जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

होलीमा अनुहार

कतिलाई होलीको शुभकामना भनिरहनु भनेर अनुहारमै शुभकामना पोतिदिएको रे ।
होलीमा देखिएका थप कलात्मक र रंगीन फोटोहरु हेर्न भित्र आउँनुहोस्
यस्ता अमुर्त रंगरोगन गरेका अनुहार होलीमा छ्याप्छ्याप्ती भेटिएका थिए ।
निकै बाक्लै इनामेल दलेछन् । दुख पनि गरे होलान् । तर इनामेलले खराबी पो गर्ने हो कि हैन ।

अनुहारबाटै झल्कन्छ होली भनेको माया, सद्भाभाव र हार्दिकताको पर्व हो भनेर ।
यी युवतीको भने पोज नै यस्तै । कसैले क्यामेरा यीनी तिर सोझ्यायो कि आँ गरेर जिब्रो बाहिर निस्किहाल्थ्यो । किन नि सँधै जिब्रो बाहिर भनेको जिब्रो बाहिर निकाल्दा विन्दास देखिन्छु रे । लौ सँधै विन्दास भइरहनु ।
यसपाली होलीमा कलात्मकता भन्दा इनामेलको बिक्री बढाउँने र मान्छे तर्साउँने खालका अनुहार धेरै देखिए ।

यी तलका साथीहरु भने वातावरणमैत्री होली मनाउँने धुनमा रहेछन् । तिहारमा देउसीको झल्को दिने गरि 'गो ग्रिन गो ग्रिन' भन्दै हिडिरहेका थिए । 'गो ग्रिन' भनेको होलीमा पनि हरियो पोतेर हिड्नु भनेको हो रै छ कि क्या हो !

अन्त्यमा, काठमाण्डौलाई पुरै पागल बनाउँदै रंगहरुको पर्व होली बिदा भएको छ । अर्को साल अझ रमाइलो गरौला ।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।