जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

बाबुराम कार्ययोजना ! कस्ता छन् राष्ट्रिय गौरबका परियोजनाहरु !

बाबुरामले के मात्र गरेनन् । रेडियोबाट नै प्रधानमन्त्रीसँग गुनासो गर्न मिल्ने बनाएका छन् । विदेशी महंगा गाडी छोडेर नेपालमै बनेको गाडी चढेका छन् । कतिपय आलोचकले उनको यस्ता कार्यहरुलाई लोकप्रिय हुने काइदाको रुपमा मात्रै पनि लिएका छन् । कार्यन्वयन फितलो सुरुवात मात्र रवाफिलो भनेर उनको खिल्ली पनि उडाइन्छ । तर जे भएपनि उनले निकै राम्रा कुराहरुको सुरुवात गरेका छन् । आउँदा प्रधानमन्त्रीले चाहे र सके भने मात्र पनि कार्यन्वयन भएको पनि देख्न पाईएला । यसैले गुनासो सुन्ने र जवाफ फर्काउँने जस्ता कार्यहरुको सुरुवात गरेकाले मात्र पनि उनी धन्यवादका पात्र भने पक्कै भएका छन् ।

आज आलोचकका नजरमा लोकप्रिय हुने अर्को प्रयास र प्रधानमन्त्री स्वयम्का अनुसार अँध्यारोमा जुनकिरी भन्दै बाबुरामले महत्वकांक्षी कार्ययोजना घोषणा गरेका छन् । सरकारको नेतृत्व गरेको पाँच महिनापछि भट्टराईले योजना आयोगको कार्यकक्षबाट सुशासन र समृद्धिका दुई कार्यक्रमका कार्ययोजनाहरु घोषणा गरेका हुन् । उनले कार्ययोजनामा सुशासन, आर्थिक विकाश र समृद्धिलाई मुख्य लक्ष्य बनाएका छन् । यही घोषणामार्फत उनले राष्ट्रिय गौरवका आयोजना भनेर ठुला र महत्वकांक्षी योजनालाई अघि सारेका छन् । उनले यही घोषणाले नै देशलाई कता लैजाने भनेर निर्देशित गर्छ भनेर यसको महत्व देखाउँन खोजेका छन् । के छ त महत्वकांक्षी कार्ययोजनामा ? अनि कस्ता छन् राष्ट्रिय गौरवका आयोजनाहरु ? हेर्न भित्र आउँनुहोस्


राष्ट्रिय गौरवका परियोजनाहरु :
निम्न परियोजनाहरुलाई राष्ट्रिय गौरबका परियोजनाका रुपमा कार्यान्वयन गरिनेछ :-
• काठमाण्डौ - तराई मधेस दु्रतमार्गको ट्र्याक खोल्ने काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने ।
• मध्य पहाडी लोकमार्गको ट्र्याक खोल्ने काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने ।
• भैरहवा र पोखरा विमानस्थललाई क्षेत्रीय विमानस्थलमा विकसित गर्न स्तरोन्नतिको कार्य यसै आर्थिक वर्षमा शुरु गर्ने ।
• बुढीगण्डकी जलविद्युत आयोजनाको एक वर्षभित्र डि.पि.आर. सम्पन्न गर्ने तथा पश्चिम सेती जलविद्यु्त आयोजनाको निर्माण कार्य शुरु गर्ने ।
• निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रारम्भ गर्न विशेष पहल गर्ने ।
• तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिई तोकिएको समयभित्रै सम्पन्न गर्ने ।
• पूर्व पश्चिम विद्युतीय रेल मार्ग निर्माणको पहल गर्ने ।
• हुलाकी राजमार्गको निर्माणमा तिव्रता ल्याउने ।
• मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने ।
• कोशी, गण्डकी र कर्णाली क्षेत्रका उत्तर-दक्षिण लोकमार्गमा ट्र्याक खोल्ने कार्यलाई तिव्रता दिने ।
• सिक्टा सिंचाई आयोजनालाई तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्यलाई निरन्तरता दिने । रानी जमरा सिंचाई आयोजनाको निर्माण कार्यमा तिव्रता दिइनेछ भने बबई सिंचाई आयोजनाको साइफन निर्माण कार्य यसै आर्थिक वर्षमा सम्पन्न गरिनेछ ।


नेपाल सरकार सुशासन कार्ययोजना, २०६८ (डाउनलोड गरी पढ्न यहाँ क्लिक गर्नुस्)

आर्थिक विकास र समृद्धिको तत्कालीन कार्ययोजना (डाउनलोड गरी पढ्न क्लिक गर्नुस्)

2 comments:

जीवन said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पुरा हुन सके त साँच्चै नेपालको गौरब नै हुने खालका छन् नि । तर पुरा गर्ने कसले ?

sochakram said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

के पुरा हुन देलान र खै, जस्तेा काम गर्न लागेनी भडकाउने नेताहरुले

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।