जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

यसकारण पो खोसिदो रहेछ लडाकुको चेक !

सबैलाई थाहा छ, सरकारले माओवादी लडाकुहरुलाई पैसा बाड्न थालेको छ । प्रमाणिकरणमा परेर क्यान्टोन्मेन्टमा बाँकी रहेका १७ हजार ७६ लडाकु मध्ये ७ हजार ३ सय ६५ ले स्वैच्छिक अवकाश रोजेका छन् । तिनै स्वैच्छिक अवकाश रोज्ने लडाकुहरुले अवकाश रोजिदिएका कारण सरकारबाट पैसा थापिरहेका छन् । छाडिजानेलाई मायाको चिनो दिए जस्तो टालटुले चिनो दिएको होइन नि, उनीहरुलाई तह अनुसार ५ देखि ८ लाखसम्म रुपियाँ दिईदैछ । डिभिजन कमाण्डर र सहकमाण्डरले ८ लाख, ब्रिगेड कमाण्डर र सहकमाण्डरले ७ लाख, बटालियन कमाण्डर र सहकमाण्डरले ६ लाख र कम्पनी कमाण्डरमुनिका सबैले ५ लाख पाउनेछन् । अहिले भने उनीहरुले पहिलो किस्तावापत् आधा रकमको चेक र बाटो खर्च पाउँदैछन् ।

भन्नुहोला, मोज भएछ नि त्यत्रो पैसा पाएपछि । तर हामीले सोचे जस्तो मोज हुन पाएन । अब वैरीका आँखा लागेछ नभन्नुहोला । वैरीको हैन क्या, उनीहरुलाई लडाकु बनाउँने अनि यति पैसा चाहिन्छ उति पैसा चाहिन्छ भनेर सरकारसँग वार्गेनिङ गर्ने आफ्नै पार्टीको आँखा लागेछ । कुरा के भएछ भने सरकारबाट पहिलो किस्तास्वरुप आएको चेक हात पर्न पाएको छैन, कमान्डरहरुले ४० प्रतिशत पैसा पार्टीलाई चाहिन्छ भन्दै चेकै खोसेछन् । कतिको त परिचय पत्र पनि खोसेछन् । बिचरा लडाकुहरु कति मर्कामा परेका ! पत्रिका, टिभी र रेडियोमा रोइकराई गरिरहेका छन् । हिजो युद्धकालमा आफैले बेकम्मा भनेर गोली हान्दै हिडेका प्रहरीहरुको शरणमा पुगेकाछन् । लाग्छ, बिचरा लडाकुहरुलाई साँच्चिकै पर्नु मर्का परेको छ । युद्ध लड्ने बेलामा ज्यानको बाजी लगाई लगाई लडे, आज पैसा थाप्ने बेलामा चेकै खोसिदिने ? अत्ति नै भए जस्तो लाग्छ है । तर होइन भित्री कुरा भने यस्तो छ


दुख गर्नेकै पैसा खोसेर विश्वासघात गरेको हो त ?
अहिले क्यान्टोन्मेन्टमा १७ हजार ७६ लडाकु रहेछन् । यी स्वैच्छिक अवकाशमा जानेहरुमा जसको चेक खोसिएका छन् तिनीहरु चै गनेका बेला मात्र शिविरमा जाँदा रहेछन् । अरु बेला त बाहिरै रे । अनि, कतिपय त विदेश पनि गएका थिए रे । हो यीनीहरुकै रहेछ चेक र परिचय पत्र खोसेको । सँधै शिविरमा नबस्नेलाई पुरै पैसा नदिनु पनि के को अन्याय ? सबै पैसा त खोसेको होइन नि । अब पुरै पैसा पाउँन त पुरा समय शिविरमा बस्नु प¥यो नि । होइन भने आफुलाई अन्यायमा परेकै हो भने खुलस्त भन्न सक्नु प¥यो नि ।

