जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

राजधानीमै बम पड्क्यो !

आतङ्कको चपेटामा काठमाण्डौ
बिस्फोटमा मृतक (तस्विर : एएफपी)
आज दिउँसो करिब साढे एक बजे काठमाण्डौको बबरमलस्थित आयल निगम कार्यालय परिसरमा बम पड्किएको छ । बिष्फोटमा परि दुईजनाको घटनास्थलमा र एक जनाको उपचार हुँदै गर्दा मृत्यु अस्पतालमा मृत्यु भएको छ । जसमा धादिङका ३४ वर्षीय कृष्णबहादुर तामाङ र अर्का धादिङकै मानबहादुर तामाङको मात्र सनाखत भएको छ । अहिलेसम्म प्राप्त थप विवरणहरु

अहिलेसम्ममा प्राप्त विवरण
मृतकहरु :
- धादिङका ३४ बर्षीय कृष्णबहादुर तामाङ
- धादिङका ७० बर्षीय मानबहादुर तामाङ
- एक अर्का वृदको सनाखत हुन सकेको छैन । जानकारीमा आए अनुसार उनी सोही क्षेत्रमा मागेर गुजारा गर्थे ।

घाईतेहरु :
- बाराका ३५ वर्षीय सोमबहादुर तामाङ
- भक्तपुर ताथली-४ घरभई रेडियो नेपालमा कार्यरत ४५ वर्षीय रघुनाथ खड्का
- धादिङका ६२ वर्षीय लालबहादुर तामाङ
- ललितपुर लभूका २० वर्षीय वासु श्रेष्ठ
- अछाम जिल्ला माष्टमाण्डौका ४० वर्षीय मानबहादुर कुँवर
- अछाम जिल्लाकै २१ वर्षीय भीमबहादुर कुँवर

यहाँ, यसरी भएको हो बिष्फोट
बिष्फोट बबरमहलस्थित आयल निगमको कार्यालय अगाडी भएको हो । विस्फोट भएको आयल निगमको गेटको दक्षिणतर्फ महालेखा परीक्षकको कार्यालय छ भने उत्तरतर्फ काठमाडौं जिल्ला अदालत रहेको छ । विस्फोटका कारण पार्किङ गरिएका केही मोटरसाइकलमा पनि क्षति पुगेको छ । गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख कुबेर रानाले भने, 'पेट्रोल बम नभई विस्फोटक पदार्थ राखेर पड्काइएको हो, रिमोट पनि हुनसक्छ ।'
घटनास्थल (तस्विर:एएफपी)

कसले गराएछ बिष्फोट ?
बिस्फोटको जिम्मा संयुक्त जातीय मोर्चाले लियो । यो समूह झलनाथ खनालको पालामा सरकारसित वार्तामा पनि बसेको थियो । तर आपसी विभाजनका कारण टुक्रिएको एक पक्षले आजको बिष्फोट आफुहरुले गरेको बताएको हो । त्यसका प्रवक्ता बताउने बिश्व क्रान्तिले बिभिन्न संचारमाध्यममा टेलिफोन गरि आफुले बम पड्काएको दावी गरेका छन् ।
यही समूहले लियो बिष्फोटको जिम्मा
अनाहकमा निर्दोषहरुको ज्यान लिने गरी भएको यो बम बिष्फोटको पानीफोटो घोर भर्त्सना गर्दछ ।

2 comments:

भुषण न्यौपाने said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पापले किरा परेर मर्छ त्यो जसले यी निर्दोषहरुलाई मारेको छ ।

Bikash said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

गृहमन्त्री नै यस्तो भएपछि नेपालको शान्ति सुरक्षा के हुने होला ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।