष एक अध्येता शोधको सिलसिलामा धाइरहेका छन् ।’ उनी सीमान्तकृत वर्गका व्यक्ति भएको र देशको एक प्रमुख राजनीतिक दलका पूर्व केन्द्रीय नेता भएको विवरण पनि समाचारमा सामेल थियो । उक्त समाचारले राम्रै चर्चा बटुल्यो । प्रतिक्रियामा स्वरहरू घनीभूत भए । भोलिपल्ट अखबारमा पाठकपत्र त्यही समाचारसँग सम्बन्धित आए ।

प्रबुद्ध राजनीतिक चिन्तकले लेखे– नेपालमा पनि अब चिन्तन गर्ने प्रवृतिको सुरुआत ठूलो सङ्ख्यामा हुनेछ ।

नामुद विश्लेषकले प्रतिक्रिया दिए– विश्लेषणको अभावमा मुर्झाएका दलका नेताले उनीबाट पाठ सिक्नुपर्छ ।


प्रसिद्ध प्राध्यापकले विचार पोखे– अर्काको शोधपत्र सार्ने पद्धति मौलाएकै समयमा सच्चा शोधार्थीको यो उच्च नमुना अनुकरणीय छ ।

विश्वविद्यालयका एक बूढा विद्यार्थीले आफुलाई उनको कार्यबाट हरेस खान नहुने प्रेरणा मिलेको विचार व्यक्त गरे ।

योगगुरु योगानन्दले नौ वर्षसम्म अध्ययनमा निर्लिप्त हुनु योग गर्नु सरह हो भने ।

प्रतिक्रियाका सयौँ आवाजहरूमध्ये एक आवाज यस्तो थियो– नौ–नौ वर्षसम्म केन्द्रीय पुस्तकालयको अध्ययनकक्ष ओगट्ने ती व्यक्तिको व्यक्तिवादी चरित्र आलोच्य छ । सम्बन्धित पक्षले उक्त कक्ष अन्य अध्येताका लागि उपलब्ध गराउन उनलाई त्यहाँबाट तुरुन्त निकाल्नु आवश्यक छ ।
सबैले चिने यो आवाज आलोचकको थियो ।


4 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यसलाई त आलोचक भन्दा पनि केपी ओलीचक भन्दा ठिक हुन्छ जस्तो पो लाग्यो । ठ्याक्कै केपीओलीको शैलीमा भन्दा रैछन् । जे मा पनि नराम्रो मात्रै देख्ने । खाली एउटी विद्या राम्री ।

मन्दिप said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

फटाहा मोरो आँखा चिम्लेर प्रतिक्रिया दिने होला । कुरै नबुझी ।

Ratna Bd Thami said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nice story, sweet and short

Ma pani Nepali said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nepalko ani nepali ko baani astai chha.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।