जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

कस्ता थिए पृथ्वीनारायण शाह, हामीले कस्ता बनायौं

भनिन्छ 'इतिहास जित्नेको घोडा हो' । र, सँधै जित्नेका हातमा हुन्छ इतिहासको लगाम । यसैले त काल र तथ्य अनुसार भन्दा पनि जित्नेको लहडका आधारमा इतिहासले कोल्टे फेर्छ । यसैले त जित्नेहरु सँधै चतुर, इमान्दार, लगनशिल, कर्तव्यपरायण, महामानवका पगरीमा बाँधिएका हुन्छन् । अनि, हार्नेहरु युद्ध मात्र हार्दैनन्, प्रतिस्प्रधा गुमाउँनेमात्र होइनन्, इतिहासका पानामा अनुहार भरि कालो पोतेर न्यायको खोजीमा हुन्छन् । या भनौँ कुनैदिन सत्ता पल्टिने आशामा हुन्छन्, ताकि इतिहास बदल्ने मौका पाईयोस् । यसरी जित्नेको लहडका सामू इतिहास फेरिएको त हामीले पनि देखे भोगेकै हौ । समग्रमा, जित्नेहरुले बाड्ने जितौरी जस्तो हो इतिहास

यसैले पृथ्वीनारायण शाहको इतिहास पनि सोझो, स्पष्ट र पक्का त पक्कै पनि छैन । पहिले यदाकदा प्रश्नहरु उठ्थे तर आजभोली जतासुकै देख्न सकिन्छ प्रश्नहरु । सायद जित्नेहरु फेरिदैछन् । यही हार्ने र जित्नेहरुको माझमा पृथ्वीनारायण शाहको इतिहास पनि चेपुवामा परिरहेको छ । कसैलाई लाग्छ, पृथ्वीनारायणप्रति अन्याय हुन थालेको छ । कसैलाई लाग्छ, इतिहासप्रति बेइमानी भएको छ । तर समानता एउटा मात्र छ, हामी सबैलाई लाग्छ, कस्ता थिए पृथ्वीनारायण शाह, हामीले कस्ता बनायौँ ।



हो हामीलाई लाग्छ । कस्ता थिए पृथ्वी नारायण शाह, हामीले कस्ता बनायौँ । तर यस्तो सोच्नेहरुको पनि पक्ष विपक्ष छ । मैले भनिसकेँ, कसैलाई लाग्छ, पृथ्वीनारायणप्रति अन्याय हुन थालेको छ । अनि कसैलाई लाग्छ, इतिहासप्रति बेइमानी भएको छ । एक पटक तटस्थ भएर दुवै पक्षले प्रस्तुत गर्ने तथ्य र तर्क केलाउँने हो कि ।