तर बिचराहरु भनुन् पनि कसरी यी त वास्तवमा जनयुद्ध लडेका लडाकुहरु नै होइनन् । माओवादीका लिडरसिपले बुद्धि लगाएर तर्साउँनका लागि शिविर भर्न ल्याएका मात्र हुन् । यसैले त पुरा कुरा गर्न यीनीहरुलाई पनि डर छ । वास्तविक लडाकु त चाहिएला भनेर माओवादीले बाहिरै राखेका रहेछन् । अहिले स्वैच्छिक अवकाश लिएर चेक खोसिएकाहरुको त सित्तैमा पैसा थाप्न खोजिरहेका रहेछन् । यसैले सित्तैमा पैसा मिलाईदिनेले त कमिसन खानु के को विश्वासघात । वास्तवमा केही नगरी बसेको भरमा आएको पैसा पनि जसले दिलाइदिएको हो, त्यसलाई अलिकति पनि नदिन खोज्नु पो विश्वासघाती त । यो कुराको पुष्टि त शिविरका लडाकुहरुले पैसा पाउँने भएपछि अस्ति पश्चिमका वाइसिएलहरुले गरिदिएकै छन् नि । हामी युद्ध लड्ने चै भुक्का यीनलाई चै पैसा भनेर के के मात्र गरेनन् वाइसिएलले । पार्टी कार्यालयमा तालाबन्दी गरे। सातौं डिभिजन तालबन्द जाने सडक अवरुद्ध पारे । तार चुँडालेर बिजुली आपूर्ति पनि बन्द पारे । सुदूरपश्चिममा आएको माओवादीका केन्द्रीय नेताका गाडी नियन्त्रणमा लिए । साँच्चिकै लडाकुहरुको पावर देखेर त हो नि माओवादीले हतार हतार तिमीहरुलाई पनि शिविरका लडाकुलाई दिने जत्तिकै पैसा दिन्छम् भनेर चुपो लगाएको ।

अन्त्यमा, यो कुरा त्यतिकै गाइगुइ सुनेको भरमा गरिएको होइन । माथिका कुराले पनि तपाईलाई कतै शंका लागिरहेको छ भने अझै एउटा प्रमाण बाँकी छ । तपाईले बिर्सनु भएको छैन भने सम्झनुहोस् त, केही बर्ष अगाडी शक्तिखोरमा माओवादी अध्यक्ष प्रचण्डले के भनेका थिए ।
प्रचण्डले भनेका थिए, ...तपाईँ हामी कम्प्रोमाइज हुनुअघि साँच्चैको कति थियौँ भन्नु त- ७ हजार र ८ हजारको बीचमा थियौँ । त्यति राखेको भए भेरिफिकेसनमा ४ हजारमा घट्थ्यौँ । अब हामीले ३५ हजार लगेर राख्देको २० हजारमा त आयो कमसेकम ।...
तल भिडियोमा हेर्नहोस्




अब तपाई नै भन्नुहोस् त । सित्तैमा पैसा मिलाईदिदा पनि पार्टीलाई एक पैसा कमिसन नदिए पछि खोस्दैनन् त चेक !

6 comments:

अश्मिता बराल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पाल्नु परेन वाइसिएललाई । त्यही भएर लिएको नि ।

लालबहादुर संग्रौला said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

लडाकु पनि उनीहरुकै । पैसा पनि उनीहरु कै । जे सुकै गरुन् मलाई चै टाउको दुखाउँनु छैन ।

आखिर हामी त भेडा त रहेछौ नि ।

Meena said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

तपाईको कुरामा म पुरै सहमत । सित्तैमा सबै पैसा खान खोजेर रुवावासी चलाएका हुन् । यसैले सित्तैमा पैसा मिलाईदिनेले त कमिसन खानु के को विश्वासघात । वास्तवमा केही नगरी बसेको भरमा आएको पैसा पनि जसले दिलाइदिएको हो, त्यसलाई अलिकति पनि नदिन खोज्नु पो विश्वासघाती त ।

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

chori ko dhan daku le lutyo...aba afai afai maramar garun na ni...duniya mareko pap ta karaunai paryo ni ho...

Balsher Rai said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

aaa paisa lina matra po Aaka.......!!!!!!!

dhan kumar rai said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

janta le dukha gare kamayeko sampati ko kar tirera dhadayeko e buwaso haru kahile samma yestai ramai rahane ho he murkha paplick ho chhadai timi haruko buddhee khulos hai yehi 6 mero subha kamana murkha ......?.?ho e buwasa haru bag ko chhala ma sayelko rajae bhane jastai ho,......?

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।