जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

को छ प्रजा ? के को प्रजातन्त्र दिवस ?

यसअघि राज्यस्तरमै प्रजातन्त्र दिवस टुडिखेलमा धुमधामसँग मनाईन्थ्यो । राजाका पालामा वा ४७ सालमा बहुदलीय प्रजातन्त्र आएपछिका कुरा त झन् चर्को थियो । कतिपय ठाउँमा त फागुन ७ गते दिपावली नै गरिन्थ्यो रे । यसअघिका प्रधानमन्त्री झलनाथ खनालकै पालामा पनि निकै धुमधामसँग मनाइएको थियो । तर यसपाली प्रजातन्त्र दिवसमा कुनै कार्यक्रम गरेन सरकारले ।


भन्नेहरु इतिहास बंग्याउँन खोजेको पनि भन्छन्, कोही जायज मान्छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रजातन्त्र दिवस नमान्ने निर्णयको बिरोध गरे । अझ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले त प्रजातन्त्र दिवस नमान्नेहरु लोकतन्त्र बिरोधी नै हुन् भन्न सम्म भ्याएछन् ।

प्रजातन्त्र दिवस नमान्नेहरुको जमातमा उभिन्छु म पनि । वास्तवमा प्रजातन्त्र दिवस मान्नु पर्ने कारण के हो ? यो नै स्पष्ट कहिलै भएन । इतिहासले देखायो, प्रजातन्त्र दिवस भनेर मानिने फागुन ७ उहिले ७ सालमा राणाहरुको जहानियाँ शासन फ्याकेर शाहहरुको जहानियाँ शासन अपनाएको दिनका रुपमा मात्र रहन गयो । वास्तवमा, ७ सालमा भएको राजनीतिक परिवर्तनले राणाको शक्ति शाहमा ल्याइदिएको मात्र थियो । केही समय पछाडी त्यसको पुष्टि नै भयो । यसैले, सोच्नु पर्ने कुरा हो, एउटा उत्सवकै रुपमा मान्नु पर्ने गरी सो प्रजातन्त्रमा के पाए नेपालीले ? के परिवर्तन भयो ?


सबैभन्दा पहिले के हो प्रजातन्त्र ? त्यो बुझौं । शाब्दिक अर्थ खोज्ने हो भने प्रजातन्त्र प्रजा र तन्त्रको योगबाट बनेको हो । नेपाली बृहत शब्दकोषका अनुसार प्रजाको मुख्य अर्थ हुन्छ राजाद्धारा शासित देशका जनता, राजतन्त्रात्मक देशका जनता, रैति ।
यसैले प्रजातन्त्र मान्नुको अर्थ आफुलाई प्रजा मान्नु हो । प्रजा हुनलाई राजा चाहिन्छ । हामी न प्रजा हौ न कसैका रैति । हामी गणतान्त्रिक नेपालका सम्मानित नागरिक हौ । आफुलाई प्रजा भन्नुको अर्थ राजतन्त्रको वकालत गर्नु होइन र ? गणतन्त्र नमान्नु होइन र ?


रामचन्द्र पौडेललाई जवाफ फर्काउँने हो भने त प्रजातन्त्र दिवस आयो भनेर मच्चिनेहरु पो लोकतन्त्रविरोधी हुने भए त । लोकतन्त्र र राजतन्त्रसँगै हिड्न सक्दैन भनेर उहिले राजाका टिकेमन्त्रीहरुबाट पटक पटक सुनिआइएकै थियो । यसैले कुनै पनि तरिकाले यो फागुन ७ मा मनाईने गरिएको प्रजातन्त्र दिवसले हाम्रो भावनालाई समेट्न सक्दैन । बेकारमा एकदिनको काम किन त्याग्ने ? राज्यको खर्च किन बढाउँने ?

1 comments:

Hari Revel said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

विश्वयुद्धले ध्वस्त बनेका जापान, कोरिया आदि कहाँ पुगे ! गद्दी छोडेर भागेका भगौडा राजा, निरङ्कुश राणा र नेपाली दलालहरुले दिल्लीको दाम्लोमा बाँधिएर गरेको त्रिपक्षीय भागबण्डाको सम्झौतालाई हामी मुर्खहरु प्रजातन्त्र आएको दिन भन्दै बिगत छ दशकदेखि मनाउँदैछौँ । इतिहासमा त्यो कालो दिन नआइदिएको भए सायद एउटा ठुलो हुरीले हाम्रो देशलाई पनि यो उजाड मरुभूमिबाट उर्बरभूमिमा परिणत गरिसक्ने थियो होला तर निरन्तर फासीबाद र निरंकुशताको ढोका खोल्ने फोहरी संसदीय दलदललाई कथित प्रजातन्त्रको पगरी गुथाई मुट्ठीभरका गद्दारहरु मोटाउन खोलीएको फोहरी बाटोलाई प्रजातन्त्र भन्दै ६ दशकदेखी उत्सव मनाउदै साथमा अझ बलिदानी पनि गर्दै छौँ हामी ।आज फेरी जनताको खून चुस्ने मुट्ठीभर को प्रजातन्त्र दिबस मनाउदैछ काठमाण्डौ

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।