कसैलाई लाग्छ, पृथ्वीनारायण शाहप्रति अन्याय हुन थालेको छ
यो पक्षकालाई लाग्छ पृथ्वीनारायण शाहप्रति अन्याय हुन थालेको छ । किनभने यो पक्षले बर्षौदेखि सुन्दै र पढ्दै आएको छ, पृथ्वीनारायण शाहले नेपालको एकिकरण गरे । उनकै समयदेखि आधुनिक नेपालको सुरुवात भएको हो । यसैले पृथ्वीनारायण शाहलाई एकताका प्रतिक मान्नु पर्छ । नत्र देश भाँडिन सक्छ । बुँदागत रुपमा यो पक्षले प्रस्तुत गर्ने तथ्य तथा तर्कहरु सामान्यतया यस्ता हुन्छन्
१. छरिएर रहेका साना साना राज्यलाई एकिकरण गरेर पृथ्वीनारायण शाहले सिंगो नेपालको निर्माण गरे ।
२. यदि पृथ्वीनारायण शाहले एकिकरण नगरेको भए हामी नेपाली नै रहने थिएनौं । विदेशीले लान्थे हाम्रो भुमि । किनभने छरिएका साना साना राज्यलाई जित्न कुनै पनि तत्कालिन छिमेकी राज्यलाई कठिन थिएन । अतः उनले हामीलाई भुमि दिए अनि पहिचान दिए ।
३. एउटा युगको अन्त्य गर्दै आधुनिक नेपालको सुरुवात गर्ने नै पृथ्वीनारायण शाह हुन् । उनकै समयदेखि नै आधुनिक नेपाल सुरु हुन्छ ।
४. उनमा भएको देशभक्त र दुरदर्शिता दिव्योपदेशमा पनि देख्न सकिन्छ । उनी दुरदर्शी र देशभक्त भएकै कारण उनले नेपालको एकिकरण गरेका हुन्
५. उनका नजरमा सबै बराबर थिए । जात, धर्मका नाममा उनले विभेद गरेनन् र अरुलाई पनि नगर्न भने । उनको महान वाणी नेपाल चार जात छत्तिस वर्णको साझा फुलबारी हो भन्नेबाट नै उनको यो विचार पुष्टि हुन्छ ।
यसैले नेपाललाई एकिकरण गर्ने, एउटै मालामा बाध्ने दुरदर्शी, देशभक्त भएकाले नै उनलाई एकताका प्रतिक मानिएको हो । उनलाई एकताका प्रतिक नभनेर उनी प्रति अन्याय हुन थालेको छ ।
पृथ्वीनारायण शाहको भेषमा बालक (फोटो कान्तिपुर)
कसैलाई लाग्छ, इतिहास प्रति बेइमानी भएको छ ।
यो पक्ष पृथ्वीनारायण शाहलाई एकताका प्रतिक मान्न तयार छैन । यो पक्षको तर्क छ, पृथ्वीनारायण शाहलाई एकताका प्रतिक बनाउँनु भनेको इतिहास प्रति बेइमानी गर्नु हो । उनीहरुले प्रस्तुत गर्ने सामान्यतया तर्क र तथ्य यस्ता हुन्छन् ।
१. हो, पृथ्वीनारायण शाहले छरिएर रहेका केही राज्यहरुलाई मिलाएर एउटा अलिक ठुलो राज्य बनाए । यसै आधारमा मात्र उनलाई एकताका प्रतिक किन भन्ने ? तत्कालिन शासकहरुको अभिष्ट नै ठुलो राज्यको राजा हुनु हुन्थ्यो । त्यही अभिष्ट पुरा गर्न मात्र पृथ्वीनारायण शाहले युद्ध गरेका हुन् । फेरि, एकिकरणको सुरुवात पृथ्वीनारायणले गरेका पनि त होइनन् । त्यो त आदिकाल देखि नै चलिरहेको थियो । न त उनले एकिकरणको अन्त्य गरे । उनी पछि पनि एकिकरण र युद्ध चलिरह्यो । यसर्थ पृथ्वीनारायण शाहलाई नै एकताका प्रतिक मान्नु पर्ने किन ?
२. पृथ्वीनारायण शाहले हामीलाई नेपालीको पहिचान दिए । यसका लागि अहिले हामी गर्व गर्न सक्छौं । हामीलाई यो पहिचान प्राणभन्दा प्यारो छ । तर, त्यतिबेलाका पुस्ताका लागि यो सत्य लागू हुँदैन । किनभने तिनीहरुलाई नेपाली हुनु र अर्कै राष्ट्रियता बोक्नुमा के फरक थियो र ? किनभने जसरी भएपनि उनीहरुको पहिचान त हरायो नै । जस्तो कास्कीलाई के मतलब गोरखाले जितोस् कि अंग्रेजले किनभने जसै गरे पनि उनीहरुको स्वतन्त्र राज्य त रहेन रहेन ।
३. भन्नलाई त नेपालको आधुनिक इतिहास पृथ्वीनारायणकै पालादेखि सुरु भयो । तर कसरी ? के राजाको बंश फेरिदैमा आधुनिक होइन्छ ? समकालिन मुलुकहरु विज्ञानका कस्ता कस्ता चमत्कार गर्दै र खोज्दै थिए । तर पृथ्वीनारायण शाह ? उनलाई त किर्तिपुरेको नाक, कान काटेर पाथीमा जोख्दैमा, हस्तलिखित १ हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाउँदैमा, जितेका क्षेत्रका जनतालाई भोज भनेर बोलाएर नरसंहार गर्दैमा फुर्सद नै भएन ।
इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार त्यतिबेला जंगबहादुरले लखनउ विद्रोह दबाएपछि जति लुटपाट गरेका थिए, त्योभन्दा चर्को रुपमा यहाँ उनले लुटपाट मच्चाएका थिए। उनका सेनाले हस्तलिखित १ हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए। त्यसमा तन्त्रशास्त्र, रसायनशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शब्द विद्याशास्त्र (ध्वनिसम्बन्धि पुस्तक) आदि रहेका थिए।
४. उनले आफ्नो जीवनकालमा पनि निकै नराम्रा कामहरु गरेका छन् । दाइजो नदिएको निउँमा बिहे गरेकी पत्नि नै छोडेर हिडे । आफ्नै बंशका मानिसलाई मार्नका लागि गोत्र परिवर्तनको नाटक गरे (तिनलाई त गोत्र र प्रबर भनेको के हो भन्ने पनि थाहा थिएन, के को ज्ञानी नि ।) । ठाउँ ठाउँ लुटपाट मच्चाए । आफ्नै मुलुकका जनताको नाक, कान काटे । विद्रोह हुने डरमा नरसंहार मच्चाए । यस्ता शासकलाई राष्ट्रिय आदर्श मानेर एकताका प्रतिक मान्नु भनेको इतिहास प्रतिको बेइमानी नै हो ।

