९० सालको विनाशकारी भुकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा आजकै दिन माघ २ गते भुकम्प सुरक्षा दिवस मनाईन्छ । तर नपरेसम्म कानमा तेल राखेर बस्ने हाम्रो लागि यसपटक भने यो दिवस केही विशेष हुने निश्चित छ । किनभने यसै बर्ष हामीले भुकम्पको डरलाग्दो झड्काको महसुस ग¥यौं । तर, आजको दिन जति नै विशेष बनाए पनि यो कुनै पनि तर्कले काफी छ भन्न सकिदैन ।
भूकम्पीय हिसाबले नेपाल विश्वको ११ औँ जोखिमपूर्ण देश र काठमाडौँ उपत्यका पहिलो स्थानमा छ । ९० सालकै जत्रो भूइँचालो जाने हो भने काठमाण्डौँमा मात्रै ६० प्रतिसतं घरहरु भत्किने र झण्डै १ लाख मानिसको ज्यान जाने तथा लाखौं घाइते हुने विज्ञहरुले चेतावनी दिइरहेका छन् । यस्तो जोखिम भएको मुलुकमा एक दिनको विशेष सजगताले कुनै ठुलो क्षति टार्न सक्दैन । हरेक दिन र हरेक संरचना बनाउँदा विशेष सजगता अपनाउँन आवश्यक छ ।
हो, भुकम्प टारेर टार्न सकिदैन । यो यति भयानक हुन्छ तर यसको पुर्वानुमान गर्न सकिदैन । तर केही सचेत हुने हो भने ज्यान बच्न सक्छ, धनमाल जोगिन सक्छ । सिकौं र सचेत हौ । के गर्ने त भुकम्पबाट बच्न ?
किन जोखिममा छ नेपाल ?
भूगर्भविद्हरु रिंग अफ फायर वा प्रशान्त महासागरिय परिधि क्षेत्र, हिमालय क्षेत्र र मध्य आन्ध्र महासागरिय क्षेत्र भुकम्पको बढि जोखिममा रहेको बताउँछन् । पृथ्वीमा हुने भूइँचालोमध्ये सयमा सत्रवटा भूइँचालो यही क्षेत्रमा जाने गरेका छन् । भुकम्पको जोखिममा रहेको हिमालय क्षेत्रमा नेपाल पर्छ । अझ अस्थिर रहेका इण्डियन र तिबतीयन प्लेटबीचको घश्रणले पैदा गर्ने हलचलका कारण यो क्षेत्रमा समयसमयमा ठूला भुइँचालो जाने गरेका छन् । निश्चित स्थानमा सामान्यतया ७०(८० वर्षमा शक्तिशाली भुइँचालोको पुनरागमन हुने विज्ञहरु बताउँछन् ।
कति फरक पार्न सक्छ पुर्वतयारीले ?