तपाईलाई के लाग्छ ? पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताका प्रतिक मान्नु पर्छ ? तल कमेन्टमा आफ्नो विचार राख्नुहोस् है ।
दिव्योपदेश डाउनलोड गर्न क्लिक गर्नुहोस्

4 comments:

Krishna Bantawa said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

खुनी आक्रमन गरेर पनि कहि एकिकरण हुन्‍छ र? एकिकरणकोलागी त सभा सम्‍मेलन गरेर मत मतामतान्‍र गरेर सहमत भएमा पो हुन्‍छ एकिकरण। किर्तिपुरका जनताको नाक कान काटियो। पुर्वका किरात राज्‍यहरूमा हरेक तिकडम रचेर वँश नासगरी नामेट गर्न खोजियो। सम्‍झौता गर्ने भन्‍दै निसस्‍त्र उपस्‍थित हने भन्‍दै, आफ्‍ना फौज तैनाथ गरि सँहार मच्‍चाउने, ३०० गर्भवति किराती महिलाहरूलाई हत्‍यागर्दा पाप लाग्‍छ भनेर सप्‍तकोशीको त्रिवेनिमा जिउदै बगाएर मार्नु। हिन्‍दु धर्म नमाने मृत्यु डण्ड‍ गर्ने भनेर दशै मान्‍न लगाउने र कालीको पूजा गर्न लगाउने किरराती धर्म सँस्‍कार नामेट पार्न मुन्‍धुम जलाउने लगायतका निकृष्‍ट काम गरेको कालो इतिहास पुर्वका किरातहरूले कसरी भुल्‍न सक्‍छन र।

Krishna Bantawa said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

खुनी आक्रमन गरेर पनि कहि एकिकरण हुन्‍छ र? एकिकरणकोलागी त सभा सम्‍मेलन गरेर मत मतामतान्‍र गरेर सहमत भएमा पो हुन्‍छ एकिकरण। किर्तिपुरका जनताको नाक कान काटियो। पुर्वका किरात राज्‍यहरूमा हरेक तिकडम रचेर वँश नासगरी नामेट गर्न खोजियो। सम्‍झौता गर्ने भन्‍दै निसस्‍त्र उपस्‍थित हने भन्‍दै, आफ्‍ना फौज तैनाथ गरि सँहार मच्‍चाउने, ३०० गर्भवति किराती महिलाहरूलाई हत्‍यागर्दा पाप लाग्‍छ भनेर सप्‍तकोशीको त्रिवेनिमा जिउदै बगाएर मार्नु। हिन्‍दु धर्म नमाने मृत्यु डण्ड‍ गर्ने भनेर दशै मान्‍न लगाउने र कालीको पूजा गर्न लगाउने किरराती धर्म सँस्‍कार नामेट पार्न मुन्‍धुम जलाउने लगायतका निकृष्‍ट काम गरेको कालो इतिहास पुर्वका किरातहरूले कसरी भुल्‍न सक्‍छन र।

nirajan said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

jasko jasto sukai raaya hos tara yes bisaya ma prithvi narayan shah prati garbha cha mero

khum gurung said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ahile ko raja le gareko kam po chitta bujdo chaina tara prithvi nrayan shah le diyeko yogdan ra bahaduri lai birsana hudaina,itihash ko panama lekheka sabai kura haru satya navaye pani dherai kura vane satya nai chan.jasle garda hami aja nepali vaner sira uthauna skeka chau.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।