भुकम्प सुरक्षाका लागि मानविय सतर्कताको आवश्यकताई दुई बर्ष अगाडी हैटी र चिलीमा गएको भुकम्पले पुष्टि गर्छ । चिलीमा ८ दशमलब ८ रेक्टर स्केलको शक्तिशाली भुकम्प गयो । यो भुकम्प सो क्षेत्रका लागि सय भित्रमा आएको सबैभन्दा शक्तिशाली भुकम्प थियो । यो भुकम्पका कारण चिलीको भौगर्भिक संरचनामा नै परिवर्तन भयो । यानकी कन्सेप्सन सहर १० फिट पश्चिमतिर धकेलियो । त्यस्तै, सान्टियागो सहर ११ इन्छ पश्चिमतिर धकेलियो । यति ठुलो फेरबदल ल्याएपनि सो भुकम्पमा मर्नेको सँख्या ६ सय मात्र थियो ।
उता हैटीमा ७ रेक्टर स्केलको भुकम्पमा २ लाख २२ हजार भन्दा बढीले ज्यान गुमाए । हजारौ घाइते भए । अरबौंको भौतिक सम्पति नष्ट भयो । लाखौं मानिस विश्थापित भए । यसरी भुइँचालाको मात्रा कम भएपनि कमजोर भौतिक संरचना तथा पुर्वतयारी र सुरक्षाबारे जनचेतनाको कमीका कारण हाइटीले ठूलो क्षति बेहो¥यो ।
असोजमा नेपालमा गएको भुइँचालोमा समेत मर्नेमध्ये धेरैको भवन भत्किएर भन्दा आत्तिएर हाम फाल्दा ज्यान गएको र केही मानिस घाइते भएको यथार्थलाई हृदयंगम गर्दा भुकम्पीय सुरक्षाका विषयमा हामीकहाँ जनचेतनाको कमी छ भन्ने कुरा प्रष्ट हुन्छ । र, यसले हामीले पनि चिलीको जस्तो होइन, हैटीको जस्तो आततायी घटना भोग्नु पर्ने कुराको संकेत गर्छ ।
केही पूर्वानुमान यसरी पनि लगाउँन सकिन्छ
हामी कहाँ भुकम्पको तयारी बारे जति अज्ञानता छ, यसको पुर्वानुमानका बारेमा पनि उस्तै अज्ञानता व्याप्त छ । बेला बेला कुनै ढोंगी बाबा वा कुनै चलचित्र वा वेभसाइटहरुले पनि हामीलाई डर देखाएकै छन् । केही बर्ष अगाडी एकजना त्रिशुल बाबाले भुकम्प आउँछ भनेको विश्वास गरी आधारात देखि नै मानिसहरु खुला ठाउँमा गएर बसेका थिए ।
स्मरण रहोस्, विज्ञान तथा प्रविधिको यो युगमा भुकम्प आउँन सक्ने सम्म मात्र पुर्वानुमान गर्न सकिन्छ । कुन समयमा कहाँ भुकम्प आउँछ यो कसैले पनि पुर्वानुमान गर्न सक्ने आधार प्रस्तुत गर्न सकेको छैन । तर केही पशुपक्षीले भुकम्पको पुर्वानुमान लगाउँने कुरा सुनिन्छन् । पक्का वैज्ञानिक आधार नभएपनि अनुभवका आधारमा धेरै हदसम्म यस्ता लक्षणहरु सहि सावित भएका छन् । जसमा केही यस्ता छन्
१ कुकुरहरु जमिन सुंघ्दै एकनासले डराएर भुक्न थाल्छन् ।
२ मुसा तथा सर्पहरु प्वालबाट निस्किएर जमिनमा दौडन थाल्छन् ।
३ चराहरु कतै नबसी आकाशमा उडिरहन्छन् ।
४ घरमा पालिएका जनवारहरु घर छोडेर बाहिरतिर दौडन्छन् ।
भुकम्प आउँनु अगाडीका तयारीहरु
सामान्यरुपमा भुकम्प आउँनु भन्दा पहिले नै सुरक्षामा चनाखो हुनुपर्छ । भौतिक संरचनाहरु भुकम्प प्रतिरोध क्षमता भएका बनाउँनु पर्छ । त्यस्तै, घर, भवन, विद्यालय तथा मानिसहरु जम्मा हुने हलहरुमा आकस्मिक ढोकाहरु निर्माण गर्नु पर्छ । घरमा भारी तथा गह्रौ सामानहरुलाई नढल्ने किसिमले राख्नु पर्छ । प्राथमिक उपचारका सामानहरु तयार अवश्थामा राख्नु पर्छ । भुकम्प आउँदा के गर्ने भन्ने कुराहरुको ज्ञान सबैमा हुनुपर्छ ।
जानकारीका लागि !!
जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।
भुकम्पमा पुर्वतयारीले कत्ति फरक पार्छ । तर खै त पुर्वतयारी ?
Posted by
-दिपध्वनी-
on Monday, January 16, 2012
1 comments:
कोही मरेर यहाँ कसलाई फरक पर्छ र ? यसैले पुर्वतयारी नभएको होला ।
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।